Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
विचार
  • Home
  • विचार
  • महिलाको नाममा सत्तामा पुगेपछि त्यही महिलालाई नै बिर्से
महिलाको नाममा सत्तामा पुगेपछि त्यही महिलालाई नै बिर्से
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, भदौ ६, २०७८
Sawan 6 (4)
Hardik health
नेपालमा पुरूपषको भन्दा महिलाको संख्या बढी छ । अधिकांश महिला भए पनि केही वर्षयता महिलाको जीवनस्तरमा केही परिवर्तन आएको देखिन्छ । यसको उदाहरणका लागि धेरै टाढासम्म पुग्नै पर्दैन । नेपालको हालको राष्ट्रपति विद्यादेवी भण्डारी महिला हुन् । ओमसरी घर्ती पहिला महिला सभामुख बनिन् । पहिलो महिला प्रधानन्यायधीश पदमा पनि सुशीला कार्की भइन् । विभिन्न पदमा महिलाहरू पुग्न सफल भए । ऐन, कानुन बनाएर देश चलाउने ओहदासम्म नेपालका महिलाहरू पुगेका छन् । पुरूपषभन्दा महिला पनि केही कम छैनन् भन्ने कडा छाप नेपाली महिलाहरू सबैको दिमागमा छाड्न सफल भए । महिला राष्ट्रपति, सभामुख, प्रधानन्यायधीश भएको देशमा पनि महिलाहरूमाथि यत्रो दुव्र्यवहार किन ? नेपालमा महिलाहरू महिलाकै विषयमा जवाफ दिनुप¥यो भनेर हिचकिचाउँछन् । महिलाहरू उच्च पदमा पुग्दा पनि महिलाहरूले नै सुरक्षित र सम्मानताका साथ अझै पनि कदम बढाउन सकेका छैनन् । उच्च पदमा पुगेर मात्र के गर्नु महिला भएर महिलाकै दुःख बुझ्नसकेका छैनन् । महिला भएर महिला कै नारा बेचे । त्यहाँ पुगे । जो जहाँ पुगे पनि आर्थिक स्तर कमजोर भएको, समाजबाट पिछडिएको महिलाहरूले के पाए । हाम्रो देशमा कति आर्थिक कमजोर भएका दिदीबहिनी, आमा, नारीहरू छन् । यसको आंकलन राष्ट्रपति, प्रधानन्यायधीश र सभामुखसँग छ ? आर्थिक कमजोर भएकाले कति नारी घरेलु हिंसाको भागिदार बनेका छन् । कतिले पढ्न मन हुँदाहुँदै पनि पढ्न पाएनन् । कतिले समाजको दुव्र्यवहार सहनु परेको छ । आवाज भएर पनि आवाजविहीन बनेर बसेका छन् । कति सिधा महिलालाई शिक्षा नभएकै कारण पनि अन्य मुलुकमा लगेर बेचेको छन् । एनजिओ खोलेका छन् । महिलाको नारा बोकेर डलर पचाएका छन् । यसरी महिलाको नाम बेचेर कति दिन चल्छ । महिलाको नाममा राजनीति गरेका छन् । फोहोरी राजनीति चलाएका छन् । राजनीतिक पार्टीको झोला बोकेका छन् । यत्रो महिला भएको देशमा महिलाकै लागि आवाज उठाउने कोही पनि भएनन् । हेर, हाम्रो देशको स्थिति । अहिले धेरैजसोले आफ्नो घरमा काम गर्नका लागि गाउँबाट गरिब, पढाइलेखाइ नभएको दिदीबहिनीहरू ल्याएर राख्ने गरेका छन् । आर्थिक अवस्था कमजोर भएका दिदीबहिनीहरू पढ्न पाइएला । अरूप नभए पनि दुईछाक पेटभरि खान पाइएला । एक जोर लुगाले आफ्नो ज्यानमा हाल्न पाइएला भनेर आफनो गाउँ छाडेर सहर पसेका छन् । बिहान ५ बजेदेखि बेलुका १० बजेसम्म हुरूपक्कै हुने गरी काम लगाउँछन् । जुठा भाँडा माझ्नेदेखि घर पुछ्नु पर्छ । त्यति मात्र नभएर खान पकाउनेदेखि लिएर भित्री वस्त्रसम्म धुन लगाएका छन् । के पैसा हुनेहरूमा मानवता हराएकै हो ? आफूलाई दुख्छ भने अरूपलाई पनि दुख्छ भनेर नसोच्ने पनि मान्छे हुन् ? के पैसा हुनेलाई मात्र भोक र थकाइ लाग्छ । दुई छाक खानाको भरमा सबै काम लाउन यी पैसावालहरूलाई लाज लाग्दैन ? पढाउँछु भनेर गाउँबाट ल्याउँछन् । यहाँ ल्याएपछि त पढाइलेखाइ पनि छैन । अर्काको हड्डी घोटेर चन्दन लाउन पनि तयार हुन्छन् यी पैसावाल । कति पैसावालले मासिक तलब दिने हिसाबले पनि घरायसी काम गर्नका लागि दिदीबहिनी, आमाहरू राखेका छन् । ३ देखि ५ हजार दिएर महिनाभरि काम लगाउँछन् । आफ्नो छोराछोरी उमेरभन्दा कमका बालबालिकालाई समेत घरायसी काममा दलाएका छन् । आफ्नो छोराछोरीलाई भोक लाग्दा ती बालवालिकालाई पनि भोक लाग्छ भनेर पैसावालहरूले सोच्दैनन् । पैसावाललाई मात्र भोक र प्यास लाग्छ । अरूपलाई भोक र तिर्खा लाग्दैन ? एउटा गरिबको पसिना चुसेर आफू खुट्टा पसारेर बस्नु कति हीनताबोध कुरा हो । प्रत्येक दिन उज्यालो हुन्छ । बिहान उठेर सडकमा हिँड्नुस् । बाटोमा दुईथरिका मान्छे भेट्नुहुन्छ । एउटा कसरी आफ्नो र परिवारको पेट पाल्नु भनेर कामको खोजीमा हिँडेका हुन्छन् । अर्को खुट््टा पसारेर खाएर आफूलाई रोग नलागोस् भनेर मर्निङ वाकमा हिँडेका हुन्छन् । अप्ठयारो, गाह्रो सबैलाई पर्छ । तर, गरिबको अप्ठ्यारोमा साथ दिने कोही पनि हुन्नन् । शरीरले सक्ने र बलभन्दा बढी काम घोटाउँछन् । चाडपर्वहरूमा छुट्टी पनि दिँदैनन् । चाडपर्वमा त सबैले छुट्टी पाउनुपर्ने होइन र ? कि त सरकारी जागिरे र पैसावालका लागि मात्र चाडपर्व बनाएको हो । सरकारी जागिर खानलाई त सरकारले केही भन्न सकेको छैन । एउटा घरमा काम गर्ने मान्छे टाइममा आइपुग्नुपर्ने । बिनातलब ओभरटाइम काम गर्नुपर्ने । हिजो परिस्थिति ठिक हुन्जेल थोरै तलब दिएर काम गर्ने श्रमिकको शोषण ग¥यो । जब कोभिड नेपाल भित्रियो । तब सबैले घरायसी काम गर्नेलाई कामबाट निकाले । कतिसम्म मानवता हराएका मान्छेहरू नेपालमा बस्छन् भनेर आंकलन यहाँबाट लगाउन सकिन्छ । कोभिड सबैतिर फैलिएको थियो । सरकारी जागिरे र घरबाट अफिसको काम गर्नेहरूलाई त कोरोनाकाल छुट्टी मनाएझैँ भयो । तर जो बेरोजगार बने उनीहरू भोकभोकै बस्न बाध्य भए । कोरोनाको बहाना बनाएर धेरै घरायसी काम गर्नेहरू बेरोजगार बन्न पुगे । गरिब, अशिक्षितहरूका लागि भनेर हाम्रो देशमा धेरैचोटी आन्दोलन भयो तर देशका गरिबहरू प्हिले जुन ठाँउमा थिए । अहिले पनि ती छन् । उनीहरूक जीवनस्तरमा पनि केही परिवर्तन आएन् । हाम्रो देशका पुँजीपतिहरूक सोचाइमा पनि केही परिवर्तन आएन । सकेसम्म घरभरिको काम गरेर मात्र जोओस् भन्ने मनसाय हरेक पुँजीपति वर्गको छ । न उनीहरूको सञ्जय कोष काटेका हुन्छन्, न त उनीलाई पेन्सन नै आँउछ । अरूपको घरमा काम गर्दागर्दै बुढेसकाल लागिसक्छ । हातखुट्टा कमजोर हुँदै जान्छ । त्यतिखेरको साहरा को हुन्छ । उपचार गर्ने पैसा हुँदैन । बाँच्न मन हुँदाहुँदै पनि मर्न बाध्य हुन्छन् । १६ वर्षभन्दा मुनिका बालबालिकाहरूलाई काम लगाउन पाइँदैन । ७० वर्ष नाघेको मान्छेलाई कानुनले काम लगाउन दिँदैन । तर के गर्नु पेटले कानुन र उमेर भन्दो रहेनछ भन्ने पनि नेपालका सडक र घरघरमा थुप्रै भेटिँदोरहेछ । सरकारले कानुन त बनायो । धनीले कानुनको प्रत्याभूति गर्न पाए पनि गरिबले त्यो पनि पाएनन् । गरिबको कोखबाट जन्म लिनु नै कति दिदीबहिनीलाई बोझको कुरा बन्न पुग्यो । २०७८।४।१ गतेदेखि जुनसुकै काम गर्नेको सरकारले तोकेको न्यूनतम पारिश्रामिक १५ हजार रूपपैयाँ हो । तर सबैले सरकारले तोके जति तलब पाएका छन् त ? घरायसी काममा मात्र नभई पसल र ज्यामी काममा जाने महिलाहरूलाई उत्तिकै शोषण गरिएको छ । सरकारसँग कति महिला घरायसी काम गर्छन् । कति पसल र निजी संस्थामा काम गर्छन् भन्ने डाटा छैन । थोरै तलबमा महिलाहरू महिनाभर काम गर्न बाध्य छन् । महिला भनेपछि संघसंस्थाका सञ्चालकहरूले नराम्रो नजरले हेर्ने गरेको पाइन्छ । घरायसी काम गर्ने महिलाहरू पनि दुव्र्यहारको सिकार बन्न पुगेका छन् । आफ्नो हातका नंग्रा खियाएर, सामन्तीहरूको दासीजस्तै व्यवहार सहेर पनि घरायसी काम गर्नेहरूले सुखको सास फेर्न पाएका छैनन् । त्यही गरिब जनताले तिरेको करबाट तलबभत्ता, पेन्सन खाने, सरकारी गाडी चढ्ने सांसद र सरकारी कर्मचारीहरू माथि हरेक गरिब र शोषित बनेका नेपाली जनताहरूको धिक्कार छ । गरिब जनताले खाई नखाई तिरेको करबाट तलब खाइसकेपछि गरिब जनताहरूको विषयमा केही काम नगर्न राजनीतिक दल, मन्त्री , प्रधानमन्त्री र सांसदहरूलाई लाज लाग्दैन ? हरेक नेपाली नागरिकलाई ५८ हजार रूपपियाँको ऋणी बनाएर राजनीति दलहरू चिल्लो गाडी चढेका छन् । साइडमा सयौ सुरक्षाकर्मी राखेर हिँडेका छन् । तर त्यही देशको कुनै नागरिक उपचार नपाएर मर्न बाध्य भएका छन् । गरिबको नारा बेचेर सत्ता हासिल गर्नेहरूको संख्या नेपालमा उत्तिकै छ । कोही खुट्टा पसारेर बसेर खाएका छन् । कोही चिल्ला गाडी चढेका छन् । तर त्यही ठाउँमा कोही आफ्नो पेट पाल्नका लागि कत्रो संघर्ष गरिरहेको छन् । यही हो लोकतान्त्रिक र संविधानयुक्त राष्ट्र । महिला सत्तामा आए पनि महिलाकै जीवनस्तरमा कुनै परिवर्तन आएको छैन । जो जो जहाँ गए पनि आए पनि गरिब जनताहरूलाई कुनै फरक परेको छैन ।
प्रकाशित मिति: आइतबार, भदौ ६, २०७८  ०३:२३
प्रतिक्रिया दिनुहोस्
थप विचार
अधिकार रक्षा र पहिचानको लडाइँमा अगस्ट ९ को सन्देश
अधिकार रक्षा र पहिचानको लडाइँमा अगस्ट ९ को सन्देश बुधबार, साउन २०, २०८३
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती मंगलबार, साउन १९, २०८३
बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ ! मंगलबार, साउन १९, २०८३
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं ! सोमबार, साउन १८, २०८३
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP