Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
विचार
  • Home
  • विचार
  • बहालमा बस्नेलाई शोषण गरेर मोटाएका घरधनी
बहालमा बस्नेलाई शोषण गरेर मोटाएका घरधनी
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, साउन १८, २०७८
Sawan 6 (4)
Hardik health
आफ्नो जन्मथलो छाडेर आफ्नो र आफ्नो परिवारको आवश्यकता पूरा गर्नका लागि धेरै सर्वसाधारणहरू उपत्यका छिरेको हुन्छन् । उपत्यका छिरेर मात्र भएन बस्ने वास पनि चाहिँयो । अधिकांशहरूले उपत्यका घरहरू खाली भएको एफोर साइज पेपरमा टु–लेट भनेर टाँसेको देखिएकै छ । त्यस पेपरमा घरपेटीको फोन नम्बर पनि टाँसेको हुन्छ । देशैभरि अहिले कत्ति धेरै कोठा, फ्ल्याट र सटर खोज्ने संस्थाहरू सञ्चालनमा छन् । यस्तो संस्थाहरूले कोठा, फ्ल्याट र सटर खोजिदिने भनेर सर्वसाधारणहरू चर्को रकम असुल्ने गरेको पनि भेटिएको छ । घरधनी र यी सस्ंथा सञ्चालन गर्ने दलालीहरू मिलेर सिधासादा जनता ठग्न सफल भएका छन् । कसरी भन्नु, पर्दाखेरि कोठा खाली कुर्नुभन्दा अगावै नै घरधनीले यी दलालीहरूलाई कोठा खाली हुनेबारे जानकारी गराइसकेका हुन्छन् । त्यहीअनुसार उनीहरूबीच रकम र कमिसनको पनि छलफल भइसकेको हुन्छ । मानौँ, घरधनीले मेरो एउटा कोठाभाडा छ हजार हो भने तपाईं आठ हजार भन्नुस् र तीबाट आफ्नो कमिसन निकाल्नू । ठगिनेमा चाहिँँ हामी सिधासादा जनता पर्‍यौँ । अहिले उपत्यकाको विभिन्न ठाउँमा घरभाडा दर पनि भिन्नाभिन्नै छन् । एरिया हेरेर एउटा कोठाको ५–१० हजारसम्म पर्न जान्छ । सटर पनि ठाउँ हेरेर १० हजारदेखि ८ लाखसम्म पर्न जान्छ । फ्ल्याट पनि २० हजारदेखि डेढ लाखसम्म पर्न जान्छ । त्यो पनि एक महिनाको । यो भाडा सरकारले तोकेको पनि होइन । अहिले जुन घरभाडामा लुट मच्चिरहेको छ । त्यसमा वडा र नगरपालिको पनि ठूलो हात छ । अनि दलाली संस्थाको र घरधनीको मिलेमतोले यत्ति लुटको धन्दा मच्चाइरहेका छन् । कोठा खाली छ भने घरधनीले कोठा चाहिँने मान्छेलाई सिधै नै कोठा दिए भइहाल्यो नि । किन यी दलालीहरूको पछि दौडिरहनु पर्‍यो  । कोठा खाली छ भनेर पम्लेट टाँस्ने । कोठा माग्न गयो भने नदिने । सर्वसाधारणले सिधै कोठा माग्न जाँदा उसलाई नै सिधै कोठा दिने हो भने जनता यसरी ठगिनु पर्दैनथ्यो कि † कोठा खोज्ने दलालीका कोठा चाहिँयो भनेर सर्वसाधारण गयो भने ती सर्वसाधारणसँग पनि रकम असुल्छ । त्यत्ति मात्र नभएर पहिलो महिनाको केही अंश पनि दलालीलाई नै दिने भनी मौखिक सम्झौता पनि भएको छ । घरधनीले आफ्नो फाइदा हेर्दा पनि हाम्रो समाजमा यस्तो दलालीहरूको जनता ठग्ने हिम्मत बढिरहेको छ । बहालमा बस्ने मान्छेले यत्रो पापड बेलेर कोठा त पाँउछ । तर सेवा, सुविधा चाहिँ केही पनि पाउँदैनन् । बत्तीको पैसा पनि मिटर बिगारेर डबल लिन्छन् । पार्किड.गरेको पनि पैसा तिर्नुपर्ने रे । फोहोरको पैसा पनि सबै भाडा बस्नेसँग उठाउने । पानी पनि छैन । लुगा सुकाउने ठाउँको पनि सुविधा छैन । कोठा बस्ने मान्छेसँग अग्रिम तीन महिनाको भाडा पहिल्यै माग्ने । कोठा छाडेर जाने बेला रंग लगाइदिनुपर्ने । कोठा बस्ने मान्छेसँग पैसा लिने, बिल नदिने । एउटा कोठा नदिने । एउटा कोठा पाइहाले पनि महँगो भाडा तिर्नुपर्ने । कोठामा झ्याल नहुने, दिउँसै बत्ती बाल्नुपर्ने । एकदमै चिसो कोठा हुने । यस्तो चिसो कोठामा बस्दा बुढाबूढी आमाबुबालाई बाथको रोग देखापर्ने, बच्चालाई निमोनिया हुने । घरबेटीले भाडामा बस्नेलाई छतमा जान दिँदैनन् । अहिले बनेका अधिकांश घरहरू फ्ल्याट सिस्टम छन् । तीन वटा दुलोजस्तो कोठा बनाउने अनि त भइहाल्यो, फ्ल्याट सिस्टम । एउटा खाट नअट्ने कोठा निकाल्ने अनि फ्ल्याट सिस्टमको नाम दिएर जनता ठग्ने । महिनाभरि १०÷१५ हजार रुपियाँ कमाएर गुजारा गर्नेहरूले कहाँबाट फ्ल्याट लिएर बस्नु । आर्थिक कमजोर भएका, विद्यार्थी, एकल महिला, अपांगता भएका व्यक्ति र राम्रो जागिर नभएकाहरूलाई हत्तपत्त कोठा पाउनै मुश्किल हुन्छ । कुनै मानिसलाई कोठामा बस्दा रोग लाग्यो, ऊ मर्ने स्थितिसम्म आइपृग्यो भने उसलाई कोठामा मर्न दिँदैनन् । घरपेटीहरूमा मानवता र जिम्मेवारी नामक भावना नै हुँदैन । सरकारले पनि यस्तो ठग घरधनीहरूका लागि भनेर किन ऐन, कानुन बनाउँदैैन ? सटरभाडा र कोठाभाडा पनि सरकार निर्धारण गर्न तयार छैनन् । यी घरबेटीहरूले राज्यलाई घरबहाल कर पनि तिरेका छैनन् । सबै कोठा भाडामा लगाउने । वडा वा नगरपालिकाको मान्छे परीक्षण गर्न आयो भने सबै कोठामा आफ्नै आफन्त बस्छन् भनी राजस्व छली गर्ने । घरधनी चाहिँ बहालमा बस्नेलाई शोषण गरेर मोटाउने । जनता र राज्यलाई ठगेपछि नमोटाउने कुरै भएन नि । बाहिरबाट घरधनीहरू जत्ति सुकिलामुकिला भएर हिँड्छन् । घरबेटीहरूको भित्री नियत त्यत्ति नै खराब हुन्छ । जनता शोषण गरेर खाने । अनि मलाई सुगर, प्रेसर लाग्यो भनेर बिहान मर्निङ वाक जाने । हामी भाडा बस्नेले खुट्टामा एकजोर चप्पल नलगाई, एक छाक मिठो नखाई घरबेटीलाई भाडा तिरेका हुन्छौँ । तर, पनि घरधनीले भाडा बस्नेलाई दासीको रूपमा हेरेका हुन्छन् । हामी भाडामा बस्नेलाई घरधनीले मान्छै नै होइन जस्तो व्यवहार गरेका हुन्छन् । के हामी सित्तैमा बसेको हौँ र । जहिले पनि यिनीहरूसँग डराएर र यिनीहरूको दबाबमा बस्नुपर्ने । घरधनीहरूले यिनीहरू सुकुम्बासी हुन्, यिनीहरूको कहिँ पनि घरजग्गा छैन भन्ने सोच राख्छन् । हामीहरूले यी शोषकहरूको दबाब कत्ति दिन सहेर बस्ने ? अझै कत्ति घरधनीले त बैंकबाट कर्जा लिएर घर बनाएका हुन्छन् रे । उनीहरूको भनाइअनुसार उनीहरूको बैंकको किस्ता तिर्नका लागि महिनाभन्दा अगावै नै भाडा तिर्नुपर्ने रे । के हामी सर्वसाधारणले बैंकबाट कर्जा लिएर घर बनाउनु भनेका थियौँ ? त्यो किस्ता चुक्ता गरिसकेपछि त्यो घर कसको नाममा नामसारी हुन्छ ? घरधनी कि भाडा बस्नेको ? एकातिर महिनाभन्दा अगाडि नै तलब माग्न कति अप्ठयारो । तलब मागे पनि अफिसको साहुहरूले महिना नसिद्धिकन तलब दिँदैनन् । जहिले पनि हामी जनता नै किन पिल्सिनु पर्ने बाध्यता । हामी बहालमा बस्नेलाई घरधनीको घर बैंकमा होस् कि फाइनान्समा । हामीलाई के मतलब । घरभाडा तिर्न सकुन्जेल त्यहाँ बस्छौँ नभए त्यहा छाडेर अन्तै जान्छौँ । उनीहरूले कर्जा तिरून् कि नतिरून् हामीलाई त्योसँग सम्बन्ध नभएको कुरा हो । भोलि कर्जा तिरिसकेपछि त्यो सम्पत्ति तिनीहरूकै नाममा जाने हो । हाम्रो नाममा आउने होइन । नगरपालिका पनि कुन घर भाडामा छ । त्यस घरमा कत्ति कोठा, सटर भाडामा छ भनी अनुगमन गर्न आउँदैन । आइहाले पनि घरपेटीहरू राजस्व छली गर्नका लागि विभिन्न बाहना बनाउँन थाल्छन् । पाँच वटा कोठा भाडामा भए पनि दुईवटा कोठा भाडामा छ । अरु सबै कोठामा आफन्त बस्छन् भनी झुठ बोल्छन् । घरभाडामा लगाएर व्यापार गरेपछि राज्यलाई तिर्नुपर्ने घरबहाल कर पनि राज्यले तोकेअनुसार तिर्नुपर्ने होइन र ? कोठामा किला ठोक्न मिल्दैन् । धाराको टुटी र ढोकाको चुकुल बिग्रियो भने पनि भाडा बस्ने आफैँले व्यहोर्नुपर्छ । घरभाडामा लाउँछ तर पानी चाहिँ किनेर खानु पर्छ । लुगा धुन र नुहाउन पनि पानी किन्नुपर्छ । पानी दिन नसक्नेले किन घरभाडामा लाउने । के घरधनीले हामी बहालमा बस्नेलाई भेडाबाख्रा सोचेको छ ? यिनीहरूको जत्ति खुन, पसिना चुसे पनि हुन्छ भन्ने मानसिकता धेरै घरबेटीमा छ । हामीहरू कत्तिन्जेल सहेर बस्ने ? यस्ता घरबेटीहरूलाई कारबाही गर्न नसक्नु भनेको वडा र मेयरहरूको कमी कमजोरी हो । हामीले यत्रो दृःख गरेर बहाल तिर्दा पनि घरबेटीले हामीलाई किन राम्रो ब्यवहार गर्दैनन् ? राज्य र यी ठग घरधनीप्रति हामीले पनि भूमिका निभाएका छौँ । घरधनीले कोठा र सटर भाडा बढाउँछ । यता सटर लिएर ब्यापार गर्न बसेका व्यापारीहरूले पनि सामानको मूल्य बढाउँछन् । यस्तै पाराले घरधनीहरूको मनोमानी बढ्दै जाने हो भने हामीले आत्महत्या गर्नुपर्ने हुन्छ । यसको जिम्मेवारी चाहिँ सरकारले लिनुपर्ने हुन्छ । सरकारले भूकम्पपछि बनेका घरहरू सम्पूर्ण भूकम्पविद्को निगरानीमा रहेर बनाउनृपर्ने भनेको थियो । तर घरधनीले सरकारको निर्णय पनि मानेका छैनन् । सरकारको मापदण्डभित्र नपरेको घरहरूलाई पनि वडाध्यक्ष र मेयरहरूले सम्पूर्ण मापदण्ड पूरा भएको भनी कागजपत्र दिइरहेको छन् । आर्थिक लेनदेनमा वडाध्यक्ष र मेयरहरू बिकेको छन् । २ तलाको नक्सा कोर्ने अनि ५ तलाको घर बनाउने । यसमा पनि सरकारको ध्यान गएको छैन । २०७६।१२।११ गते पहिलो लकडाउन भयो । २०७८।१।१६ गते पुनः लकडाउन भयो । सरकारले घरबहाल कर मिनाहा ग¥यो । तर, बहालमा बस्नेले भाडा छुट पाएनन् । राज्यले राजस्व गुमायो । कत्तिले घरभाडा तिर्न नसकेर कोठाको सामान छाडे । कत्तिले अझै पनि कमाएर बहाल तिर्दै छन् । कत्ति जना कोठामा ताला लगाएर गाउँ गएका थिए । कोठा खाली गराई पाऊँ भनी वडामा उजृरी दिने घरधनीहरूको संख्या बढेको छ । के बहालमा बस्नेले लकडाउन गरेको हो ? यो त भाडामा बस्नेमाथि भएको अत्याचार होइन र ? हामीे कमाएर भाडा तिर्छौ भन्दा पनि हामीले टाइम नपाउनू । अनि सामान छाडेर सडकमा गएर सुत्नु । भन्ने बेलामा चाहिँ मेरोे निजी सम्पत्ति हो भनेर छाती ठोक्ने । निजी सम्पत्ति भाडामा लगाएर व्यापार गर्ने । अनि राज्यलाई व्यापार गरेबापत राजस्व पनि नतिर्ने ? राज्यले पनि जनता ठग्ने घरधनीलाई कानुनको दायरामा ल्याउनृपर्छ । सरकारले कर्मचारी खटाएर घरभाडा उठाउनु पर्छ । यसले गर्दा बेरोजगारी पनि घट्छ । राज्यको ढुकुटीमा पनि राजस्व आउँछ । र, जनता पनि ठगिनबाट बच्छन् ।
प्रकाशित मिति: सोमबार, साउन १८, २०७८  ०३:३९
प्रतिक्रिया दिनुहोस्
थप विचार
अधिकार रक्षा र पहिचानको लडाइँमा अगस्ट ९ को सन्देश
अधिकार रक्षा र पहिचानको लडाइँमा अगस्ट ९ को सन्देश बुधबार, साउन २०, २०८३
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती मंगलबार, साउन १९, २०८३
बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ ! मंगलबार, साउन १९, २०८३
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं ! सोमबार, साउन १८, २०८३
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP