Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सपनाको_चंगा
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
Search Here
विचार
  • Home
  • विचार
  • किन बढ्यो मासुको मूल्य ?
किन बढ्यो मासुको मूल्य ?
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, वैशाख १९, २०७८
2
Hardik health
  अहिले ब्रोइलर कुखुराको मासुको मूल्यले आकाश छोएको छ । एक दुई महिनाको छोटो अवधिमै ब्रोइलर कुखुराको मासुको मूल्य झन्डै दोब्बरले वढेको छ । प्रतिकिलो दुई सय ५० रूपैयाँमा पाउने मासुको मूल्य वढेर अहिले चार सय ५० प्रतिकिलोको हाराहारीमा पुगेको छ । र, यो बढ्ने क्रम अझै जारी पनि छ । खुल्ला बजार अर्थतन्त्रमा सबैलाई ज्ञात छ मूल्य वढ्नु र घट्नु माग र आपूर्तिसँग प्रत्यक्ष सम्बन्ध राख्छ । माग अनुसारको आपूर्ति हुन नसकेपछि मूल्य स्वतः बढ्छ भने मागभन्दा बढी आपूर्ति हुन थालेपछि मूल्य घट्छ । यो सबैलाई सर्वविदितै भएको विषय नै हो । प्रत्येक मानिसको जनजीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने मासुजस्तो अति आवश्यक खाद्य पदार्थमा यति अचाक्ली मूल्य वृद्धि हुँदा पनि कसैको ध्यान अझैसम्म तानिएको छैन । न केन्द्र सरकार, न प्रदेश सरकार, न त स्थानीय सरकारको नै । व्यवसायीले अहिलेसम्ममा मासुको मूल्य बारम्वार बढाएका छन् । बढाउने क्रम जारी पनि छ । तथ्यांक नै केलाएर हेर्ने हो भने व्यवसायीले फागुन महिनामा मात्रै तीनपटक भाउ बढाए । फागुनको शुरुमा ब्रोइलरको मासु ३५५ रूपैयाँ किलो थियो । फागुनमा मात्रै होइन, चैतमा पनि मासुको मूल्य वढिसकेको छ । चैतको पहिलो हप्ता नकट्दै मासुको भाउ दुईपटक त बढिसक्यो र अझै कतिपटक बढ्ने हो, त्यसको कुनै टुंगो छैन अहिलेसम्म । किन बढयो मूल्य ? राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अनुसार कोभिड–१९ का कारण लकडाउनका बेला अन्तर्राष्ट्रिय उडान रोकिएको असर अहिले कुखुराको मासुमा परेको छ । चल्ला उत्पादनका लागि विदेशबाट आयात हुने प्यारेन्ट माउ कुखुराको अभावले उत्पादनमा ५० प्रतिशतले ओरालो लागेको संघले जनाएको छ । बजारमा खपत बढ्नु तर मागअनुसार कुखुरा उत्पादन नहुनु मूल्य बढ्नुको एक प्रमुख कारण हो, जुन कुरा सर्वसाधारणलाई जानकारी नै छ । तर यसरी हप्तामा नै दुईपटक भन्दा बढी भाउ वृद्धि हुनु चाहिँ आश्चार्यजनक विषय अवश्य नै हो । यही अनुपातमा असर रहिरहे अझै केही महिनासम्म मासुको मूल्य बढ्न सक्ने देखिएको व्यवसायीहरू सुनाउँछन् । नियमित प्रक्रियाबाट आयात भइरहेको चल्ला उत्पादन गर्ने प्यारेन्ट माउ ९ महिनासम्म आउन नपाउँदाको असर र बर्डङ्खलुका कारण किसान पनि उत्पादनमा नलागेको उनीहरू बताउँछन् । साथै निराधार रूपमा बर्डफ्लुको हल्लालगायत आघोषित लकडाउन हुने डर व्यवसायी र सर्वसाधारणमा कायमै छ । फलस्वरूप यसले मासुजन्य व्यवसायमा प्रत्यक्ष सरोकार राखेकै छ । महँगो चल्ला र दाना पछिल्लो सयमा चल्लाको भाउ पनि गोटामा ३० देखि ३५ रूपैयाँले बढेको छ । प्रतिगोटा ५५ देखि ६० रूपैयाँमा कारोबार हुने चल्लाको भाउ ९० रूपैयाँभन्दा धेरै भएको नेपाल ह्याचरी उद्योग संघले जनाएको छ । प्यारेन्ट कुखुरा अभावमै चल्लाको उत्पादन साप्ताहिक रूपमा १५ लाख गोटाले कम भएको संघ जनाउछ । हप्तामा ४० देखि ४५ लाख चल्लाको माग भए पनि उत्पादन २५ लाख हाराहारी मात्रै रहेको संघको भनाइ छ । गत वर्ष यो सिजनमा ५५ लाख हाराहारी चल्ला रहे पनि अहिले धेरै कम भएको छ, अब तत्काल प्यारेन्ट आयात बढाउँदा पनि कम्तीमा ८ महिना त चल्ला उत्पादन बढाउनै लाग्छ । नेपालमा चल्ला उत्पादन गर्ने माउ प्यारेन्ट कुखुरा थाइल्याण्ड, फिलिपिन्स, जर्मनीलगायत मुलुकबाट आउने गरेकोमा लकडाउनका कारण प्रभावित बनेको छ । दाना उत्पादक व्यवसायीले ब्रोइलर तथा लेयर्स दानाको भाउ पनि बढाएका थिए । दाना बनाउन आवश्यक पर्ने मकै भटमासको भाउ बढेको भन्दै उनीहरूले प्रतिकिलो ३ रूपैयाँका दरले दानाको भाउ बढाएको छ । नयाँ मूल्य अनुसार ब्रोइलर कुखुराको दानाको भाउ प्रतिकिलो ६० रूपैयाँ र लेयर्सको ५५ रूपैयाँ हाराहारी पुगेको छ । दानाको मात्रै होइन, पछिल्ला महिनाहरूमा निरन्तर पेट्रोलको भाउ पनि वढेको बढयै नै छ । पेट्रोल, डिजेलको भाउ बढ्नु भनेको समग्र अर्थतन्त्र र योसँग प्रत्यक्ष सम्बन्ध राख्ने पोल्ट्री व्यवसायलाई त सिधा असर पर्ने नै भयो । लगानी नै नउठ्ने अवस्था आयो उपभोक्ताले चर्काे मूल्यमा मासु खरिद गर्नुपरिरहेको बेला किसानको चिन्ता भने ठीकविपरीत छ । उनीहरूको सामूहिक भनाइ छ, लगानी नै नउठने अवस्था आयो । व्यापारीले बजारमा मासुको उपभोक्ता मूल्य बढाए । र, बढाउनुपर्ने बाध्यता पनि छ । चल्ला र दाना उत्पादक संघले पनि दुवैको भाउ बढाए । तर, स्वयं कुखुरापालक किसान भने जिउँदो कुखुरा बिक्रीको भाउ निराशाजनक रहेको बताउँछन् । उपभोक्ताले महँगोमा मासु किनेको सुन्दा आफूहरूले सो अनुसारको मूल्य नपाएको अवस्था छ । मासु, चल्ला र दानाको मूल्य बढ्ने तर त्यसको भार उपभोक्ता र किसानलाई मात्रै हुने यो कस्तो प्रणाली हो ? सरकार किन यसमा चुप बसेको ? भन्दै किसानहरू आक्रोश पोखिरहेका छन् । किसान, किसानबाट उठाउने पहिलो डिलर, सबडिलर, कोल्डस्टोरवाला र उपभोक्ताको बीचमा आवश्यक मात्रामा समन्वय, सद्भाव छैन । सरोकारवालाहरूवीच अन्तक्र्रिया, छलफल मात्रै नभएको होइन, पारदर्शिता पनि छैन । दीर्घकालिन नीति तय गरी एकआपसमा आरोप प्रत्यारोपभन्दा समन्वय कसरी गर्ने त्यसको कसैलाई वास्ता छैन । त्यसकारण यसका लागि प्रत्यक्ष समन्वय कि त नेपाल सरकारको सम्बन्धित निकायबाट हुनुप¥यो अथवा पोल्ट्री व्यवसायसँग सम्बन्धित छाता संगठनले गर्नुपर्छ । अन्यथा किचलो, तानातान, आरोप प्रत्यारोपको वातावरण सधैँ कायमै रहनेछ । यसले एकआपसमा अविश्वासको वातावरण मात्रै होइन, द्वन्द्वको अवस्थासमेत सिर्जना हुने गरेको छ । दाना र चल्ला उत्पादक एवं मासुको मूल्य तोक्नेहरूले कार्टेलिङ गरेर बिनाकुनै आधार मूल्य बढाएको र त्यसमा सरकारी संयन्त्रको पनि साथ रहेको देखिएका छन् । किसानले पालेको जिउँदो कुखुराको मूल्यसमेत उद्योगी तथा सिन्डिकेटधारी व्यवसायीहरूले तोक्ने गरेको भनाइ छ । चल्ला, दाना र मासुको मूल्य बढेपछि देशभरका कुखुरा पालक किसानको जिउँदो कुखुरा बिक्री मूल्य ३१५ रूपैयाँ पु¥याइए पनि मूल्य बढेको तुलनामा त्यो भाउले लगानी पनि नउठ्ने बताउँंछन् किसान । ‘कुखुरा मर्ने दर निकै ठूलो छ, उपभोक्ताले महँगोमा मासु किन्दा पनि किसान व्यवसाय छाडेर हिँड्नुपर्ने अवस्थामा पुगेका छन्,’ भन्दै उनीहरू व्यवसाय छाड्दै छन् । दाना र चल्लाको मूल्य वृद्धिबारे वाणिज्य विभागलाई बारम्वार ध्यानाकर्षण गराए पनि सुनुवाइ नभएको किसानहरूको भनाइ छ । अब के गर्ने ? मासु खान पाउनु जनताको नैसर्गिक अधिकारभित्र नै पर्दछ । त्यो पनि सकेसम्म कम दरमा पाउने चाहना हुनु आन्तरिक चाहना हो । ब्रोइलरको मासु पाँंचतारे होटेलदेखि सामान्य ठेलागाडा व्यवसायीसम्मले बिक्री गर्दछन् । जुन उनीहरूको प्रमुख सेल्सअन्तर्गत पर्दछ पनि । कुल मासुका ८० प्रतिशत मासु ब्रोइलर कुखुराकै हुन्छ । त्यो होटल होटल होइन, जुन होटलमा ब्रोइलर कुखुराको मासु नहोस् । त्यसकारण यो विषयमा सबैजना गम्भीर हुनैपर्छ । सबैको ध्यान तानिनै पर्छ । प्रत्येक नेपालीको भान्छाभान्छामा अनिवार्य उपभोग्य वस्तुभित्र पर्ने यति महत्वपूर्ण विषयको बारेमा पनि कुनै पनि निकाय चाहे सरकार होस् वा निजी छाता संगठनहरू हुन् कसैको ध्यान जान सकेको छैन । यति चरम विन्दुमा पुग्दा पनि कसैले कुनै पनि विषयमा नबोलेको, आवाज नउठाएको देख्दा अच्चम लाग्नु स्वभाविक नै हो । हामी चाहन्छौँ, यसको यथाशक्य छिटो समाधान होस् । समस्याको जड पत्ता लगाई समाधान होस् । यसका लागि समाधान खोजी सुरु हुन ढिला भइसक्यो । एक वर्षभन्दा लामो लकडाउनबाट ग्रस्त जनतालाई मार पर्ने विषयको निराकरण गर्नु जरुरी छ । अन्यथा कृषकलगायत सम्पूर्ण व्यवसाय नै पलायन नहोला भन्न सकिन्न । जसको कारण लाखौँ प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी गुम्नेछ भने सरकारले पाइआएको ठूलो धनराशी (कर) गुम्नेछ । यसको फाइदा भारतलगायत अन्य मुलुकहरूले प्रत्यक्ष लिनेछन् । अन्तमा मुलुक फेरि लकडाउनमा पुगेको छ । यसले सबै क्षेत्रलाई जस्तै मासु र मासुजन्य पदार्थमा असर पार्ने निश्चित नै छ । तथापि हामीले मासु भने खानु नै पर्ने हुन्छ । दैनिक दाल, भात, तरकरी जस्तै काम केही नभएको अवस्थामा पनि मासु पनि खानु नै पर्ने हुन्छ । यसकारण लकडाउनले मासु र मासुजन्य पदार्थमा पार्ने असरलाई न्युनीकरण गर्न लाग्नु आजको आवश्यकता हो । (लेखक जे.एस.चिकेन सप्लायर्स, चुनदेवी भक्तपुरका संस्थापक सदस्य हुन् ।)  
प्रकाशित मिति: आइतबार, वैशाख १९, २०७८  ११:२१
प्रतिक्रिया दिनुहोस्
थप विचार
यस्तो होस् बालेन बजेट ! 
यस्तो होस् बालेन बजेट !  मंगलबार, जेठ १२, २०८३
उच्च रक्तचापको समस्या
उच्च रक्तचापको समस्या मंगलबार, जेठ १२, २०८३
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ सोमबार, जेठ ११, २०८३
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम आइतबार, जेठ १०, २०८३
विश्व फुटबलको महाकुम्भ मेला
विश्व फुटबलको महाकुम्भ मेला शुक्रबार, जेठ ८, २०८३
केराको महँगी र पनामा रोगको कहर
केराको महँगी र पनामा रोगको कहर बिहीबार, जेठ ७, २०८३
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता सोमबार, जेठ ४, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP