Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
विचार
  • Home
  • विचार
  • बढी भाडा लिएर यात्रु ठग्ने सवारीसाधनलाई खै कारबाही ?
बढी भाडा लिएर यात्रु ठग्ने सवारीसाधनलाई खै कारबाही ?
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, भदौ ८, २०७८
Logo
Hardik health
उपत्यकामा विभिन्न सडकमा सञ्चालित सार्वजनिक सवारीसाधनले दैनिक लाखौँ यात्रुलाई बढी भाडा लिएर ठगिरहेका छन् । प्रदेश नं ३ मा चल्ने सवारीसाधनले आफ्नो मनोमानी गर्दै भाडा असुल्ने गरेको छन् । सार्वजनिक सवारीसाधनहरू जस्तै, सफा ट्याम्पु र मिटरवाला ट्याक्सीले पनि यात्रु ठगेका छन् । ट्याक्सीमा पनि भाडालाई लिएर निकै बेतिथि छ । छोटो दूरीमा ट्याक्सी जान मान्दैनन् । दुई सय रुपियाँँले पुग्ने ठाउँमा सिधै पाँच सय माग्छन् । बच्चा र झोला भएकाले अलि नजिकसम्म पुग्नु छ भने त्यहाँसम्म नजाने भन्छन् ट्याक्सी चालक । ट्याक्सी चालकलाई पार्कमा गफ गरेर बस्न हुन्छ तर यात्रुले भनेको ठाउँ यदि नजिक छ भने जान मान्दैनन् । कतिलाई गाह्रो परिरहेको हुन्छ । कतिको साथमा बिरामी हुन्छन् । कतिसँग झोला र बच्चा साथमा हुन्छ । कोही हतारमा हुन्छन् । त्यहीमाथि ट्याक्सी चालकसँग भाडालाई लिएर घन्टौँ आनाकानी गर्नुपर्छ । तर, अन्त्यमा ट्याक्सी चालकले भने जति तिनैपर्छ । थापाथली, सिभिल अस्पताल अगाडि ट्याक्सी यतिकै पार्क गरिराखेका हुन्छन् । के ती ट्याक्सीहरू मिटरमा हिँडेका छन् त ? अस्पतालको अगाडि ट्याक्सी पार्क गरेर राख्नेको संख्या यत्तिकै हुन्छ । बिरामी डिस्चार्ज भएर आउँछन् । तर बिरामीहरूलाई पनि ट्याक्सी व्यवसायीले ठगेको छन् । एकातिर बिरामी साथमा छ । अर्कोतिर ट्याक्सी चालकको मोलमोलाइ । मोलमोलाइमै घन्टौँ बितिसक्छ । सरकारले तोकेको भाडामा ट्याक्सीले बिरामी लान मान्दैनन् । यस्तो अवस्थामा सबैभन्दा गाह्रोचाहिँ सुत्केरी र विभिन्न रोगको अपरेसन गरेको बिरामीलाई पर्छ । हामी आफैँ अस्पताल धाइरहेको हुन्छौँ । यसको प्रत्यक्ष उदाहरण नै हामी हौँ । तर ट्याक्सी व्यवसायको यस्तो दादागिरी देख्दा पनि बोल्ने कोही भएनन् । मोलमोलाई गर्दागर्दै बिरामीलाई गाह्रो परिसकेको हुन्छ । ट्याक्सी चालकले भनेजति पैसा तिरेर पनि राम्रो सेवासुविधा पाइँदैन । बिरामीलाई दुःख दिएर मिटरमा यात्रु नबोक्ने ट्याक्सी व्यवसायलाई किन कारबाही गरिएन । यातायात व्यवस्था विभागको निर्णयलाई ट्याक्सी व्यवसायीले धोती लगाइदिएका छन् । फितलो अनुगमनको कारण पनि ट्याक्सी व्यवसायीको दादागिरी बढेको हो । ट्याक्सी व्यवसायीले वर्षौँदेखि आफ्नो मनोमानी चलाएका छन् । सरकारको निर्णय हामी मान्दैनौँ भनेर यिनीहरूले कसम खाएका छन् । वर्षौँदेखि यातायात क्षेत्रमा एकलौटी व्यापार गरेर जनता ठगेका ट्याक्सी व्यवसायलाई यहि लत लागिसकेको छ । एकचोटि लत लागिसकेपछि छुट्टयाउन निकै कठिनाइ पर्दछ । सरकारलाई पनि ट्याक्सी व्यवसायको जनता ठग्ने लत छुट्याउन निकै गाह्रो भएको छ । ट्याक्सी व्यवसायले यातायात क्षेत्रमा २९ वर्षदेखि एकलौटी व्यवसाय गरेको छन् । ट्याक्सीको दर्ता विगत २९ वर्षदेखि बन्द छ । उपत्यकामा भएको ट्याक्सी सबै पुराना भइसकेको छ । उपत्यकामा ट्याक्सी पाइएला तर उपत्यका बाहिर ट्याक्सी पाइँदैन । उपत्यका बाहिरका जिल्लामा ट्याक्सीको परमिट छैन् । सवारीसाधन नपाएर बर्सेनि अन्य जिल्लाका धेरै मानिसहरूले अकालमा ज्यान गुमाएका छन् । त्यही पनि ट्याक्सीको नयाँ दर्ता किन खोलिएन ? ट्याक्सीको परमिट उपत्यकामा मात्र किन ? यसको जवाफ सरकारसँग पनि छैन । ट्याक्सी चढ्न पाएको हुँदैन् । मिटर १४ रुपियाँँबाट सुरु भइसक्छ । राति ९ बजेदेखि बिहान ५ बजेसम्म डेढी हान्छ । प्रत्येक किमी ३९ तिर्नुपर्छ भने राति यसको डबल तिर्नुपर्छ । दिउँसै सरकारी रेट र मिटर सहि छ भने ५३ तिर्नुपर्छ । राति ९ बजेदेखि बिहान ६ बजेसम्म प्रतिकिमी ७९ तिर्नुपर्छ । कति ट्याक्सी चालकले ट्याक्सीको मिटर बिगारेर पनि यात्रु ठग्ने गरेको छन् । तर अनुगमन खोइ ? यातायात मन्त्रालयले सिन्डिकेट हटाउन नसक्दा यसको प्रत्यक्ष असर जनताले खेपिरहनु परेको छ । ट्याक्सी व्यवसायको ठगीको धन्दा अत्यन्तै बढेको छ । यो त ट्याक्सीको ठगी धन्दाको विषय भयो । अब कुरा गर्न लागेको विषय भनेको अहिले सडकमा गुडिरहेको सार्वजनिक यातायात हो । उपत्यकाका सडकमा दिनहँु हजारौँ सवारीसाधन गुड्छन् । सार्वजनिक यातायात भन्नेबित्तिकै बस मात्र नभएर माइक्रोबस, सफा ट्याम्पु, आदि पर्दछन् । सार्वजनिक यातायातको सरकारले तोकेको भाडा १ किमीबाट ४ किमीसम्म १४ रुपियाँँ हो । तर एक किलोमिटर यात्रा गर्ने यात्रुले तिरेको भाडा १५ रुपियाँँ हो । १ किमी यात्रा गर्ने यात्रुले त ३ रुपियाँँ ५० पैसा तिर्नुपर्ने होइन र ? १ किमीकै १५ रुपियाँ तिर्नुपरेको छ भने ४ किमी यात्रा गर्नेले कति तिरेको होलान् ? १४ रुपियाँ तिर्नुपर्ने ठाउँमा १५ तिर्नुपरेको छ । एउटा यात्रुसँग १ रुपियाँको ठगी । उपत्यकामा दैनिक १५ लाख मानिसले सार्वजनिक यातायातको प्रयोग गर्छन् । १५ लाख मान्छेबाट १ रुपियाँ बढी लिँदा पनि यातायात व्यवसायीहरूकोे खल्तीमा कति रकम त्यत्तिकै जान्छ ? भाडाको गाडीको प्रयोग गर्न पाउनु हरेक नागरिकको अधिकार हो । तर आधा किमी चढे पनि यात्रुले ४ किमी चढेजति भाडा किन तिर्नुपरेको हो । ज्येष्ठ नागरिक, विद्यार्थी, अपांगता भएकालाई छुट दिएबापत सरकारले सार्वजनिक यातायातलाई वार्षिक कर छुट दिएको छ । तर, ज्येष्ठ नागरिक, विद्यार्थी, अपांगता भएकालाई ती यातायातहरूले छुट दिएका छैनन् । सार्वजनिक यातायातले टिकट पनि दिँदैनन् । अहिले विश्वभर कोरोनाकाल चलिरहेको छ । कोरोनाबाट जनता बचाउनका लागि नेपाल सरकारले हरेक क्षेत्र सञ्चालनका लागि विभिन्न स्वास्थ्य मापदण्ड बनाएको छ । तर सार्वजनिक यातायातले ती मध्ये कुनै पनि पालना गरेको देखिँदैन । सार्वजनिक यातायातमा यात्रु कोचाकोच छन् । सार्वजनिक यातायातको चालक, सहचालकको मुखमा मास्क र हातमा पञ्जा छैन । दिनहँु गाडी डिसइन्फेक्ट गर्ने भनेर सरकारले बनाएको निर्णयलाई यातायात व्यवसायीहरूले टेरपुच्छर मानेका छैनन् । सिटभन्दा बढी यात्रु राख्न नपाउने सरकारको निर्णय पालना भएको छैन । अझै बिहानबेलुका अफिस टाइममा गाडी पाउनै मुश्किल पर्छ । सिटको त कुरै छाड्देऔँ । अफिस टाइम सिट पाउनु भनेको ठूलो युद्ध जितेझैँ हुन्छ । कागजमा हटेको सिन्डिकेट काममा हटेन । यातायात व्यवसायीको दादागिरी झन् बढिरहेको छ । सरकारलाई खुला रूपमा चुनौती दिनबाट यातायात व्यवसायीहरू पछि परेका छैनन् । सर्वसाधारणले पैसा तिरेर पनि लोकल गाडी चढ्नका लागि कत्ति हैरानी खेप्नुपरेको छ । यसमा यातायात व्यवस्था विभागको पनि ठूलो कमजोरी छ । ट्राफिक महाशाखाको अनुगमनमा पनि निकै कमीकमजोरी देखिएको छ । बढी भाडा लियो भने १०३ मा खबर गर्नुस् भनेर यात्रुलाई जानकारी दिएको छ । तर १०३ मा फोन गर्दा कि त व्यस्त छ । कि त फोन नै उठ्दैन । उठे पनि यसबाट कारबाही हुँदैन । बरु ती सार्वजनिक यातायातबाट ट्राफिकहरूले मासिक भत्ता लिएर उनीहरूकै पक्षमा काम गरिरहेका छन् । सर्वसाधारणको सिकायतलाई ट्राफिक प्रहरीले रद्दीको टोकरीमा फालेका छन् । सार्वजनिक यातायातमा कोचाकोच यात्रु हालेको छ । कोरोना फैलाउन सार्वजनिक यातायातले पनि निकै ठूलो भूमिका खेलेको छ । सरकारले तोकेको भाडालिस्ट यातायात व्यवस्था विभागको भित्तामा टाँसेको छ । सरकारले तोकेको भाडालिस्ट हेर्न पनि यातायात व्यवस्था विभागसम्म पुग्नुपर्ने स्थिति आइसक्यो । किनभने उपत्यकाका मुख्य मुख्य सडकमा भाडालिस्ट कही पनि टाँसेकै छैन । सरकारले तोकेको भन्दा बढी भाडा लिनेलाई कारबाही गर्ने भने तापनि बढी भाडा लिएर यात्रु ठग्ने यातायात व्यवसायीलाई कारकाही गरेको पाइँदैन, किनभने उनीहरूबाट ट्राफिक प्रहरीले मासिक घुस लिइरहेका छन् । स्वीकुत सिट क्षमताभन्दा बढी यात्रु राख्ने सवारीलाई पनि अनुगमन गरिएको छैन । किनभने ट्राफिकहरूले व्यावसायीहरूबाट फाइदा लिइरहेका छन् । अनुगमन गरियो भने आफ्नो अनुदान कट्ने ट्राफिकमा देखिन्छ ।
प्रकाशित मिति: मंगलबार, भदौ ८, २०७८  ०३:३६
प्रतिक्रिया दिनुहोस्
थप विचार
अधिकार रक्षा र पहिचानको लडाइँमा अगस्ट ९ को सन्देश
अधिकार रक्षा र पहिचानको लडाइँमा अगस्ट ९ को सन्देश बुधबार, साउन २०, २०८३
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती मंगलबार, साउन १९, २०८३
बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ ! मंगलबार, साउन १९, २०८३
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं ! सोमबार, साउन १८, २०८३
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP