Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #एनसेल
  • #मेटलाइफ
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • प्रतिबन्धित मुलुकमा श्रम स्वीकृति
प्रतिबन्धित मुलुकमा श्रम स्वीकृति
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, भदौ १०, २०७८
Afghanistan
Hardik health
काठमाडौं– सरकारले प्रतिबन्ध लगाएको मुलुकमा नै श्रम स्वीकृति दिएको पाइएको छ । द्वन्द्वग्रस्त मुलुक अफगानिस्तानमा सरकारले रोजगारीका लागि जान प्रतिबन्ध लगाएको भए पनि त्यो मुलुक हेर्ने दूतावासको स्वीकृतिमा श्रम स्वीकृति दिने गरेको पाइएको हो । नेपाल सरकारले ९ असार ०७३ मा अफगानिस्तानमा रोजगारीमा श्रमिक पठाउन प्रतिबन्ध लगाएको थियो । त्यतिबेलाको सरकारले अर्को निर्णय नभएसम्मका लागि अफगानिस्तानसहित ४ देशहरू अफगानिस्तान, सिरिया, इराक र लेबनानमा रोजगारीका लागि जान प्रतिबन्ध लगाएको थियो । अफगानिस्तानको राजधानी काबुलमा आतंककारी हमलामा परेर १३ जना नेपालीको मृत्यु भएपछि सरकारले अफगानिस्तान जानका लागि प्रतिबन्ध लागएको थियो । तर, अहिले नेपालबाट श्रम स्वीकृति लिएर अफगानिस्तान जाने नेपालीको संख्या २ हजार १ सय २२ जना रहेको वैदेशिक रोजगार विभागका निर्देशक तथा प्रवक्ता महेन्द्रनाथ भट्टराईले बताएका छन् । उनीहरू नेपालबाट कानुनी रुरूमा श्रम स्वीकृति लिएर नै गएको उनले बताए । प्रवक्ता भट्टराईका अनुसार यो तथ्यांक १ साउन ०७६ देखि २९ साउन ०८७ सम्मको हो । तर, सरकारले प्रतिबन्ध लगाएको भए पनि अफगानिस्तान हेर्ने भारतको नयाँ दिल्लीस्थित दूतावासको स्वीकृतिमा विभिन्न कम्पनी र नियोगहरूमा श्रमिकका रुरूमा उनीहरू पुुगेको विभागले जनाएको छ । करार अवधि २ वर्षको हुने भएकाले यो तथ्यांक पनि सोही अवधिको रहेको उनको भनाइ छ । दूतावासले अफगानिस्तानमा श्रमिक लैजाने कम्पनी वा क्षेत्र ग्रिनजोनमा छ भनेपछि विभागले श्रम स्वीकृति दिने र त्यसपछि नेपाली श्रमिक रोजगारीका लागि त्यहाँ जाने गरेको गरेको प्रवक्ता भट्टराइले बताएका छन् । यो तथ्यांक नेपालबाट स्वीकृत लिएर जानेहरूको भएको र अन्य बाटोबाट समेत धेरै व्यक्तिहरू त्यहाँ रोजगारीका लागि पुगेको हुन सक्ने उनले बताए । तर गैरकानुनी रुरूमा भारतलगायत अन्य मुलुकबाट अफगानिस्तान पुग्ने नेपालीको संख्या एकिन नभएको उनको भनाइ छ । कानुनी रुरूमा गएकाहरूको उद्धारको काम भइरहेको र गैरकानुनी रुरूमा जानेहरूको तथ्यांक नभएका कारण केही समस्या भएको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका सचिव मेघनाथ भुर्तेलले बताएका छन् । अनौपचारिक रुरूमा विभिन्न संघसंस्थाको तथ्यांकअनुसार करिब १३ हजारदेखि १५ हजार जना नेपाली अफगानिस्तानमा रहेको अनुमान गरिएको भए पनि वास्तविक तथ्यांक नभएको उनले बताए । कानुनी रुरूमा व्यवसायीहरूले पठाएको संख्या विभागमा उपलब्ध गराइएको भन्दै उनीहरूमध्ये धेरैको उद्धार भइरहेको सचिव भुर्तेलको भनाइ छ । केही व्यक्ति नेपाल आइसकेको र केही आउने क्रममा रहेको उनले बताएका छन् । अहिले उनीहरूको उद्धार गरेर भारत, युएई, कतारलगायत देशमा पु¥याइएको सचिव भुर्तेलले बताए । विदेशी मुलुकका दूतावास र संस्थामा कार्यरत नेपालीहरूलाई उद्धार गरेर सोही देश पु¥याइएको सचिव भुर्तेलले बताएका छन् । जसअनुसार केही नेपाली जापान, जर्मनी, बेलायतसमेत पुगेको उनले बताए । केही समयअघि काबुलकै एक कम्पनीका मालिक सम्पर्कमा नआउँदा त्यहाँ कार्यरत ३ सय जना नेपालीलाई समस्या भएको जानकारी आए पनि अहिले त्यस्तो कुनै पनि जानकारी नआएको भुर्तेलको भनाइ छ । सरकारले कहिले बन्द गर्ने र कहिले खुल्ने गरेकाले समस्या उत्पन्न हुने गरेको वैदेशिक रोजगार विज्ञ डा.गणेश गुरुङले बताएका छन् । सरकारले नै अफगानिस्तानलगायत द्वन्द्वग्रस्त मुलुकमा रेड, एलो र ग्रिन जोन छुट्टयाएर ग्रिन जोनमा श्रमिक पठाउन पाउने व्यवस्था गरेकाले अहिलेको अवस्था आएको उनले बताए । अहिले पनि कति जना इन्टरनेटको पहुँचमा नभएकाले सरकारले सम्पर्कमा आउन भने पनि आउन नसकेको उनको भनाइ छ । बुधबार बिहानसम्मको अवस्थामा एउटा क्याम्पमा रहेकका ५ सय जनालाई तालिबानले घेरेर राखेको भन्ने जानकारी आएको उनले बताएका छन् । अहिले त अफगानिस्तानमा अमेरिकी सेनाले आफ्ना नागरिक उद्धारका लागि सेना राखिरहेको र उसको सेना ३१ अगस्टमा फिर्ता भएपछि अवस्था कस्तो हुन्छ, एकीन गर्न नसकिने डा.गुरुङले बताएका छन् । अफगानिस्तानमा सत्ताच्यूत भएका उप–राष्ट्रपतिले फौज तयार पारिरहेकाले अवस्था भयाभह हुन सक्ने उनको भनाइ छ । उनका अनुसार गैरकानुनी रुरूमा विदेश जानेहरूलाई रोक्नु पर्छ । गैरकानुनी रुरूमा जानेहरूले राज्यले प्रदान गर्ने सेवा सुविधाबाट समेत वञ्चित हुने भन्दै यस्तो कार्यलाई निरुत्साहित गर्नु पर्ने बताए । साथै सामान्य अवस्थाका मुलुक र द्वन्द्वग्रस्त मुलुकमा जाँदाको मापदण्ड पनि फरक हुनु पर्ने ? भन्दै उनले प्रश्न गरे । परराष्ट्र मन्त्रालयको तथ्यांकअनुसार अफगानिस्तनबाट हालसम्म ७ सय ७० जनाको उद्धार गरेर ल्याइएको जनाएको छ । मंगलबार मात्रै अफगानिस्तानबाट १ सय १२ जनालाई उद्धार गरेर नेपाल ल्याइएको मन्त्रालका प्रवक्ता सेवा लम्सालले बताइन् । आफगानिस्तानमा अलपत्र पर्नेहरूलाई सरकारले सम्पर्कमा आउनका लागि अनुरोध गरिरहेको र सम्पर्कमा आएका सबैको उद्धार गरिने उनले बताइन् ।
प्रकाशित मिति: बिहीबार, भदौ १०, २०७८  ०३:१९
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
‘कामदार छनोट प्रक्रिया निष्पक्ष र विश्वसनीय’
‘कामदार छनोट प्रक्रिया निष्पक्ष र विश्वसनीय’ शुक्रबार, कात्तिक २१, २०८२
कोरिया जान नपाएका युवाहरुले घेरे इपिएस शाखा
कोरिया जान नपाएका युवाहरुले घेरे इपिएस शाखा शुक्रबार, कात्तिक २१, २०८२
युके पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
युके पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ बिहीबार, कात्तिक २०, २०८२
सरकारको पत्राचारबाट व्यवसायी आशावादी, संघर्षका कार्यक्रम स्थगित
सरकारको पत्राचारबाट व्यवसायी आशावादी, संघर्षका कार्यक्रम स्थगित बिहीबार, कात्तिक २०, २०८२
वैदेशिक विभागद्वारा धरौटी अध्यावधिक गर्ने सम्बन्धी सूचना
वैदेशिक विभागद्वारा धरौटी अध्यावधिक गर्ने सम्बन्धी सूचना बुधबार, कात्तिक १९, २०८२
मलेसियालाई सरकारको पत्र : मापदण्ड स्वीकार्य छैन
मलेसियालाई सरकारको पत्र : मापदण्ड स्वीकार्य छैन बुधबार, कात्तिक १९, २०८२
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी बुधबार, कात्तिक १९, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: prabhabdailynews@gmail.com
marketing2prabhab@gmail.com

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP