Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सपनाको_चंगा
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
Search Here
विचार
  • Home
  • विचार
  • कोभिड–१९ को पशुपालन क्षेत्रमा दुष्प्रभाव अनि पशुचिकित्सकको भूमिका
कोभिड–१९ को पशुपालन क्षेत्रमा दुष्प्रभाव अनि पशुचिकित्सकको भूमिका
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, वैशाख १६, २०७८
kedarbrt copy
Hardik health
कोरोना भाइरस रोग अर्थात् कोभिड–१९ महामारीका कारण धेरै क्षेत्रहरूको आर्थिक विकास नराम्रोसत्ग प्रभावित भएको छ । यसको कुप्रभावबाट महत्वपूर्ण क्षेत्र पशुपालन पनि अछूतो रहन सकेन । हाम्रो करिब ७० प्रतिशत जनसंख्या कृषि एवं पशुपालनमा निर्भर छन् । नेपलाको सकल घरेलु उत्पादनमा पशुपालनको योगदान ४.११ प्र.स. छ र ८.८ प्रतिशत रोजगारी दिन्छ । यसबाहेक पशुपालन क्षेत्रले पौष्टिक आहार तथा खाद्य उत्पादनहरू जस्तै, दूध, फूल, मासु, पनिर, चिज, स्किम मिल्क पाउड आदि उपलब्ध गराउत्छ । तर, कोभिड–१९ महामारीले गर्दा पशु्पालन क्षेत्र नराम्रोसित प्रभावित भएको छ । कोभिड–१९ महामारी एवं लकडाउनका कारण पशुपालनक्षेत्रमा कुप्रभावः दूध, मासु, फूल उत्पादनहरूको खपत एवं बिक्रीमा कमी कोभिड–१९ को वैश्विक महामारीका कारण लकडाउन अवधिमा रेस्टुरेन्ट, होटल, चिया पसल आदि बन्द गरियो । जसका कारण दुग्घजन्य उत्पादनहरू, खुवा, पनिर, आइसक्रिम, चीज आदिको बिक्री एवं खपत कम भयो । कोभिड–१९ वैश्विक महामारीको फलस्वरूप आइसक्रिम खपतमा ६०–७० प्रतिशत कमी भयो । डेरी क्षेत्रमा ३० प्रतिशत कमी लकडाउनको सुरुवातमा देखियो । यसको कारण यो पनि छकि कोभिड–१९ वैश्विक महामारीको बेला लकडाउन हुनाले धेरै मानिस भय एवं समुदायको आमदानी पनि धेरै कम भयो । जसका कराण समुदायको क्रयशक्ति घटेर गयो । बजार बन्द हुनाको कारण दूधालु पशुहरूको दूध बिक्रीमा कमी हुनुका साथै पशुपालकले दूध कम मूल्यमा बेच्नु प¥यो । जसका कारण पशुपालकलाई दोहोरो नोक्सानी व्यहोर्नु प¥यो । डेरी क्षेत्रमा अन्य क्षेत्रहरू जस्तै पशुजन्य उत्पादनहरू ग्राहक सप्लाई चेनद्वारा पुर्याइन्छ । परन्तु कोभिड–१९ को कारण लकडाउनको बेला सप्लाई चेन टुट्न पुग्यो जसका कारण दूध एवं मासु, फूल उत्पादनहरूको खपत एवं बिक्री नहुनाको कारण उत्पादनकर्ताको थलोमा बिग्रेर गयो । फलस्वरूप दूध, मासु, फूल उत्पादनहरूको उत्पादनकर्ताले आर्थिक क्षतिको सामना गर्नुपर्यो । मासु एवं मासु उत्पादनको बिक्रीमा नोक्सान : दूधजन्य उत्पादनहरूबाहेक चिकेन, मटन, चेभोन, पोर्क एवं अन्य मासुजन्य उत्पादनहरूको बिक्री एवं खपत होटल, रेस्टुरेन्ट एवं अन्य मासु पसल बन्द हुनाले अत्याधिक प्रभावित भयो । यसबाहेक सामाजिक संजाल एवं सञ्चार माध्यमहरूको यो अफवाह फैलियो कि कोभिड–१९ भाइरसको संक्रमण चिकेन, मिट खानाले हुन्छ जसको फलस्वरूप कुखुरापालन व्यवसायमा संलग्न किसानहरूलाई अत्याधिक आर्थिक क्षतिको सामना गर्नुपर्यो । पशु आहारमा कमी कोभिड–१९ महामारीले गर्दा लकडाउनको बेला पशु आहार बनाउने कारखानाहरूमा मजदुरको कमी सामाजिक दूरी बनाएर राख्नु, कच्चा मालको उपलब्धतामा कमी आदिको कारण पशु आकारको उत्पादन पनि कमी भयो । पशु आहार एवं हरियो घात्सको अनुपलब्धताले पशुहरूको दूध उत्पादन, प्रजनन् क्षमता एवं कार्यक्षमतामा नराम्रो प्रभाव प¥यो । जसको फलस्वरूप अन्ततोगत्वा पशुपालकलाई आर्थिक नोक्सानी उठाउन पर्यो। बेरोजगारी : कोभिड–१९ वैश्विक महामारीबेला पशुपालन क्षेत्रसत्ग जोडिएका मानिसहरू बेरोजगार हुन प¥यो किनकि यस क्षैत्रको आपूर्ति शृंखला, प्रशोधन प्लान्ट, बधशाला, दूध सहकारी, डेरीप्लान्ट, मिटप्लान्ट आदिमा धेरै मानिस काम गरिराखेका थिए । तर कोभिड–१९ महामारीका कारण पशुपालन क्षेत्रसत्ग सम्बन्धित व्यवसाय बन्द हुनाको कारण यसमा काम गर्ने कामदार बेरोजगार हुन पुगे । कोभिड–१९ को संकटको बेला पशुचिकित्सकहरूको भूमिका : कोभिड–१९ महामारीको कारण पशुपालन क्षेत्रसत्ग सम्बन्धित व्यवसायमा आएको कमीलाई पशु चिकित्सक समुचित पशुचिकित्सा उपलब्ध गराएर निराकरण गर्न सक्छन् । डेरी व्यवसायसत्ग आवद्ध पशुचिकित्सक दूधारु पशुहरूको दूध उत्पादनमा आएको कमीलाई आहार, समुचित चिकित्सा उपलब्ध गराएर दूध उत्पादन बढाउन सकिन्छ । पशुचिकित्सक पशुआहारको कमीलाई निराकण गर्नका लागि पशुपालकहरूलाई साइलेज एवं सन्तुलित आहार बनाउने एवं तिनको संरक्षणको बारेमा प्रशिक्षित गर्न सक्छन् । यसबाहेक पशु आहार निम्ति एजोला एवं हाइड्रोपोनिकसको उत्पादनका लागि पशुपालकहरूलाई प्ररित पशु चिकित्सकले नै गर्न सक्छन् । पशु चिकित्सक बाख्रापालनसत्ग जोडिएका कृषकहरूलाई वा यस व्यवसाय सुरु गर्न इच्छुक कृषकहरूलाई बैंक वा पशुपालन विभागबाट आर्थिक सहायता दिलाउन मद्दतगार सावित हुने छन् । बाख्रालाई गरिबको गाई एवं ए.टी.एम. भनिएको छ किनकि बाख्रा पालन गरिब सिमान्तकृत कृषकले पनि कम लागतमा सुरु गर्न सक्छन् एवं जब आर्थिक जरुरत पर्छ बेचेर आर्थिक लाभ कमाउन सक्छन् । कोभिड–१९ को बेला कृत्रिम गर्भाधानमा आएको कमीलाई यस क्षेत्रसत्ग जोडिएका पशुचिकित्सकले पालकको घरदैलोमा गएर गाई भैत्सीलाई उन्नत नश्लको वीर्य प्रयोग गरी गर्भाधान गराएर समयानुसार पशुपालकलाई पाडा÷पाडी, बाच्छा÷बाच्छी पाउने सुनिश्चितता गराउन सक्नेछन् । हाम्रो देशमा गाईको संख्याको झण्डै ८० प्रतिशत काठे गाईको संख्या छ । यी गाईहरूमा अत्याधिक तापक्रम सहने क्षमता, किर्नाको संक्रमण प्रति प्रतिरोधात्मक क्षमताको विकास हुनु एवं दूधको गुणस्तर विदेशी नश्लभन्दा अपेक्षाकृत बढी छ । यी सबै गुणहरूका कारण यिनको विशिष्ट महत्व छ । गाई मिसनद्वारा किसानले कम लागत खर्चमा स्थानीय गाई पालेर आर्थिक लाभ पाउन सक्छन् एवं किसान आफैत् आत्मनिर्भर हुन सक्छन् । यसका लागि पशुचिकित्सकको सहभागिता महत्वपूर्ण हुनेछ । दूध एउटा सन्तुलित आहार मानिन्छ एवं मान्छेको रोग प्रतिरोधात्मक क्षमता बनाइराख्न एवं स्वस्थ्य राख्नमा दूधको महत्वपूर्ण भूमिका रहन्छ । दूधालु पशुलाई उचित मात्रामा दूध उत्पादन गर्नका लागि एवं दूध उत्पादन क्षमता स्थिर राख्नमा पशुचिकित्सकले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छन् । जसले गर्दा जनसमुदायलाई पर्याप्त मात्रामा दूध उलब्ध होस् । यसबाहेक कोभिड–१९ महामारीको समस्या स्वास्थ्य रहन एवं इम्युन क्षमता बलियो बनाइराख्न मासु, चिकेन, मटन, पोर्क आदिलाई मांशाहारी जनसमुदाय भोजनमा समोल गरी आफूलाई तन्दुरुस्त राख्न सक्छन् । यसका लागि कुखुरा पालन, बाख्रापालन, भेत्डा पालन, सुंगुर पालन आदिप्रति समुदायलाई जागरुक गर्नका लागि पशुचिकित्सकको मुख्य भूमिका हुनेछ । यी व्यवसाय गर्न इच्छुक समुदायलाई पशुपालन विभाग, बैंक वित्तीय संस्था, गैरसरकारी संस्थाबाट आर्थिक सहायता, अनुदान दिलाउन पशुचिकित्सक सहयोगी सिद्ध हुन सक्छन् । पशुचिकित्सक सहकारी एवं अन्य गैरसरकारी संस्थाहरू तथा पशुपालकबीच एउटा सहजकर्ताको रूपमा काम गर्न सक्छन् । किसानहरूलाई कोभिड–१९ महामारीको बेला एवं पछि डेरी व्यवसायलाई प्रोत्साहन गर्नका लागि गाई–भैत्सी पालन, मासु उत्पादन बढाउनका लागि कुखुरा पालन, बाख्रा पालन, बंगुर पालन आदिका लागि उचित दरमा ऋण दिलाउन पशुचिकित्सकले मद्दत गर्न सक्छन् । यसो गर्नाले मानिसहरू आयमा भएको कमीलाई बढाउन सकिन्छ साथसाथै धेरै मानिसलाई रोजगारी पनि प्राप्त हुनेछ एवं पोषणयुक्त आहारको उपलब्धता सुनिश्चितता हुनेछ । पशु चिकित्सा महाविद्यालय अनुसन्धान निकाय एवं प्रयोगशालाहरूले रियल टाइप पि.सि.आर. द्वारा आङ्खनो प्रयोगशालामा ठूलो संख्यामा मानिसहरूको नमुना गरी कोभिड–१९ लाई नियन्त्रण गर्नमा महत्वपूर्ण भूमिका निभाएर एक स्वास्थ्य एक देशको अवधाराणालाई सार्थक गर्न सक्छन् । कोभिड–१९ गाइडलाइन निर्देशिकाजस्तो सामाजिक दूरी बनाइराख्ने, मास्क लगाउने, हात धुने, सेनेटाइजरको उयोग गर्ने आदिको पालना गर्ने गराउने, सुनिश्चित गर्ने एवं सचेतना जनसमुदायमा फैलाउनमा पशुचिकित्सकको भूमिका महत्वपूर्ण हुनेछ किनकि पशुचिकित्सक किसानहरूको दैनिक एवं नियमित आयको साधन (पशुपालन) सत्ग सिधा जोडिएको हुन्छ । जसले गर्दा पशु चिकित्साकर्मीले सम्झाउत्दा किसान कोभिड–१९ को स्वास्थ्य निर्देशिका सजिलै पालना गर्नेछन् जसबाट कोभिड–१९ भाइरसको संक्रमण कम हुनेछ । यसरी कोभिड–१९ वैश्विक महामारी एवं यसका कारण लकडाउनको फलस्वरूप समुदायको आयमा आएको कमी कोभिड–१९ का कारण बेरोजगार भएका समुदायलाई रोजगारी दिलाउन अनि कोभिड–१९ को दोस्रो लहरबाट बचाउनका लागि इम्युन क्षमता कोभिड–१९ को बेला बनाइराख्नुका साथ साथै कोभिड–१९ स्वास्थ्य निर्देशिका किसानबीच पालना गर्र्ने सुनिश्चित गर्नमा पशु चिकित्सकहरूले महत्वपूर्ण भूमिका खेल्न सक्छन् । (लेखक डा.कार्की सेवानिवृत्त वरिष्ठ पशु चिकित्सक हुनुहुन्छ ।)  
प्रकाशित मिति: बिहीबार, वैशाख १६, २०७८  ०६:०७
प्रतिक्रिया दिनुहोस्
थप विचार
यस्तो होस् बालेन बजेट ! 
यस्तो होस् बालेन बजेट !  मंगलबार, जेठ १२, २०८३
उच्च रक्तचापको समस्या
उच्च रक्तचापको समस्या मंगलबार, जेठ १२, २०८३
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ सोमबार, जेठ ११, २०८३
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम आइतबार, जेठ १०, २०८३
विश्व फुटबलको महाकुम्भ मेला
विश्व फुटबलको महाकुम्भ मेला शुक्रबार, जेठ ८, २०८३
केराको महँगी र पनामा रोगको कहर
केराको महँगी र पनामा रोगको कहर बिहीबार, जेठ ७, २०८३
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता सोमबार, जेठ ४, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP