Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
विचार
  • Home
  • विचार
  • धामीझाँक्रीको मनोवैज्ञानिक पक्ष
धामीझाँक्रीको मनोवैज्ञानिक पक्ष
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, वैशाख ३, २०७८
Hardik health
बिरामी हुँदा वा कुनै समस्या आउँदा धामीझाँक्रीले झारफुक गर्ने प्रचलन हाम्रो समाजमा प्राचीनकालदेखि नै चल्दै आएको छ । हामीलाई सानामा सातो जाँदा वा रुन्चे लाग्दा हाम्रा बुबाआमाले धेरैपटक हामीलाई पनि जान्ने बा धामीझाँक्रीकहाँ लगेको हुनुपर्छ । अझै पनि हामी धामीझाँक्रीकहाँ विभिन्न समस्या लिएर पुग्ने गरेका छौँ । चिकित्सकको पहुँच नहुँदा अझै पनि दूरदराजका नागरिकहरू आफू बिरामी पर्दा यिनीहरूकै भर पर्नुपर्ने अवस्था छ । धामीझाँक्री, जान्ने, झारफुक गर्नेहरूप्रति हाम्रो गहिरो आस्था र विश्वास रहेको छ । जातजाति, धर्म, समुदायअनुसार यस्ता व्यक्तिहरूका आ–आफ्नै हुन सक्छन् । यिनीहरू धामीझाँक्री, जान्ने लामा, झारफुक, गुरु बा, गुभाजु, माता आदि विभिन्न नामले चिनिन्छ । यिनीहरू आफूमा अलौकिक शक्ति भएको दाबी गर्छन् । बिरामीको उपचार गर्ने क्रममा आफ्नो शरीरमा कुल देवता, ईष्ट देवता, आफ्नो गुरुको शक्ति आउने र यसैबाट बिरामीको उपचार गर्न सम्भव हुने बताउने गर्छन् । आधुनिक भौतिक बिज्ञानले धामीझाँक्री, भूतप्रेत, बोक्सी, पिशाचजस्ता कुरालाई विश्वास गर्दैन । भौतिक विज्ञानमा यसलाई अन्धविश्वासको रूपमा हेरिए तापनि मनोवैज्ञानिक रूपमा भने यसलाई निर्थक भन्न सकिँदैन । प्राचीनकालमा मेडिकल साइन्सको विकास नभएका बेला उपचारको यो विधिको सुरुवात भएको भन्न सकिन्छ । यस विधिमा रोग निको हुनुमा धेरैजसो विश्वासले नै काम गरेको हुन्छ । यसैले यसलाई विश्वासमा आधारित मनोबैज्ञानिक उपचार विधि भन्न सकिन्छ । मेडिकल साइन्समा जस्तै धामीझाँक्रीले बिरामीको रोग के हो पहिला रोग, समस्या के हो पत्ता लगाउने गर्छन् । यसका लागि उनीहरूले जोखना हेर्ने, देउता बोलाउने, बिरामीलाई बकाउने कार्य गर्नेछन् । लागो, भागो, भूतप्रेत, डाइनी, बोक्सी लागेको, बिगार परेको, ग्रहदशा बिग्रेको, कुल देवता रिसाएको, मसान लागेको, आँखा लागेको, वनझाँक्री, नाग लागेको आदि धामीझाँक्रीले पहिचान गर्ने प्रमुख समस्याहरू हुन् । बिराम थाहा पाएपछि धामीझाँक्रीहरू रोगको निदान गर्न पट्टी लाग्छन् । उनीहरूको उपचार विधिमा मन्त्र प्रमुख हो । उनीहरू उपचारको सिलसिलामा मन्त्र फलाक्ने गर्छन् । मन्त्रमा ठूलो शक्ति हुन्छ भन्ने गरिन्छ । आधुनिक मनोवैज्ञानिक चिकित्सा विधिमा मन्त्र थेरापी प्रचलनमा रहेको छ । उनीहरू लयात्मक शैलीमा मन्त्र फलाक्ने गर्छन् । साथै, धामी बस्दा उनीहरू ढ्यांग्रो वा थाल बजाएर नाच्ने पनि गर्छन् । उसले बिरामीलाई संगीतको आनन्द दिने गर्छ । आधुनिक मनोवैज्ञानिक उपचार विधिमा संगीत थेरापी ज्यादै प्रख्यात हुँदै गएको पाइन्छ । धामीझाँक्रीले उपचारको क्रममा बाल्ने अगरबत्ती, धुपले बिरामीलाई आनन्दको अनुभूति दिलाउँछ । धामीझाँक्री फुकेर अक्षेतासँगै खरानी पनि खान दिने गर्छन् । खरानीले एन्टिबायोटिकको पनि काम गर्ने गर्छ । उनीहरूले खान दिएको अक्षेता, खरानी र लगाइदिएको खरानीको टिका बिरामीले विश्वासका साथ ग्रहण गर्छ । यहि विश्वासले ठूलो औषधिको काम गरिरहेको हुन्छ । यसलाई अहिले मेडिकल भाषामा प्लासिबोइफेक्ट भनिन्छ । कतिपय धामीझाँक्री झारफुकसहित घरेलु औषधि, जडिबुटीसमेत दिने गर्छन् । जसले थोरबहुत काम गर्ने नै भयो । अलौकिक शक्तिमाथि विश्वास गर्नेहरूले धामीझाँक्रीहरूलाई ज्यादै विश्वास गर्दछन् । सामान्य खालको मानसिक रोगमा त बिरामीको यस्तो विश्वास विश्वासले ठूलो काम गर्ने गर्छ । विश्वासका साथ धामीझाँक्री वा जान्नेकामा जाँदा उनीहरूलाई देख्नेबितिकै उनीहरूमाथिको विश्वास र श्रद्धाले आधाजसो रोग ठीक भइसकेको हुन्छ । डर, चिन्ता, तनावजन्य मानसिक समस्याजस्तो कन्भर्जन डिसअडर्स, सातो जाने, तर्सने आदिजस्ता सामान्य खालका मानसिक समस्यामा धामीझाँक्रीमाथिको यसै विश्वासले रोग ठिक हुन वा कम हुन मद्दत पु¥याउँछ । तर, कडा खालका स्वास्थ्य समस्याहरू चाहे शारीरिक हुन् वा मानसिक हुन्, विश्वास गर्दैमा झारफुकले निको हुने वा कम हुने हुँदैन । आत्मबल, भरोसा र विश्वासले ठूला–ठूला रोगहरू समेत ठीक भएका घटनाहरू प्रशस्त पाइन्छन् । धामीझाँक्री बिरामीलाई पूजापाठ गर्न लाउँने, जपतप गर्न लाउने, भाकल गर्न लाउनेसमेत गरेको पाइन्छ । व्यक्तिको धार्मिक तथा आध्यात्मिक विश्वासले पनि धेरैजसो मानसिक समस्या कम भएर जाने गर्छ । धामीझाँक्री वा झारफुक गर्नेकामा जाने प्रायः सबै व्यक्तिहरू मानसिक समस्या लिएर नै जाने गरेका हुन्छन् । धेरैजसो मनोरोगमा शारीरिक लक्षणहरू पनि देखा पर्छ । चिकित्सककोमा गएर परीक्षण गर्दा केही पनि देखिँदैन । चिकित्सकले केही पनि रोग छैन भनेपछि उनीहरू आफूलाई लागो, भागो लागेको भन्ने विश्वास गरी तुरुन्त झारफुक गर्नेकहाँ पुग्ने गर्दै छन् । शारीरिक सिकायत लिएर फिजिसियनकहाँ पुग्ने बिरामीमध्ये २० –२५ प्रतिशतमा मानसिक रोग हुने गरेको देखिन्छ । मानसिक रोग लाग्दा अझै पनि धेरैजसो व्यक्तिहरू पहिला धामीझाँक्री कहाँ नै पुग्ने गरेको पाइन्छ । धामी बसेका बेला, जोखाना हेरेका बेला धामीझाँक्रीहरू सबकन्सियस माइन्डमा पुग्न पनि सक्छन् । यस्तो अवस्थामा पुगेका बेला शरीर काँप्ने, शरीरमा अत्याधिक शक्ति आउने ,स्मरण क्षमता बढ्ने, आगोमा हिँड्ने, आदि अनौठा व्यवहार देखाउन सक्छन् । यसैलाई हामी धामीझाँक्रीको शरीरमा दैविक शक्ति आएको, देवता बोलेको भन्ने गर्छौँ । प्रसिद्ध मनोवैज्ञानिक सिगमन्ड फ्रायडका अनुसार मान्छेको मनका तीन तहहरू हुन्छन् । कन्सियस, सबकन्सियस र अनकन्सियस । सबकन्सियस माइन्ड भन्ने कुरा कन्सियस माइन्डभन्दा धेरै गुणा शक्तिशाली हुन्छ । धामी बसेका बेला बिरामी पनि धामीसँगै सबकन्सियस माइन्डमा पुग्न सक्छ । यस्तो अवस्थामा बिरामीले पनि धामीझाँक्रीले गरेजस्तै व्यवहार देखाउन सक्छ । उनीहरू काँप्ने, बक्ने, लडिबडी गर्ने, धामी वा अरुलाई आक्रमण गर्न खोज्ने, फरक भाषा र स्वरमा बोल्ने, मरेको व्यक्तिकोजस्तो आवाज निकालेर बोल्ने, रुने, हाँस्ने, चिच्याउने, आफू देवी, काली वा नागिन भएको भन्ने गर्छन् । अथवा बेहोस हुने, सबै कुरा बिर्सने, आँखा पल्टाउने, शरीर नै नचल्ने हुने पनि हुन सक्छ । सबकन्सियस माइन्डमा पुगेका बेला बिरामीमा पनि अत्याधिक शक्ति आएको हुन्छ । बिरामीको यस्तो व्यवहारलाई हामी धामीझाँक्रीले बिरामीलाई बकाएको, बिरामीको शरीरमा दुःख दिने आत्मा, बोक्सी वा मसान बसेको आदि भनेर बुझ्ने गरिन्छ । बिरामी सबकन्सियस माइन्डमा पुगेको बेला उसलाई सान्त्वना, उत्तप्रेरणा, ढाडस, राम्रो सल्लाह, सुझाव अथवा सकारात्मक कुराको सन्देश दियो भने रोग निको हुनमा मद्दत गर्छ । व्यक्ति सबकन्सियस माइन्डमा पु¥याउनुलाई सम्मोहन (हिप्नोटाइज) गर्नु पनि भनिन्छ । सम्मोहनका विभिन्न विधिहरूको माध्यमबाट व्यक्तिलाई मनको सबकन्सियस अवस्थामा पु¥याउन सकिन्छ । जस्तो सपना देखेको अवस्थामा पनि हाम्रो मन सबकन्सियस तहमा पुगेको हुन्छ । विभिन्न किसिमका मानसिक रोगहरू जस्तै, जाँड, रक्सीको लत, फोबिया, डर चिन्ता ( एन्जाइटी), अनिद्राको समस्या, गलत बानी व्यहोरा सुधार गर्न, तनावजन्य मानसिक रोग, हिस्टेरिया आदिमा हिप्नोथेरापी लाभदायक देखिएको छ । मनोवैज्ञानिक उपचार विधि अन्तर्गतका विभिन्न किसिमका साइकोथेरापीहरूमा यिनै अवचेतन चित्तमा दबिएका विचार, भावनाहरूलाई चेतन मनमा वा होस्मा ल्याउने काम गरिन्छ । धामीझाँक्री तथा झारफुकका नाममा अन्धविश्वास पनि प्रशस्त छन् । उपचारको नाममा धामीझाँक्रीले बिरामीलाई कुटपिट गर्ने, खोर्सानी खुवाउने, खोर्सानीको राग सुघाउने, तातो पन्यूले डाम्ने आदिजस्तो अमानवीय व्यवहार गरेको पनि पाइन्छ । धामीझाँक्रीबाट उपचारको क्रममा बिरामीको मुत्यु भएका समाचारहरू समेत बेला–बेलामा आउने गरेका छन् । उपचार गर्ने बाहनामा धामीझाँक्रीले बिरामीलाई यौनदुव्र्यवहार गर्ने गरेका घटना पनि बेला–बेला सुन्नमा आउने गरेका छन । धामीझाँक्रीकामा जानै पर्ने भएमा पनि जानुभन्दा अगाडि त्यो व्यक्ति कस्तो खालको धामीझाँक्री, जान्ने गुरु वा माता हो ? थाहा पाउनु जरुरी हुन्छ । सामान्यतया दुई किसिमका धामीझाँक्री, झारफुक गर्ने, गुरु वा माता हुने गर्दछन् । परम्परागत रूपमा आफ्नो अग्रज वा पुर्खाबाट गर्दै आएको कार्यलाई निरन्तरता दिएका र गुरु थापेर धामीझाँक्री विद्या सिकेका माता, गुरु र धामीझाँक्रीहरू र अर्का थरि एकाएक धामीझाँक्री वा माता, गुरु भएको स्वघोषणा गरिएका व्यक्तिहरू जो वास्तवमा आफैँ मानसिक रोग (कन्भर्जन डिसअडर्स, मेनिया वा अन्य) को सिकार भएका हुन्छन् । यिनी आफूलाई जान्ने, शक्तिशाली भएको, जस्तोसुकै रोग र समस्या पनि हल गर्न सक्ने घमन्डसमेत गर्छन् । यस्ता व्यक्तिहरूबाट दुव्र्यवहारमा पर्ने, ठगीमा पर्ने सम्भावना हुन्छ । कतिपय अवस्थामा धामीझाँक्रीले मान्छेलाई ठगी गर्ने र कमाइ खाने भाँडोसमेत बनाउने गरेको पाइन्छ । मन परेको केटा वा केटीलाई मोहनी लगाई आफ्नो बनाइदिने, श्रीमान् वा श्रीमतीलाई आफ्नो बहसमा राख्न सक्ने बनाइदिने, छोराछोरी नहुने दम्पत्तीलाई छोराछोराछोरी पाउने बनाइदिने, जुवातासमा सधैँ जित्ने बनाउने, धनी बनाइदिने आदि कुरा गरी ठगेको पनि पाइन्छ । धामीझाँक्री, झारफुक विश्वासमा आधारित मनोवैज्ञानिक उपचार विधि भए तापनि सबै धामीझाँक्री पढेलेखेका र समस्या बुझ्ने खालका हुन्छन् भन्ने हुँदैन । त्यसैले उनीहरूले बिरामीसँग सही व्यवहार नगर्न सक्छन् । नियत राम्रो र सहयोगी भावना हुँदाहुँदै पनि ज्ञानको अभावमा गलत सरसल्लाह र भाषाशैलीका कारण समस्या परेको व्यक्तिमा थप समस्या बढ्न सक्छ । जस्तो डर चिन्ता (एन्जाइटी) भएको व्यक्तिलाई भूतप्रेत, लागेको, देवताले दुःख दिएको, ग्रहदशा बिग्रेको भन्दा थप तनाब र डर चिन्ता बढ्न सक्छ । डिप्रेसनमा परेको व्यक्तिलाई केही पनि भएको छैन चिन्ता नगर सब ठीक हुन्छ भनेर सल्लाह दिँदा समस्या झन् बढ्न सक्छ । शारीरिक, मानसिक वा अन्य कुनै समस्या आउँदा पहिले–पहिले धामीझाँक्रीको भरपर्नु पर्ने अवस्था भए पनि अबको समयमा धामीझाँक्री कै भरपर्नु पर्ने अवस्था छैन । धामीझाँक्रीले निको पारेको भनिएका सबै समस्याहरू मनसँग सम्बन्धित समस्या हुन् । मनोचिकित्सक, मनोविद् वा मनोपरामर्शदातनको सेवाबाट यी समस्या अझ सहज तरिकाले समधान गर्न सकिन्छ । (लेखक ढकाल प्रसिद्ध मनोविद् हुन् ।)  
प्रकाशित मिति: शुक्रबार, वैशाख ३, २०७८  १३:४६
प्रतिक्रिया दिनुहोस्
थप विचार
अधिकार रक्षा र पहिचानको लडाइँमा अगस्ट ९ को सन्देश
अधिकार रक्षा र पहिचानको लडाइँमा अगस्ट ९ को सन्देश बुधबार, साउन २०, २०८३
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती मंगलबार, साउन १९, २०८३
बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ ! मंगलबार, साउन १९, २०८३
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं ! सोमबार, साउन १८, २०८३
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP