Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सपनाको_चंगा
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
Search Here
विचार
  • Home
  • विचार
  • खानेपानी व्यापारको वस्तु होइन
खानेपानी व्यापारको वस्तु होइन
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, साउन ६, २०७८
Sawan 6 (4)
Hardik health
आजभन्दा ५-६ दशकअभिका बुबाआमाको कुरा अहिले कत्तिलाई उखानजस्तो लाग्न सक्छ । कत्ति जनालाई उहाँहरूको कुरा गफै मात्र हो जस्तो पनि अनुभव हुन सक्छ । तर ती बुबाआमाको कुराहरूले सत्यता र कुनै अर्थ बोकेको हुन्छ । ती मध्ये एउटा सत्य कुरा आजभन्दा ५-६ दशकअघि नेपालले अन्य मुलुकमा खाद्य सामग्री निर्यात गथ्र्यो रे । तर अहिलेको अवस्थालाई हेर्ने हो भने हामी स–साना खाद्यवस्तु पनि अन्य मुलुकबाट आयात गर्छौँ । यस्तो हुनुको महत्वपूर्ण कारण सिंचाइको अभाव पनि हो । करिब ५÷६ दशकअधि उपत्यकाको प्रमुख सहरमा मात्र बजार लाग्थ्यो रे । अरु सबै ठाँउमा खेतैखेत र फाँटैफाँट मात्र थियो रे । सिंचाइ पनि आकाश कै पानीले सम्भव थियो । आकाशबाट परेको पानी जमिनले सोस्ने गरेको हुनाले सिंचाइको त्यस्तो केही समस्या हुदैन थियो रे । यस विषयमा एकजना वुद्धले सोध्दा उनले सिधा रूपमा भने– हेर नानी, पहिलेका घरहरू अझै खर, झिँगटी र ढुंगाले छाएको हुन्थ्यो । कही पनि सिमेन्टको प्रयोग गरिएको हुँदैन, बाटो पनि स–साना गोरेटो मात्र हुन्थे । जसले गर्दा आकाशबाट आएको पानी सिधै जमिनले सोस्थ्यो र ठाँउठाँउमा पानीको मुल फुट्थ्यो । मुल फुटेकै पानीले खान र सिंचाइ गर्न पुग्थ्यो । सबै मुलहरू घर बनाएर बन्द भइहाल्यो । अहिले त खानेपानीको त हाहाकार छ सिंचाइको कुरै छोड्देऔँ । यही मौका छोपेर करिब आजभन्दा तीन दशकअघि अर्थात ०४८ सालमा काठमाडौं क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसको एकदमै स्वाभिमानी नेता कुष्णप्रसाद भट्टराई पार्टीको टिकट लिएर मैदानमा उत्रिए । उनको एउटै नारा के थियो भने उपत्यकाबासीको घरको धाराधारामा मेलम्चीको पानी ल्याउने र मेलम्चीको पानीबाट काठमाडौंको सडक पखाल्ने । तर उनका लागि त्यो चुनाव जित्नु भनेको फलामको चिउरा चपाउनुजस्तो थियो किनभने उनाको विपक्षमा एमालेको एकदमै शक्तिशाली नेता उठेका थिए । काठमाडौंका बासिन्दाले उनको कुरामा विश्बास गरेनन् र उनले चुनाव हारे । उनले चुनाव हारे पनि लाखौँ नेपालीको मन जिते किनभने उनले वर्षौँदेखि लाखौँ नेपाली जनताले भोगेको समस्याबारे आवाज उठाएका थिए । त्यतिखेर उपत्यकामा खानेपानीको एकदमै हाहाकार थियो । उनले गरेको त्यो महत्वपूर्ण भाषण तीन दशकपछि पूरा भयो । उनको स्वर्गारोहण भए पनि उनले नेपाली जनतामाझ गरेको वचन पूरा गरेका छन् । कुष्णप्रसाद भट्टराई आज हामी माझ एक उदाहरणीय नेता बन्न पुगेको छन् । उनले मलाई भोट दिने मतदाताहरूलाई मेलम्चीको पानी खुवाउँछु नभनेको भए आज सायदै उपत्यकाबासीले मेलम्चीको पानी देख्न पाउँथे होलान् । केही दिनका लागि मात्र भए पनि उपत्यकाको तीन जिल्लामा बसोबास गर्नेले मेलम्चीको पानी उपभोग गर्न पाए । मेलम्चीको पानी उपभोग गर्न पाउनु भनेको हामी नेपालीका लागि सानो कुरा थिएन । भट्टराईले भनको कुरा ३ दशकपछि पूरा त भयो र केही सिमित समयका लागि उपत्यकाबासीको घरको धाराधारामा मेलम्चीको पानी आयो । मेलम्चीको पानी प्रयोग गर्न पाउँदा उपत्यकाबासीमा खुसीको सीमा रहेन । तर त्यो हर्षौलास पनि उपत्यकाबासीमा धेरै दिन रहन पाएन । हाम्रा निवर्तमान प्रधानमन्त्री केपी ओली सत्तामा भएको बेला मेलम्चीको पानी काठमाडौं आयो । राष्ट्रपति र तत्कालीन प्रधानमन्त्रीद्वारा यसको उद्घाटन भयो । तर यो मेलम्चीको पानी काठमाडौं ल्याउनमा राष्ट्रपति र तत्कालीन प्रधानमन्त्री केही पनि त्यस्तो ठूलो भूमिका रहेको थिएन । नेपाल जलस्रोतको दोस्रो धनी देश हो । हाम्रो राष्ट्रमा लगभग ६ हजार जलस्रोतको मुहानहरू छन् । तर हाम्रै राष्ट्रमा खानेपानीको अभाव किन ? यसको एक मात्र कारण हो हाम्रो देशमा सत्तामा बस्नेहरूले आफ्नो बारेमा मात्र सोच्नु । जनता बाँचे, बाँचून्, मरे मरून् भन्ने मनस्थिति अहिलेको सत्ता चलाउनेहरूको छ त्यसले गर्दाखेरि पनि खानेपानीको हाहाकार भइरहेको अवस्था देखिन्छ । अझै हामीले कत्ति दुर्गम जिल्लामा खानेपानीका लागि भनेर घन्टौँको बाटो हिँड्नुपर्ने पनि सुनेको छौँ । खानेपानीको हाहाकार हुनु र यसको एकलौटी फाइदा भने पानी ट्यांकरले उठाइरहेका छन् । पानी ट्यांकरहरूले जमिनमुनिबाट बोरिङ गरेको पानी ल्याएर महँगोमा बेच्ने गरेको छन् । मैले सुने र बुझेअनुसार एक ट्यांकर पानीको ३-५ हजार रूपैयाँसम्म असुलिरहेको छन् । त्यो पनि पिउनलायक छैन । पानी ट्यांकरहरूले कँहा कहाँबाट पानी उठाएर ल्याउँछन् जुन गुणस्तरहीन हुन्छ । पानी ट्यांकरहरूले आधा ट्यांकर पानी ल्याएर खसाल्छन् र पैसा भने पूरै लिन्छन् । अनुगमन छैन । वाटर प्युरिफाइ गरेर बेच्ने कम्पनीको हाल पनि यस्तै छ । एकजार पानीको ५०-८० रुपियाँ लिन्छन् । जार त सफा हुँदैन, वाटर कहाँबाट प्युरिफाइड हुनु । एउटा मिनिरल वाटर २५-३० रुपियाँ पर्छ भने मिनिरल वाटर जम्मा एक लिटरको हुन्छ । पानी ट्यांकरहरूले पानी बेचेबापत पैसा लिन्छन् बिल दिँदैनन् । मेलम्चीको पानी उपत्यका आउँदा यसबाट सबैभन्दा बढी छटपटी वाटर प्युरिफाइड कम्पनी र पानी ट्यांकर सञ्चालकहरूलाई भएको थियो । उनीहरूको मनमा अब जनता ठग्न नपाइने भो, हाम्रो बिजनेस व्यापार सुक्ने भयो भन्ने ठूलो पिर परेको थियो । मेलम्चीको पानी सस्तोमा उपभोग गर्न पाइने भो भनेर हर्षोउल्लास मनाएको उपत्यकाबासीहरूको खुसी पनि १ असार ०७८ का दिन मेलम्चीमा आएको बाढीसँगै डुब्यो । भन्नुको मतलब मेलम्चीमा गएको बाढीले उपत्यकामा पानी ल्याउने मुहान पनि बगायो । कमसल सामानको प्रयोग, र ठेकेदारको लापरबाहीले गर्दा पनि मेलम्चीको पानीको मुहान बग्यो । यसको अनुसन्धान हुन अझै बाँकी छ । मेलम्चीको पानी काठमाडौं नआउँदा यसको फाइदा केही निश्चित व्यक्तिलाई भए पनि हामी आमजनतालाई घाटा भएको छ । केही वर्ष अघि पानी बोक्ने ट्यांकरलाई सरकारले तीन भागमा वर्गीकरण गरेको थियो । चेकजाँच गरी खानयोग्य पानीलाई हरियो स्टिकर, नुहाउन प्रयोग हुने पानीलाई पहेँलो स्टिकर, र घर सफा गर्न प्रयोग हुने पानीलाई रातो स्टिकरमा विभाजन गरेको थियो । पानी उपभोग गर्ने उपभोक्तालाई त्यो पानी ट्यांकर कत्ति लिटरको छ भन्ने कुराको जानकारी हुँदैन । यातायात मन्त्रालय र यातायात व्यवस्था विभागले पानी ट्यांकरले पानी ल्याएबापतको भाडा नतोक्दा पानी ल्याएबापतको लागत त्यस ट्यांकरको जिब्रोमा झन्डिएको हुन्छ । यसरी गुणस्तरहीन पानी बेचेर जनता ठग्दा पनि सम्बन्धित मन्त्रालयको ध्यान जान सकेको छैन । नेपालमा कत्ति वटा पानी ट्यांकर सञ्चालनमा छन् भन्ने कुराको डाटा यसको सम्बन्धित मन्त्रालयसँग पनि छैन होला । पानी ट्यांकरको साहुहरूसँग बुझ्दा र उनीहरूको भनाइ अनुसार उपत्यकामा ६६९ वटा पानी ट्यांकर सञ्चालनमा छन् । पानी बेच्ने चिज होइन । पानी सबैलाई चाहिन्छ । मानव जातिलाई मात्र नभएर बोटबिरुबा, पशुपन्छी र हरेक सजिवलाई दैनिक जीवनमा पानीको आवश्यकता पर्छ । जिउँदोलाई त पानी चाहिन्छ नै मर्दाखेरि पनि पानी चाहिन्छ । हामी बाटोघाटोमा हिँड्छौँ । कत्तिले बाटोघाटोमा हिँड्दा कत्ति जनाको घरको छतबाट पानी परेर लुगा बिग्रिएको पनि देखेका छौँ । घर बनाइसकेपछि छतमा जमेको पानी कहाँ व्यवस्थित गर्ने भन्ने जिम्मेवारी पनि त्यस घरधनीको हुन्छ । यसरी छतमा जमेको पानी बाटोमा फ्याँकिदिँदा बाटो हिँड्नेलाई निकै अवरोध हुन सक्छ । यस विषयमा पनि सम्बन्धित नगरपालिकाको ध्यान जान निकै जरुरी देखिन्छ ।
प्रकाशित मिति: बुधबार, साउन ६, २०७८  ०४:०१
प्रतिक्रिया दिनुहोस्
थप विचार
यस्तो होस् बालेन बजेट ! 
यस्तो होस् बालेन बजेट !  मंगलबार, जेठ १२, २०८३
उच्च रक्तचापको समस्या
उच्च रक्तचापको समस्या मंगलबार, जेठ १२, २०८३
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ सोमबार, जेठ ११, २०८३
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम आइतबार, जेठ १०, २०८३
विश्व फुटबलको महाकुम्भ मेला
विश्व फुटबलको महाकुम्भ मेला शुक्रबार, जेठ ८, २०८३
केराको महँगी र पनामा रोगको कहर
केराको महँगी र पनामा रोगको कहर बिहीबार, जेठ ७, २०८३
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता सोमबार, जेठ ४, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP