Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #एनसेल
  • #मेटलाइफ
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • नेपालमा भन्दा विदेश सुरक्षित !
नेपालमा भन्दा विदेश सुरक्षित !
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, जेठ ११, २०७८
Hardik health
तस्बिरः गुगल काठमाडौं– कोरोनाका कारण विदेशमा रहेका नेपालीहरू नेपालमा भन्दा सुरक्षित रहेको बताइएको छ । सोमबार भएको ‘कोभिडः वैदेशिक रोजगारीमा रहेकाहरूको चुनौती’ विषयक वेबिनार कार्यक्रमका सहभागीहरूले यस्तो बताएका हुन् । नेपालको भन्दा खाडी मुलुकमा कोरोनाको प्रकोप कम रहेकाले नेपालमा भन्दा रोजगार मुलुकमा नै बढी सुरक्षित रहेको उनीहरूको भनाइ छ । कोरोनाको दोस्रो लहर सुरु भएपछि नेपालीको मुख्य श्रम गन्तव्य मुलुक मलेसियामा करिब ५ हजार नेपाली संक्रमित भएको मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले जानकारी दिएका छन् । उनका अनुसार अहिलेसम्म मलेसियामा कोरोनाका कारण ९ जना नेपालीले ज्यान गुमाएका छन् । मलेसियामा पहिलो चरणको जस्तो खान बस्नको समस्या पनि नरहेको राजदूत पाण्डेले बताएका छन् । खान र बस्नका लागि दूताबासले समेत सहयोग गरेको उनले बताए । कार्यक्रमा उनले मलेसियामा रहेका शव नेपाल पठाउन समस्या भइरहेको पनि जानकारी दिएका छन् । अहिले मलेसियामा २६ वटा शव रहेको उनको भनाइ छ । यसका लागि नियमित उडान गर्नका लागि नेपाल सरकारसँग कुरा भइरहेको उनले बताएका छन् । मलेसियामा दैनिक करिब ५ सय जनाको सम्झौता सकिने भएकाले पनि नेपाल सरकारले उडान गर्नु पर्ने उनको भनाइ छ । नियमित उडान भएमा शव ल्याउनसमेत सहज हुने उनले बताए । हालसम्म दूताबासल ५ सय जनालाई टिकट उपलब्ध गराएको र अझै ३६ जना टिकट भएर पनि नेपाल फर्किन नपाएको उनेको उनले जानकारी दिए । कार्यक्रममा नेपालका लागि साउदी अरबका राजदूत महेन्द्रप्रसाद सिंह राजपुतले पनि नेपालभन्दा विदेश सुरक्षित रहेको बताएका छन् । साउदीमा पछिल्लो एक महिनामा १३ जना नेपालीले ज्यान गुमाएको उनले जानकारी दिए । विदेशमा खोपको उपलब्धता र उपचारको राम्रो व्यवस्था भएकाले पनि नेपालभन्दा सुरक्षित रहेको उनको भनाइ छ । नेपालमा कोरोनाका कारण दैनिक करिब २ सयको मृत्यु भइरहेको छ । राजदूत राजपुतले नेपालमा गरिएको कोरोना परीक्षणमा साउदी कम्पनीले अविश्वास गरेको बताएका छन् । नेपालबाट नेगेटिभ रिपोर्ट लिएर गएका कामदारसमेत साउदीमा परीक्षण गर्दा कोरोना संक्रमण पोजेटिभ देखिने गरेकाले शंका उत्पन भएको उनको भनाइ छ । नेपालको परीक्षण पद्धति नै गलत पो हो कि भन्ने आशंका उत्पन्न भएको बताएका छन् । यसमा कामदार वा परीक्षण गर्ने निकाय कसको लापरबाही हो ? वास्तविकता जानकारी हुनु पर्ने उनले बताए । कार्यक्रममा सहभागी वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले भने सरकारले उद्धार टोली नै तयार गरेर काम गरिएको बताएका छन् । कोरोनाको महामारीका कारण बन्दाबन्दीको अवस्थामा पनि विभागले अनलाइनमार्फत श्रम स्विकृति दिने काम गरिरहेको उनले बताए । कामदारको उद्धारमा वैदेशिक रोजगार बोर्डले काम गरिरहेको उनले जानकारी दिएका छन् । ‘प्रभावकारी कति भयो त्यो फरक कुरा होला तर काम भइरहेको छ, हामी नियमित सम्पर्क मै रहेका छौँ,’ उनले भने । वैदेशिक रोजगार व्यवसायी संघले विदेशमा रहेका नेपालीको अभिभावकको रूपमा काम गरिरहेको संघका महासचिव सुजितकुमार श्रेष्ठले जानकारी दिएका छन् । संघले हरेक मुलुकमा ५ जनाको टोली बनाएर काम गरिरहेको उनले बताए । अहिले रोजगारी गुमाएको, उपचार नपाएको विषयमा संघमा गुनासो नआएको तर आपूmहरू तयारी अवस्थामा रहेको उनले बताए । कोरोनाको समयमा विदेशमा सम्झौता सकिएका कामदारलाई ल्याउन समस्या भएको उनको भनाइ छ । यसमा सरकारले ध्यान दिनु पर्ने उनले बताए । ‘साउदी अरबमा १० वटा चार्टर उडान हुने तर फर्किँदा नेपाली युवा फर्कन नपाउने दुःखद कुरा हो,’ उनले भने । त्यहाँ रहेका श्रमिकलाई ल्याउनु पर्ने उनको भनाइ छ । साथै अहिले करिब २५ हजार श्रमिक विदेश जाने अन्तिम तयारीमा रहेको र जान नपाएको उनले बताए । अहिले पनि वार्षिक करिब ५ लाख बेरोजगार नेपाली श्रम बजारमा आउने गरेको र लकडाउन खुकुलो भएको तीन महिनामा मात्रै ४ लाख युवाले आवेदन दिएको भन्दै यसतर्फ ध्यान दिन सक्नु पर्ने उनको भनाइ छ । मुलुकमा रोजगारको कुनै व्यवस्था नभएपछि वैदेशिक रोजगार बाध्यता भएको उनले बताए । कोरोनालाई चुनौतीभन्दा पनि अवसरका रूपमा लिनु पर्ने हेल्भेटासका कन्ट्री डाइरेक्टर डा.भरतकुमार पोखरेलले बताएका छन् । नेपालमा १७ महिना पहिले दोस्रो चरणको भाइरसको बारेमा जानकारी आएको भन्दै अहिले नै तेस्रो चरणको भाइरसको तयारीमा जुट्नु पर्ने उनको भनाइ छ । कोरोनाले गर्दा करिब ३३ लाख नेपाली युवा स्वदेश फर्किने अवस्थामा रहेकाले सोहीअनुसारको तयारी गर्नु पर्ने उनले बताए । ‘खाडीमा द्वन्द्व हुने र त्यहाँ रहेका नेपाली स्वदेश फर्किन्छन्, उनीहरूको सीपलाई पहिचान गरेर रोजगारी सिर्जनातर्फ लाग्नु पर्छ,’ उनले भने । विदेशको कुरा हुँदा भारतबाट आउनेहरूको कुरा नहुने भन्दै यस विषयमा पनि ध्यान दिनु पर्ने उनको तर्क थियो ।
प्रकाशित मिति: मंगलबार, जेठ ११, २०७८  ०१:५१
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
कामदार छनोट प्रक्रिया निष्पक्ष र विश्वसनीय: विभाग
कामदार छनोट प्रक्रिया निष्पक्ष र विश्वसनीय: विभाग शुक्रबार, कात्तिक २१, २०८२
कोरिया जान नपाएका युवाहरुले घेरे इपिएस शाखा
कोरिया जान नपाएका युवाहरुले घेरे इपिएस शाखा शुक्रबार, कात्तिक २१, २०८२
युके पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
युके पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ बिहीबार, कात्तिक २०, २०८२
सरकारको पत्राचारबाट व्यवसायी आशावादी, संघर्षका कार्यक्रम स्थगित
सरकारको पत्राचारबाट व्यवसायी आशावादी, संघर्षका कार्यक्रम स्थगित बिहीबार, कात्तिक २०, २०८२
वैदेशिक विभागद्वारा धरौटी अध्यावधिक गर्ने सम्बन्धी सूचना
वैदेशिक विभागद्वारा धरौटी अध्यावधिक गर्ने सम्बन्धी सूचना बुधबार, कात्तिक १९, २०८२
मलेसियालाई सरकारको पत्र : मापदण्ड स्वीकार्य छैन
मलेसियालाई सरकारको पत्र : मापदण्ड स्वीकार्य छैन बुधबार, कात्तिक १९, २०८२
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी बुधबार, कात्तिक १९, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: prabhabdailynews@gmail.com
marketing2prabhab@gmail.com

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP