Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
विचार
  • Home
  • विचार
  • वैदेशिक श्रममा गाँसिएको युवाको भविष्य
वैदेशिक श्रममा गाँसिएको युवाको भविष्य
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, चैत १९, २०७७
iii
Hardik health
मुलुक अहिले संघीय व्यवस्था अनुसार तीन तहको सरकार सञ्चालनको अभ्यासमा छ । ०७२ को नयाँ संविधान अनुसार संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार सञ्चालन हुँदै गर्दा मुलुकमा विकासका ज्वारभाटा ज्वाला विष्फोट हुने र समृद्धिको आधार तयार हुने विश्वास आमनागारिकको थियो र छ । देशमा विकासले अग्रता लिएपछि वैदेशिक रोजगारमा लागेको लर्को रोकिने अपेक्षा विशेषगरी युवा वर्गमा थियो । तर, सरकारले युवाहरुलाई यहि मुलुकमा रोजगारको व्यवस्था गरी वैदेशिक श्रममा जानका लागि रोक्ने ठोस आधार अहिलेसम्म तयार गर्न सकेको छैन । सरकारले व्यवसाय गर्नका लागि युवाहरुलाई लक्षित गरी ल्याएको शैक्षिक ऋण सबैको पहुँचमा पुगेन । शैक्षिक ऋण प्राप्त गर्नका लागि लामो बाटो बनाइदिएपछि झमेलामा परिने हैरानीले युवाहरुलाई निरासा बनायो, जसले गर्दा ऋण लिएर व्यवसाय गर्नुभन्दा पनि वैदेशिक रोजगारतिर नै पलायन हुन युवाहरु लालयित देखिए । युवाहरुको हित तथा संरक्षण गर्ने उद्देश्यले गठित युवा परिषद् कता हरायो ? युवा परिषद्ले पनि युवाहरुलाई स्वरोजगारका लागि प्रोत्साहन गर्ने व्यपार व्यवसाय गर्न ऋण दिने भनिएको थियो । सरकारी तथ्यांक अनुसार करिब विश्वका ६८ मुलुकमा नेपालीहरु कुनै न कुनै सन्दर्भमा श्रम गर्ने गरेको पाइन्छ । वैदेशिक रोजगार तथा अन्य प्रयोजनका लागि करिब ३३ लाख जनशक्ति विदेशी भूमिमा रहेका छन् । श्रमका लागि खाडी मुलुकमा जाने युवाहरुको कथा व्यथा त झनै सुनिनसक्नु नै छ । उनीहरुले खेपेको हन्डर, दुःखले नेपाल सरकारलाई कहिलै पोल्ने गरेको छैन । करिब १३ लाख जनशक्ति आज खाडी मुलुकमा सुन्दर भविष्यको सपना बोकेर श्रममा दिन बिताइरहेको छ । १५÷२० हजार मासिक तलबका लागि अलपत्र परेर खाडी मुलुकहरुमा श्रम गर्ने धेरै नेपालीहरुको अवस्था नाजुक भएको समाचारहरु बग्रेल्ती छन । परिवारलाई सिंगो परिवारको भविष्य उज्ज्वल बनाउने सपना बोकेर विदेशीको गुलाम बन्न बाध्य युवाहरुका लागि आर्कषण हुने कुनै पनि ठोस योजना ल्याउन सरकारले भ्याएकै छैन । विदेशी भूमिमा श्रम गर्दागर्दै मृत्य भएका नेपाली युवाहरुका परिवारलाई शोक व्यक्त गर्नेभन्दा सरकारसँग कुनै सोच नै छैन भन्दा अन्याय हुँदैन । वैदेशिक रोजगारमा गएका युवाहरुले पठाएको रेमिटयान्स हिसाब गर्न पल्केको सरकारले युवा शक्तिलाई यहि मुलुकमा रोक्ने सोच बनाउनु त धेरै परको विषय हुँदै छ । प्रधनामन्त्री रोजगार कार्यक्रम सबै स्थानीय तहमा सञ्चालन गरी युवाहरुलाई रोजगारमा आकर्षण गर्ने भनिए तापनि प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत कति जना युवा वर्गले रोजगार पाए ? भन्ने कुनै पत्तो छैन । प्रधानमन्त्री रोजगार कार्यक्रम भनेर दुई चार जना आफ्ना आसेपासेलाई अलमल्याउने बाहेक के नै भयो र ? प्रधानमन्त्री रोजगार कार्यक्रमले यति प्रतिशतका दरले विदेश पलायन हुने युवाहरुको दर घटायो भन्ने आधार खै कता छ ? विदेशी भूमिमा श्रम गर्दागर्दै मृत्यु भएकाहरुको लासको बिस्कुन आजसम्म पनि बढ्दो क्रममा छ । वैदेशिक रोजगारीमा गएर बेपत्ता भएका तथा मृत्यु भएकाहरुको कैयौँ परिवारहरु नेपालमा बिचल्ली छन् । कमाउन गएको छोरो बाकसमा फर्किँदा कैयौँ आमाहरु आज पनि विछिप्त अवस्थामा रोइरहेका छन् । धेरै चेलीहरुको सिन्दुर पुछिएको छ भने कैयौँ बालबालिका टुहुरा भएका दृष्यहरु थुप्रै छन् । विदेशी भूमिका श्रम गर्ने क्रममा मृत्यु भएकाहरुको कतिपय लास उतै सडिसकेका छन् भने कतिपय ल्याउने प्रक्रियामा रहेको समाचार त्यत्तिकै छन् । चर्को ब्याजमा साहुको ऋण लिएर विदेश जाने र उतै जीवन अन्त्य हुनेहरुको संख्या निकै छ । यसले गर्दा वैदेशिक रोजगारमा देखिएका यी तमाम समस्याहरुलाई पहिचान गर्ने कार्य सरकारबाट कहिलै भएको पाइएन । अर्बौँ खर्चमा भ्यु टावर योजना ल्याउन तम्सिने सरकारले त्यही खर्चबाट उद्योग, कारखाना सञ्चालन गर्ने गर्दा दशौँ हजार युवा जनशक्तिले रोजगारी पाउने र विदेशी भूमिमा श्रम बेच्नका लागि जान रोकिने कुराको पत्तो सरकारले पाउँदैन । भाषणमा युवाहरुलाई रोजगारको व्यवस्था गरिने छ कोही पनि विदेशीको गुलाम बन्न अर्काको देश जानु पर्दैन भनेर के गर्नु ? भनाइ र गराइमा आकाश जमिनको फरक छ । अहिलेको सरकारमा त झनै जुन जोगी आए पनि कानै चिरिएको भन्ने उखान चरितार्थ भएको छ । समृद्धि र विकास नारा भजाएर १२१ सिटसहित सबैभन्दा ठूलो दलका रुपमा उदाएको एमाले नेतृत्व सरकारले त झनै माखो नै मारेन । सत्तारोहणदेखि नै आन्तरिक झमेलामा रुमालिएको दल अहिले विखण्डनको डिलमा पुगिसकेको छ । आफैँ धाँजा फाटेजसरी फाँट्न लागेको एमाले नेतृत्व सरकारले रोजगारी र समृद्धि भित्र्याउने आसा गर्नु हामी नै बेङ्खकुफ हौँ । आफ्नै समस्या त मिलाउन सकेको छैन, जनताका समस्या कताबाट निराकरण गर्नु ? पहिला त पुरानो सोच बदल्न हामीबाट नै आवश्यक छ । हामीले हामीभित्र गडिएर रहेको पुरानो सोचलाई बदल्न सक्यौँ भने मुलुकमा नयाँ राजनीतिक दलहरुलाई अवसर दिन सकिन्छ । यिनै पुराना दलको भरोसामा परेर आँखा चिम्लेर मत दिएको हुनाले पनि युवा आमनागारिकले यो दूरदशा भोग्नु परिरहेको छ । समृद्धि र रोजगारको लम्बेतान भाषण सुनाएर सरकारमा पुगेकाहरुले पनि आज वैदेशिक रोजगारको पीडालाई बुझ्न नसक्नु विडम्बना नै हो । किन युवा वर्ग आज विदेशी भूमिमा गएर डेन्जर, डर्टी, डिमोरलाइज र डिफिकल्ट काम गर्न बाध्य छन् ? खाडीमा गएर ५० डिग्रीको तापक्रममा काम गर्ने रहर कसैलाई पनि हुँदैन । के युवा वर्ग विदेशिनु रहर हो ? के अर्काको देशमा गएर गुलाम गर्न कसैलाई रहर हुन्छ ? पक्कै पनि रहर हुँदैन, यो बाध्यता हो । सरकारले आमयुवा वर्गको समस्यालाई सम्बोधन गर्न ध्यान नदिएको नियति हो यो । सरकारले चाहने हो भने सहज रुपमा यहि मुलुकमा युवाहरुका लागि रोजगार सिर्जना सजिलै गर्न सक्छ । यसरी रोजगार सिर्जना गरी युवावर्गलाई मुलुकभित्र नै रोकियो भने त रेमिट्यान्स पनि रोकिन्छ । मुलुकको आधाजसो अर्थ व्यवस्था रेमिट्यान्सले धान्ने गरेको पनि नसुनिएको होइन । त्यसकारण सरकारले रोजगार सिर्जना गरी युवा वर्ग रोक्न खासै महत्व नदिने गरेको छ । अधिकांश गाउँमा विदेश नजाने मान्छे नै पाइँदैन । विशेषगरी गाउँघरतिर विदेश जाने कुरा प्रतिष्ठाको विषय बनिरहेको छ । यदि कुनै युवा विदेश गएको छैन भन्यो भने उसको त विवाह हुन पनि हम्मे पर्छ र समाजले पनि कुरा काट्ने गरेका थुप्रै नजिरहरु हामीले देखे भोगेका छौँ । त्यसैले गर्दा युवाहरुको भविष्य नै वैदेशिक रोगजारमा जोडिएको छ भन्दा फरक नपर्ने देखिएको छ । वैदेशिक रोजगारका लागि विभिन्न मुलुकमा गएकाहरुको व्यवस्थापन गर्ने उनीहरुको यहाँ तोकिए अनुसार काम नपाउने तोकिएको तलब नपाउने समस्या त छँदै छन्, उनीहरुका समस्यालाई सम्बोधन गर्नका लागि सम्बन्धित देशसँग समन्वय गरी माथिल्लो तहबाट पहल गर्नेभन्दा पनि थप मुलुकहरुमा श्रम सम्झौता गर्नका लागि सरकार तम्सिन्छ । गरिएका श्रम सम्झौता पनि प्रभावकारी कार्यान्वयन नभएका तथ्यहरु थुप्रै छन् । विशेषगरी श्रम तथा रोजगार मन्त्रालय कता निदाएको छ ? थाहा छैन । आगामी चुनावमा युवाहरुले आफ्नो सोच बदलेर नयाँ आउने युवाहरुको लागि ठोस योजनासहित कार्यक्रमहरु गर्ने र विशेषगरी देशमा उद्योग कारखाना सञ्चालन गरी आमयुवाहरुलाई रोजगारमा समाहित गराउने भिजन भएको नेतृत्व छनोट गर्नमा हामी चुक्नु हुँदैन । अनि मात्र यो मुलुकमा युवाहरुको समस्यालाई सम्बोधन गर्ने आधार बन्छ । (लेखक ग्रेटर नेपाल राष्ट्रिय साप्ताहिक पत्रिकाका संवादाता हुन् ।)  
प्रकाशित मिति: बिहीबार, चैत १९, २०७७  १२:२१
प्रतिक्रिया दिनुहोस्
थप विचार
अधिकार रक्षा र पहिचानको लडाइँमा अगस्ट ९ को सन्देश
अधिकार रक्षा र पहिचानको लडाइँमा अगस्ट ९ को सन्देश बुधबार, साउन २०, २०८३
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती मंगलबार, साउन १९, २०८३
बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ ! मंगलबार, साउन १९, २०८३
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं ! सोमबार, साउन १८, २०८३
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP