Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सपनाको_चंगा
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
Search Here
विचार
  • Home
  • विचार
  • आँखीझ्यालबाट सशस्त्र द्वन्द्व र ग्रामीण पत्रकारितालाई नियाल्दा
आँखीझ्यालबाट सशस्त्र द्वन्द्व र ग्रामीण पत्रकारितालाई नियाल्दा
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, वैशाख १२, २०७८
Himal Rai
Hardik health
पत्रकारिता आफैँमा चुनौतीपूर्ण पेसा त हुँदै हो । अझ द्वन्द्वकालीन समयका पत्रकार दुई धारी तरबारका धार टेकी हिँड्ने यात्री थिए, चिप्लिएकाहरू सकिए । १ फागुन ०५२ बाट तत्कालीन माओवादीले रोल्पाबाट देशमा सशस्त्र विद्रोहको थालनी गर्यो । मुलुकमा जनताले दुई बन्दुकहरूको नोखमा दैनिकी चलाउनु पर्ने बाध्यता थियो । एकातिर प्रहरी र सेना अर्कातिर विद्रोही माओवादीको लालसेना । माओवादीले गाउँ, बजार, जिल्ला कब्जा गरी जनसरकारको घोषणा गरिरहेका थिए । जनअदालत निर्माण (स्थापना) गरिरहेका थिए । एकातिर स्वतन्त्र, तटस्थ र जिम्मेवार पत्रकारितालाई निरन्तरता दिनुपर्ने कठिन घडी थियो । ग्रामीण क्षेत्रमा पत्रकारिता गर्ने व्यक्ति सिमित थिए । उनीहरू राज्य र विद्रोही दुवैको नजरमा पर्थे । समाचारको विषय वस्तुलाई लिएर राज्य र विद्रोही दुवैको नजरमा परिन्थ्यो । पत्रकारको मुख्य चुनौती यथार्थ, सन्तुलन, निष्पक्ष हुनुपथ्र्यो । पत्रकारले पनि जनताकै लागि पत्रकारिता गर्नुपथ्र्यो । अनि, ज्यादति सास्ती पनि नेपाली जनता खेप्नु परेको थियो । त्यो समयमा मोफसलमा रहेर विभिन्न सञ्चार माध्यमका दैनिक, साप्ताहिक पत्रपत्रिका प्रकाशित थिए । राजधानीबाट प्रकाशित पत्रपत्रिकाको पनि प्रभाव मुलुकभरी थियो । मुलुकमा सशस्त्र द्वन्द्वको सुरुवात् पश्चिम नेपालबाट सुरु भएको थियो । पूर्वी नेपालमा भने सशस्त्र द्वन्द्व घोषणा भएको केही वर्षपछि मात्र प्रभाव देखिएको थियो । तर, भुसको आगो सरी माओवादी आन्दोलनको विस्तार भइरहेकै रहेछ । माओवादी आन्दोलनले राज्यको चरित्र ग्रहण गरिसकेको थियो । विद्रोही चरित्र, जनसरकार, जनअदालत, जनकारबाही, जनशिक्षा, लालसेना भन्दै गाउँ प्रवेश गरिसकेका थिए । म चतरा डेटलाइनबाट पत्रकारिता गर्थेँ । मर्निङ पोष्टमा टिपोट र रिपोर्ट गर्थेँ । हिमाल राई बाइलाइन थियो । (जस्को सल्लाहकार अग्रज पत्रकार हर्ष सुब्बा, प्रधानसम्पादक आनन्दकुमार श्रेष्ठ, सम्पादक÷प्रकाशक विमल शाक्य, कार्यकारी सम्पादक डम्बरकृष्ण श्रेष्ठ, प्रमुख सम्पादक उपेन्द्र पोखरेल थिए हाल पत्रिका बन्द छ ।) समाचारको सम्पूर्ण जिम्मा स्वयं पत्रकारले लिनु पथ्र्यो । अहिले पनि लिनुपर्छ । तर, तत्कालीन समयको परिस्थिति फरक थियो । निश्चित तलब–सुविधा थिएन । बिमा थिएन । कानुनी सहयोग थिएन । मात्र जनताप्रति उत्तरदायित्व र पत्रकार बनिरहने जुनुन थियो । तत्कालीन शाही सेनाले माओवादी आतंककारीको नाममा ६ जना स्थानीयको हत्या गर्यो । माओवादीले आङ्खनो प्रभाव बढाउन (सुराकी, सफाया, भाटे कारबाही) जनकारबाही चलायो । विकृत समाजलाई सुसंस्कृत बनाउने, शिक्षालाई प्रगतिशील बनाउने अभियानमा तत्कालीन माओवादीले बाटो बिराए । जनचेतनामा भन्दा बढी जनकारबाहीमा जोड दिइएपछि निश्चय नै समाजका केही अराजक–उच्छृंखल गतिविधि बन्द भए । तर, माओवादीको नाममा अर्को अराजकता र विकृति मौलाइरहेको थियो । नेपालमा पहिलोपटक बराहक्षेत्रमा ०५८ सालमा माओवादीहरूको ज्यादतिविरुद्ध स्थानीय जनताहरू स्वतःस्फुर्त प्रतिकारमा उत्रिएपछि माओवादीहरू केही समयका लागि विस्थापित भएका थिए । त्यस समय आजको जस्तो सूचनाको पहुँच सबैमा थिएन । माओवादीविरुद्धको प्रतिकारको समाचार राष्ट्रिय वा मोफसलका छापा माध्यमका पत्रपत्रिका र रेडियोहरूमा प्राथमिकतामा पर्न सकेन । धरानको छाता चोकबाट प्रकाशित हुने राष्ट्रिय दैनिक मर्निङ पोष्ट पत्रिकामा पहिलो समाचार,फोटो छापिएको थियो । धरानका विजय श्रेष्ठ (नेपाल टेलिभिजनमा कार्यरत) ले प्रतिकारको भिडियो खिच्नु भएको थियो तर त्यो समय नेपाल टेलिभिजले दृष्य–फुटेज समचार प्रसारण गरेन । सत्य, तथ्य, यथार्थ, समाचार लेखेर जनता माझ पु¥याउनु पर्ने आवश्यकता थियो । द्वन्द्वकालीन समयमा ग्रामीण क्षेत्रमा रहेर पत्रकारिताको धर्म निर्वाह गर्नुपथ्र्यो, गरिरहे । पत्रकारले समाचारका विषयमा कुनै शक्तिहरूसँग सम्झौता गर्नु हुन्न, झुक्न हुन्न । आफूले लेखेको समाचारमा यस्तो होस्, जसको सत्यता, यथार्थता र निष्पक्षताको विषयलाई लिएर एक धर्को पनि फेर्न नपरोस् । आजको आदर्श, मूल्य, मान्यता पनि यही हो । द्वन्द्वकालीन समयमा पनि मैले बराहक्षेत्रमा बसेर पत्रकारको धर्म निर्भिकताका साथ निर्वाह गरिरहेर र राज्य–विद्रोही माओवादी कुनै पनि शक्तिसँग समाचारको विषय वस्तुमा सम्झौता गरिनँ, झुकिनँ । पत्रिकाको समाचारमा बाइलाइन आउन मुस्किल पथ्र्यो । समाचार हुलाकबाट रजिस्टर गरेर पठाउनु पर्ने बाध्यता थियो । नभए सवारीसाधनमा वा आफैँ पुगेर दिनुपथ्र्यो । अहिलेजस्तो हातहातमा मोबाइल र इन्टरनेट सेवा थिएन । बराहक्षेत्रको–बयरवन बजारमा एक मात्र फोन ०२५– २१४५५ कवि मान बज्राचार्यको घरमा गा.वि.स.को भि.एच.ए.सेट थियो । गा.वि.स.भरिका मान्छेहरूको फोन गर्ने एउटै मात्र माध्यम टेलिफोन थियो । जनताको सञ्चो बिसब्चो, दुःख, सुखको खबर पाउने छिटो छरितो भरपर्दो फोन थियो । त्यो समय फोन गर्न ५ देखि ३० मिनेटसम्म पालो कुरेर बस्नु पथ्र्यो । मैले पनि समाचार टिपाउन धेरै चोटी तेही फोनको साहरा लिएको थिएँ । त्यो फोनको नराम्रो पक्ष पनि थियो । बोलेको कुरा एफ.एम. टिप्ने रेडियो सेटबाट सजिलै सुन्न सकिन्थ्यो । बोलेको कुरा रेडियोको मिटर धुमाउँदा सुनिन्थ्यो । अति महत्वपूर्ण कुरा कसैले नगरे हुन्थ्यो । मैले पत्रिकाको अफिसमा फोनबाट समचार टिपाएको विषयमा विद्रोही माओवादी समूहका कार्यकर्ताबाट धेरैपटक मानसिक यातना भोग्नु परेको थियो । बन्दुक बोकेका माओवादीसँग आँट भरोसाले विचार–कलमले एक्लै लडेँ । पत्रकार उपेन्द्र पोखरेल, मनिता चाम्लिङलगायत त्यति बेलाका समकालीन अग्रज पत्रकार स्थानीय बासिन्दाहरूलाई राम्रोसँग थाहा छ । द्वन्द्वकालिन समयमा माओवादीविरुद्ध प्रतिकारको समचार निष्पक्ष रूपमा लेखेको विषयमा माओवादीहरूको निशानामा परिरहेको थिएँ । माओवादी कार्यकर्ताले मलाई चतरा बजारबाट अपहरण गरेर सप्तकोसी नदीमा काठे डुंगा चढाएर उदयपुर जिल्लाको मैनामैनी गाउँ (हाल बेलाका नगरपालिका वार्ड नं ८ नयाँ पुल सप्तकोसीमा) पुर्याएर ४ दिनसम्म माधव राईको धरमा राखे । आरोप थियो सुराकीको । अत्यन्तै मानसिक यातनाका बीच माओवादीबाट मुक्त भएँ । तत्कालीन समयमा मलाई कुनै पनि शारीरिक यातना भने दिइएन । शुभचिन्तक, स्थानीय जनता, पत्रकार, नागरिक समाज, मानव अधिकारवादी संघसंस्था र माओवादीभित्रकै असल आचरण र वैचारिक व्यक्तित्वहरूको सहयोगले म सकुसल अपहरणमुक्त भएँ । मान्छे जिवित छ, इतिहास साक्षी रहेको छ । बराहक्षेत्र वडा नं १ का भाइ पत्रकार गोपाल दाहाल र धरानका (म्युजिक भिडियोका क्यामरापर्सन) भाइ राजीव दाहालहरूले मलाई अपहरण गरेर राखेको स्थानसम्म सोधखोज गर्दै पुगेका थिए र अपहरणमुक्त गराउन महत्वपूर्ण भूमिका खेल्नु हुने सबैलाई हृदयवाट आभार र साधुवाद । तत्कालीन समयमा राज्य वा विद्रोही समूहको अपहरणमा परेपछि बाँचेर घरपरिवारसँग भेट होला भन्ने कल्पना गर्न सकिँदैनथ्यो । अपहरण कब्जामा परेको व्यक्तिहरूलाई विद्रोही समूह र राज्यबाटै बेपत्ता–हत्या हुने घटनाहरू भइरहेको थियो । राज्य पक्षबाट पत्रकार कृष्ण सेन इच्छुकलगायत अपहरणपछि हत्या गरिएको थियो । विद्रोही समूहबाट पत्रकार डेकेन्द्र थापालगायतको अपहरणपछि हत्या गरिएको इतिहास साक्षी छ । द्वन्द्वपीडितको नाममा राज्यबाट सेवा सुविधा पाएको सुनेको थिएँ । तर मैले त्यसमा दाबी गरिनँ र एक सुको पनि लिइनँ । ५ मंसिर ०६३ मा शान्ति सम्झौतामा माओवादी विद्रोहीका अध्यक्ष पुष्पकमल दाहाल र तत्कालिन सरकारको प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाबीच शान्ति सम्झौतामा हस्ताक्षर भएपछि सशस्त्र द्वन्द्व अन्त्य भएको थियो । सशस्त्र द्वन्द्वमा १७ हजार नागरिकहरूले ज्यान गुमाएको र १४ सय बेपत्ता भएका थिए । राजनीतिक उतार चढावसँगै मुलुकले नयाँ व्यवस्था अंगीकार ग¥यो । सशस्त्र युद्ध रूपान्तरण भई जनआन्दोलनका रूपमा अघि बढ्यो । ०६२÷६३ पछि ग्रामीण क्षेत्रमा पनि सञ्चार माध्यम, सञ्चारकर्मीहरूको उत्पादन राम्रोसँग भयो । बराहक्षेत्र गा.वि.स.का स्थानीय सचेत युवा पत्रकारहरूको सक्रियतामा ०६४ वैशाखमा चतराको बोलबम धर्मशालामा पहिलोचोटी ‘बराहक्षेत्र’ मासिक पत्रिकाको वरिष्ठ पत्रकार सञ्जयसन्तोषी राई र जनकऋषि राईले विमोचन गर्दै प्रकाशन शुभारम्भ भएको थियो । जसको सम्पादक गोपाल दाहाल, प्रबन्ध सम्पादक म लगायत अन्य भाइहरूको सहकार्य पत्रिका निस्केको थियो । पत्रकारिताको एउटा युग र बेलाको निक्र्योल गर्न सकियो । सशस्त्र द्वन्द्वअघिको पत्रकारिता, सशस्त्र द्वन्द्व सँगसँगैको पत्रकारिता र जनआन्दोलन ०६२÷६३ पछिको पत्रकारिता । यी तीन समय विविध कठिनाइका बीच ग्रामीण क्षेत्रमा रहेर पत्रकारिता गरियो । नेपाल पत्रकार महासंघ सुनसरीको १ वैशाख ०५८ मा बराहक्षेत्रवाट प्रतिनिधित्व गरेर पहिलो सदस्यता लिएको थिएँ । क्रम संख्यामा २९औँ स्थानमा मेरो नाम दर्ज थियो । अहिले पनि पत्रकार महासंघ सुनसरीको सदस्यतालाई निरन्तरता दिँदै ग्रामीण क्षेत्रमा बसेर सत्य तथ्य यथार्थ कुरामा कलम चलाई पत्रकारिताको धर्म निर्वाह गरिरहेको छु । हाल पत्रकार महासंघको क्रम संख्या २७ मा मेरो नाम दर्ज रहेको छ । पत्रकार महासंघले गाउँ, सहरमा बसेर पत्रकारिता गर्ने व्यक्तिलाई मुस्किलले समेट्दथ्यो वा समेट्दैनथ्यो । सहरका पत्रकारहरूको नजरमा परे पत्रकार हुने, उनीहरूका गतिविधिमा सहभागी भए पत्रकार हुने अवस्था थियो । अहिले पनि उस्तै छ । अन्यथा पत्रकार भइँदैनथ्यो । गाउँमा बसेर पत्रकारिता गरेको दिन, हप्ता, महिना, वर्षहरू बिते पनि गन्तीमा परिँदैनथ्यो । पत्रकारका नेतृत्वले ग्रामीण क्षेत्रका पत्रकारलाई गर्ने व्यवहार हेर्ने दृष्टिकोणमा फरक महसुस हुन्थ्यो । सहर र जिल्लाका धेरै गति विधिमा हाम्रो सहभागिता आवश्यक ठानिँदैनथ्यो । प्रेस युनियन, प्रेस चौतारीलगायत पार्टी र विचारबाट प्रभावित पत्रकारका संगठन, संस्था पनि थिए । उनीहरूको अवस्था पनि उस्तै थियो । पत्रकार महासंघको नेतृत्व यिनै पार्टीका भ्रातृ संगठनबाट प्रतिनिधित्व गर्थे र अहिले पनि गर्छन् । जस्को पछिल्लो उदाहरण ५ चैत ०७७ मा देशव्यापी रूपमा भएको नेपाल पत्रकार महासंघको केन्द्र, प्रदेश र जिल्लाको चुनावलाई लिन सकिन्छ । तीनै तहको निर्वाचनमा प्रेस युनियन, प्रेस सेन्टर र प्रेस चौतारीलगायत गठबन्धन गरेर चुनावमा होमिएका थिए । पत्रकारको हक हित,अधिकारको लागि बोल्ने संस्थाका रूपमा स्थापना भए पनि राजनीतिक पार्टीका भ्रातृ संघ, संगठन मात्र थिए । गाउँमा बसेर स्वतन्त्र रूपमा पत्रकारिता गर्ने व्यक्तिहरूको सशक्तीकरण गर्नु त परै जाओस्, प्रोत्साहन, हौसला स्वरूप सम्मान गर्नेहरूको समेत अभाव थियो र छ । यसरी अभाव, फरक दृष्टिकोणका बीचमा गाउँमा बसेर मैले पत्रकारिता गरेको थिएँ । अब पनि दुःखद, कष्टकरको पत्रकारिता गर्नेु नपरोस् भन्ने उद्देश्यले ग्रामीण क्षेत्रमा बसेर स्वतन्त्र रूपमा पत्रकारिता गर्नेहरूको हकहित, पेसागत अधिकार, एकताका लागि आवाज बुलन्द उठाउनु पर्छ भन्ने सोच ममा पलायो । त्यसका लागि के गर्ने त ? ग्रामीण क्षेत्रमा बसेर पत्रकारिता गर्ने पत्रकार भाइहरूलाई समेटेर सञ्जाल निर्माण गर्ने सोच आयो । बराहक्षेत्र, भरौल, प्रकाशपुर, झुम्का, पकली, खनार, दुहबीलगायत ग्रामीण क्षेत्रलाई आङ्खनो कार्मथलो बनाई पत्रकारिता गर्ने भाइहरूको एउटै मत थियो, ग्रामीण क्षेत्रका लागि पत्रकारको छुट्टै संस्था चाहिन्छ । यही भावनाअनुसार ०६५ सालमा भरौलको कालाबञ्जारमा मेरै अग्रसरतामा ‘ग्रामीण पत्रकार सञ्जाल’ तदर्थ समिति गठन गरी स्थापना भएको हो । म अध्यक्ष, उपाध्यक्षमा दुर्गाबहादुर बस्नेत, सचिव सन्तोष गुप्ता र अन्य साथीभाइहरू बाबुराम कार्की, नवराज विष्ट, प्रदीप चौधरीलगायत मिलेर तदर्थ समिति निर्माण भयो । पछि, बाबुराम कार्कीको अध्यक्षतामा ‘ग्रामीण पत्रकार समूह’ जिल्ला प्रशासन कार्यालय सुनसरीमा दर्ता भयो र हाल हिरण्य कार्कीले संस्थाको नेतृत्व गरिरहनु भएको छ । २० वर्षपछि आँखी झ्यालबाट फर्केर हेर्दा अहिलेको अवस्थामा पनि ग्रामीण क्षेत्रको पत्रकारिताको महत्व उँचो र उस्तै छ । कृषि, पर्यटन र समृद्धिको सपना पूरा गर्न गाउँको पत्रकारितालाई प्रभावकारी बनाउन नेपाल पत्रकार महासंघलगायत सम्बन्धित सरोकारवाला निकायले महत्वपूर्ण भूमिका खेल्न आवश्यक छ । सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिकाभित्र सामुदायिक रेडियो १ वटा, २ वटा साप्ताहिक पत्रिका सञ्चालनमा आइरहेको छ । हालसम्म नेपाल पत्रकार महासंघको साधारण सदस्यता लिने भाइबहिनीहरूको सख्या १७ रहेको छ र विभिन्न स१चार माध्यम आवद्ध रहेका छन । आवरउदयपुरबाट
प्रकाशित मिति: आइतबार, वैशाख १२, २०७८  ०६:३९
प्रतिक्रिया दिनुहोस्
थप विचार
यस्तो होस् बालेन बजेट ! 
यस्तो होस् बालेन बजेट !  मंगलबार, जेठ १२, २०८३
उच्च रक्तचापको समस्या
उच्च रक्तचापको समस्या मंगलबार, जेठ १२, २०८३
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ सोमबार, जेठ ११, २०८३
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम आइतबार, जेठ १०, २०८३
विश्व फुटबलको महाकुम्भ मेला
विश्व फुटबलको महाकुम्भ मेला शुक्रबार, जेठ ८, २०८३
केराको महँगी र पनामा रोगको कहर
केराको महँगी र पनामा रोगको कहर बिहीबार, जेठ ७, २०८३
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता सोमबार, जेठ ४, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP