Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सपनाको_चंगा
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
Search Here
विचार
  • Home
  • विचार
  • महिला हिंसाको कारण र न्यूनीकरण
महिला हिंसाको कारण र न्यूनीकरण
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, असार १५, २०७८
DR Upadhyaya
Hardik health
महिला भएकै कारण भोग्नुपरेका विभेद्, अन्याय तथा अन्य शारीरिक तथा मनोवैज्ञानिक आघात नै महिला हिंसा हो । कतिपय हिंसाहरू त यस्ता छन् जुन पीडितले आफूमाथि हिंसा भइरहेको छ भन्नेसमेत भेउ पाएका हुँदैनन् । तसर्थ विभिन्न रूपमा महिलामाथि हिंसा भएको देख्न सकिन्छ । नेपालमा पनि महिला हिंसाको घटनाहरू प्रशस्तै हुने गरेका छन् । यसको मुख्य कारण सामाजिक, सांस्कृतिक संरचना र कानुनी दुवै रहेको देख्न सकिन्छ । बलात्कार, दाइजो प्रथा, बोक्सीको आरोप, छाउपडी प्रथालगायत घटनाहरू सर्वत्र भइरहेका र बारम्बार दोहोरिने घटना हुन् । यसबाहेक पनि महिला हिंसाका अनेक किस्साहरू रहेका हुन्छन् जसको चर्चा कमै मात्र भएको देखिन्छ । अझ दुःखदायी कुरा त के छ भने महिलाहरू आफ्नै घरपरिवारबाट सबैभन्दा बढी हिंसाको सिकार बनेका छन् । यस्ता घटनाहरू अज्ञानताका कारण बारम्वार दोहोरिने गरेको पाइन्छ । जसमध्ये बलात्कार पनि ज्वलन्त समस्या र जघन्य अपराधका रूपमा देखा परेको छ । कतिपय महिलाहरू आफ्नै श्रीमान्बाट बलात्कृत भइरहेका छन् । तर, ती अधिकांश घटनाहरू गुपचुपमै रहन्छन् । त्यसैगरी तराई मधेसमा दाइजोको कारण पनि थुप्रै महिलाहरूले शारीरिक, मानसिक यातना मात्र बेहोर्नुपरेको छैन कतिपयले त मृत्युवरणसमेत गर्नुपरेको दर्दनाक अवस्था छ । त्यसैगरी ग्रामीण भेगमा बोक्सीको आरोपमा पनि महिलामाथि दुव्र्यवहार हुने गरेको छ । कथित तल्लो जात तथा एकल महिलालाई बोक्सीको आरोप लगाएर अनेक यातना दिई मलमूत्र खुवाउनेसम्मका अति निकृष्ट क्रियाकलाप पनि नेपाली समाजमा भइरहेका छन् । छोरा र छोरी जन्मिने प्रक्रिया र त्यसको निर्धारण पुरुष क्रोमोजोममा भर पर्ने भए पनि छोरा नजन्माएको भनेर महिलालाई नै अपमानित गर्ने गरिएको छ । यस्ता अनुचित सोच, परम्परा तथा प्रथालाई तोडेर नेपाली समाज अगाडि बढ्नुपर्नेमा अपेक्षित प्रगति हुन सकिरहेको छैन । अशिक्षित वर्गका त कुरा छाडौँ समाजमा शिक्षित भनेर कहलिएकाहरू पनि महिला हिंसाका मतियार बनेका छन् । कुनै न कुनै किसिमले श्रीमतीभन्दा श्रीमान् श्रेष्ठ भन्ने दिमागका भित्तामा टाँसिएर बसेको हुँदा महिलाहरू पीडित बन्नुपरेको छ । पुरुषहरूमा शोषक मनोवृत्तिको ‘सांस्कृतिक विरासत’ पनि छ । घर परिवार मात्र होइन, सार्वजनिक स्थल तथा कार्यालयमा समेत महिलाहरू असुरक्षित छन् । महिलाहरू कार्यलयमासमेत आफू सुरक्षित नभएको महसुस गर्छन् । पुरुषप्रधान संस्कारको अवशेष बाँकी रहेकाले शिक्षित भनिएका पुरुषहरू पनि अनजानमा महिलामाथि हिंसा थोपरिरहेका छन् । चेतनशील महिला पनि कुनै न कुनै तरिकाबाट विभेद्को सिकार हुनुपरेको छ । थुप्रै कानुनी व्यवस्था र चेतनाको विस्तारले पनि विभिन्न स्वरूपमा महिला हिंसा भइरहनु निकै गम्भीर सवाल हो । महिला हिंसा न्यूनीकरण र निर्मूल पार्ने उद्देश्यले विभिन्न संघसंस्था र अधिकारकर्मीहरू पनि सक्रिय छन् । थुप्रै बजेट खर्च गरेर विभिन्न समारोह तथा गोष्ठी पनि हुने गर्छन् । तर, पनि तिनै अधिकारकर्मीहरू पनि कोही आफँै पीडक र कोही पीडित भइरहेको देख्न सकिन्छ । यस्ता गोष्ठी तारेहोटलमा मात्र सिमित भएर महिला हिंसा रोकिँदैन । समाजका बस्ती–बस्तीमा गएर जनचेतना जगाउने खालका कायक्रम सञ्चालन गर्नु आजको आवश्यकता देखिन्छ । अहिले बलात्कार तथा यौनजन्य हिंसाका घटनाहरूले विकृत रूप लिइरहेको देखिन्छ । घर, कार्यस्थल, विद्यालय, बाटोघाटो, मेलापात सबैतिर महिलाले आफूलाई असुरक्षित महसुस गर्नुपर्ने अवस्था सिर्जना भएको छ । पछिल्लो समय इन्टरनेट र सामाजिक सञ्जालको दुरूपयोगले महिला हिंसालाई बढावा दिएको छ । पीडित महिलाका उजुरीका आधारमा यस्ता घटनाहरू बाहिर आउने गर्दछन् । जसमा कतिपय अपराधीहरू फेला नै पर्दैनन् र पक्राउ परेकाले पनि फितलो कानुनका कारण छिट्टै उन्मुक्ति पाउँछन् । यसले गर्दा पनि अपराधीको मनोवल बढेको देखिन्छ र यस्ता घटना बारम्बार दोहोरिने गर्छन् । महिला हिंसा रोक्न राज्य र सरोकारवाला सबै पक्ष गम्भीर बन्नुपर्ने अवस्था देखिएको छ । त्यसका लागि चेतना वृद्धि गर्ने, महिलाहरू आफ्ना अधिकारका विषयमा जागरुक बन्नुपर्ने, अन्यायको प्रतिवाद गर्ने, कडा कानुनी प्रबन्ध र त्यसको अक्षरशः कार्यान्वयन गर्नुपर्छ । कानुन संशोधन गरेर भए पनि बलात्कारी तथा अपराधीलाई हदैसम्मको कारबाही गर्ने कानुन बनाउनुपर्छ । कठोर सजाय पनि हिंसा नियन्त्रणको एउटा उपाय हो जसले अपराधीको मनोबललाई निरुत्साहित पार्दछ । कतिपय यस्ता घटना छिपिएका र दबिएका पनि छन् । वास्तविक दोषीलाई पक्राउ गर्न पनि कठिन भएको छ । अनुसन्धान गर्ने नेपाल प्रहरी दक्ष नभएका होइनन् ्। बलात्कारको सूचना पाउँदा समयमै घटनास्थल पुग्छन । तर, परिणाम के हुन्छ भने दोषी पक्राउ परे पनि विभिन्न दबाब र प्रभावले उन्मुक्ति पाउँछन् । शान्ति सुरक्षाको दायित्व लिने नेपाल प्रहरीको प्रभावकारिता अझै बढेर जानुपर्छ । कानुनको कार्यान्वयन पक्षमा अझ जोड दिनुपर्छ । जनचेतनाको अभाव र आपराधिक मनोवृत्तिका कारण यस्ता घटनाहरू बारम्वार दोहोरिरहेका हुन्छन् । अब यस्ता घटनाहरू हुन नदिने र कथंकदाचित् भइहालेमा दोषीलाई कठोर सजाय दिलाएर अरुलाई पनि निरुत्साहित पार्नुपर्छ । अपराधीको मनोबल बढ्ने कुनै किसिमका क्रियाकलाप गर्नु हुँदैन । नैतिक शिक्षाका माध्यमबाट पनि चरित्रवान् नागरिक तयार हुन सक्छन् । त्यसैले नेपालको शिक्षा प्रणालीमा पनि यस्ता विषयतर्फ फेरि मनन् गर्नुपर्ने बेला आएको छ । असल र सभ्य नागरिकले नै समाजलाई अघि बढाउँछ । समाजमा लुकेका र लुकाइएका हिंसाजन्य घटनाहरू प्रशस्त मात्रमा सुनिन्छन् । राज्य संयन्त्र पनि यस्ता घटनाप्रति धेरै जिम्मेवारी बन्नुपर्छ । सञ्चार माध्यम पनि यस्ता विषयमा अझ बढी चनाखो र जिम्मेवार बन्नुपर्छ । सञ्चार माध्यम भनेका समाजका ऐना हुन् । तसर्थ समाजमा अन्याय अत्याचारमा परेका वास्तविक तस्बिरलाई प्राथमिकताका साथ उतार्नुपर्छ । सर्वत्र मानव सभ्यतालाई कलंकित र स्तब्ध पार्ने यस्ता घटनालाई सरकारले गम्भीर रूपमा लिनुपर्छ । एउटा महिलाको असल भूमिकाले राष्ट्र, समाज र घर सभ्य र सुसंस्कृत हुन्छ । महिला अधिकारसम्बन्धी कानुन बनाइएको छ तर व्यवहारमा केही लागू भएको देखिँदैन । संविधानमा मौलिक हक कार्यान्वयनका लागि तीन वर्षभित्रै कानुनी व्यवस्था गर्ने उल्लेख छ तर संविधान जारी भएको पाँच वर्षसम्म पनि कतिपय कानुन बन्न नसक्नु विडम्बना हो । महिलामाथि हुने जुनसुकै हिंसालाई पनि अपराध मानेर राज्यले तदनुकूलको कानुन निर्माण गर्नुपर्छ । महिला भएका कारण विभेद् र असमानता भोग्नु नपर्ने कुरा संविधानमा लेखिएको छ । मौलिक हकअन्तर्गत ‘महिलाको हक’ले महिलामाथि कुनै पनि प्रकारको हिंसाजन्य कार्य वा शोषण र लैंगिक भेद्भाव नहुने, समान वंशीय र सम्पत्तिमा हक हुनेलगायत व्यवस्था गरेको छ तर तदनुकूलको कानुन आजसम्म बनेको छैन । ‘महिलालाई राज्यका सबै निकायमा समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी हुने’ व्यवस्था संविधानमा छ । राष्ट्रपति नै महिला भएको मुलुकमा बलात्कार, बलात्कारपछि हत्या, शारीरिक तथा मानसिक हिंसा घटनाहरूमा कमी नआउनु पनि दुःखद कुरा हो । बलात्कार, बलात्कारपछि हत्या, बोक्सीको आरोप, दाइजोका नाममा कुटपिट, एसिड आक्रमणले घाइतेलगायत महिला हिंसाका दर्जनौँ घटना दैनिकजसो बढिरहेका छन् । नारी वर्गमाथि भेद्भाव, शोषण र अन्याय–अत्याचार छ । महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन भेद्भाव पूर्णरूपमै निर्मूल हुनुपर्छ । राज्यका हरेक निकायमा महिलाको संख्या बढेको छ । संघीयदेखि प्रदेश र स्थानीय तहसम्म महिलाको उपस्थिति तीव्र छ तर हिंसाका घटना किन बढिरहेका छन् ? प्रविधिको यति ठूलो विकास हुँदा पनि समस्या समाधानमा क्रियाशील नहुने हो भने महिलामाथिको विभेद कहिल्यै अन्त्य हुन सक्दैन । साइबर कानुन प्रभावकारी नबनाउने हो भने हिंसाका घटना झन् बढ्ने छन् । महिलाले पनि पुरुषसरह शैक्षिक, सामाजिक, आर्थिक र राजनीतिक अधिकार व्यावहारिक रूपमै पाउनुपर्छ । महिला हिंसा हुन नदिन गाउँगाउँमा जनचेतना फैलाउनु आवश्यक छ । महिलामाथि हुने जुनसुकै हिंसालाई पनि अपराध मानेर राज्यले तदनुकूल कानुन निर्माण गर्नुपर्छ ।
प्रकाशित मिति: मंगलबार, असार १५, २०७८  १२:२५
प्रतिक्रिया दिनुहोस्
थप विचार
यस्तो होस् बालेन बजेट ! 
यस्तो होस् बालेन बजेट !  मंगलबार, जेठ १२, २०८३
उच्च रक्तचापको समस्या
उच्च रक्तचापको समस्या मंगलबार, जेठ १२, २०८३
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ सोमबार, जेठ ११, २०८३
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम आइतबार, जेठ १०, २०८३
विश्व फुटबलको महाकुम्भ मेला
विश्व फुटबलको महाकुम्भ मेला शुक्रबार, जेठ ८, २०८३
केराको महँगी र पनामा रोगको कहर
केराको महँगी र पनामा रोगको कहर बिहीबार, जेठ ७, २०८३
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता सोमबार, जेठ ४, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP