Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
विचार
  • Home
  • विचार
  • बेइजिङ सम्मेलनः महिला समानता र सम्मानको आधार
बेइजिङ सम्मेलनः महिला समानता र सम्मानको आधार
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, मंसिर १७, २०७७
Sushila
Hardik health
नेपाली जनताको एकीकृत आन्दोलनको फलस्वरुप ०४६ सालमा बहुदलीय व्यवस्था स्थापना भयो । ०४९ सालको अन्त्यमा मैले पुनः काठमाडौं आउने मौका पाएँ । संयुक्त राष्ट्र संघको स्थापनाको ५०औँ वर्षगाँठको अवसरमा चौँथो विश्व सम्मेलन चीनको राजधानी बेइजिङमा सन् १९९५ को सेप्टेम्बर ४ देखि १५ (०५२ भदौ १९ देखि ३०) सम्म आयोजना हुँदै गरेको जानकारी पाएँ । चौँथो विश्व महिला सम्मेलन (बेइजिङ सम्मेलन) भव्यताका साथ सम्पन्न गर्न विश्वभरी चलिरहेको तयारीमा नेपाल अछूतो रहने कुरै भएन । नेपालमा ०५० साल पुसमा पाँच सदस्यीय अन्जना शाक्यको संयोजकत्वमा (सुशीला श्रेष्ठ, निर्मला शिवाकोटी, सकुन्तला उप्रेती, इन्दु तुलाधर) ‘गैरसरकारी राष्ट्रिय तदर्थ समिति’ इन्हुरेड इन्टरनेसनलको पहलमा बन्यो । मैले पनि त्यस कमिटीको सदस्य बन्ने मौका पाएँ । चौँथो विश्व महिला सम्मेलनको तयारीमा महिलाहरुलाई सशक्त बनाउन १२ वटा सवालमा सशक्त बन्नु पर्छ भन्ने कुराले मेरो ध्यान आकर्षण ग¥यो । हामी ती सवालहरुलाई लिएर नेपालको पूर्वाञ्चल र पश्चिमाञ्चल विकास क्षेत्रमा गयौँ । उक्त कमिटीमार्फत यी सवालहरु नेपाली महिलाहरुको बीचमा जानकारी गराउने काममा हामी सक्रिय रहेका थियौँ । यसै बीचमा महिला सुरक्षा दबाब समूहले पनि अर्को समूह बनाउने चर्चा चल्यो । महिला सुरक्षा दबाब समूहको म पनि कार्यसमितिको सदस्य थिएँ । त्यस नाताले पनि म दुई फरक समूह बनाउने पक्षमा थिइनँ । अन्ततः एउटै सम्मेलनको तयारीमा फरक–फरक रुपमा अगाडि बढ्नु नेपाली महिला आन्दोलनका लागि हितकर नहुने हामी सबैको ठहर रह्यो । त्यसैले अन्जना शाक्यको संयोजकत्वमा बनेको ‘गैरसरकारी राष्ट्रिय तदर्थ समिति’ पनि सहभागी भई एउटै प्रतिवेदन बनाउने गरी सन् १९९५ जनवरी १६ (०५१ माघ २ गते) नेपाल ल क्याम्पसको हलमा एउटा भेलाको आयोजना भयो । उक्त भेलाले महिला सुरक्षा दबाब समूहको अध्यक्ष साहना प्रधानको संयोजकत्वमा, गैरसरकारी संस्थाहरूको समिति, ‘नेपाल नेसनल प्रिप्रेटरी कमिटी’ (राष्ट्रिय तयारी समिति, नेपाल ) गठन गरियो । अन्जना शाक्यले नेतृत्व गरेको संस्था ०५० मा नै बने पनि प्रतिवेदन संयुक्त लाने र काम आ–आफ्नो तरिकाबाट पनि गर्न सकिने समझदारी अनुसार काम गरियो । चौँथो विश्व महिला सम्मेलनमा भाग लिन नेपालबाट चिनियाँँ सरकारले सहुलियत दरमा मिलाएको चार्टर विमानबाट तिब्बतको राजधानी ल्हासा हुँदै सेक्टेम्बर २ मा बेइजिङ पुग्यौँ । हामीमध्ये धेरैले पहिलोपटक विदेशी भूमि टेक्न पाएका थियौँ । उक्त सम्मेलनमा नेपालबाट धेरै महिलाहरुले भाग लिन सक्ने अवसर सरकार तथा संघसंस्थाहरुले जुटाइदिएका थिए । आज पनि उनीहरुलाई धन्यवाद दिन चाहन्छु । सरकारी र गैरसरकारी छुट्टाछुट्टै दुई ठाउँमा सम्मेलनको कार्यक्रम भएको थियो । चौँथो विश्व महिला सम्मेलनमा सहभागी हुन जाने हामीले पाएको सहयोगलाई एउटै डालोमा राखेर बाँड्ने र एक जनाले पाएको रकम दुईजनाले बाँडेर चलाउने दुवै खाले काम ग¥यौँ । मैले र बिना प्रसाईंले एउटा सहयोग बाँडेका थियौँ । कतिपय साथी व्यक्तिगत खर्च जुटाएर पनि सहभागी भएका थिए । चीन सरकारले आमरुपमा विदेशी नागरिकका लागि चिनियाँ भूमि खुला गरेको थियो । त्यसैले बन्द रहेको चिनियाँ भूमि टेक्ने र चिनियाँ समाजलाई बुझ्ने चाहना हामीमा बढी थियो । चौँथो विश्व महिला सम्मेलनमा नेपालबाट सहभागस् हुन व्यवस्थापनको धेरै पक्षको काममा अन्जना शाक्यको योगदान रहेका थियो । चिनियाँ सरकारले त्यत्रो महिलाहरुलाई खाने, बस्ने र सुरक्षालगायत सम्पूर्ण सुबिधाको राम्रो व्यवस्था गरेको थियो । भाषाको भने निकै समस्या महसुस ग¥यौँ । भाषाका केही आवश्यक शब्दहरु प्रकाशन गरी डायरी वितरण गरिएको थियो । भाषा नजान्नाले गर्दा केहि समस्या भए पनि सांकेतिक भाषाले पनि काम चलाइयो । चिनियाँ सरकारले प्रशस्तै स्वयं सेवकहरुको व्यवस्था गरेको थियो । हामीले समस्या राखेपछि धबष्त ब mयmभलत भन्दै अंगे्रजी बुझ्ने स्वयंसेवकलाई लिएर आउँथे र हाम्रो समस्या समाधान गर्ने प्रयत्न गर्थे । नेपालबाट सरकारी र गैरसरकारी संस्थाबाट गरी २०१ जना महिलाहरु र दुई जना पुरुष गरेर कुल २०३ जना चौँथो विश्व महिला सम्मेलनमा सहभागी बन्न पुगेका थियौँ । मलाई जापान, अमेरिका, जर्मनी आदि विकसित देशहरुमा महिला समस्या छैन होला भन्ने लाग्थ्यो । तर विश्वभरिका १८० देशका ४० हजारभन्दा पनि बढी विविध भाषा, भेषभूषा र संस्कृतिका महिलाहरु आ–आफ्ना समस्या लिएर आ–आफ्ना भाषाबाट कार्यक्रममा सहभागी भएको देख्दा जुनसुकै भूगोलमा रहे पनि महिलाहरु समस्याबाट मुक्त नभएको पुष्टि हुन्थ्यो । बेइजिङ सम्मेलनको उद्घाटनमा ‘महिला अधिकार मानव अधिकार’ भन्दै हिलारी क्लिन्टनले उद्घोष गरेकी थिइन् । हामी सबैले बेलुन उडाएर ताली बजाउँदै खुसीयाली मनायौँ । त्यति धेरै महिलाहरुले बेलुन उडाउँदा आकाश नै छपक्क ढाकेको थियो । उद्घाटनको मैदानमा आकर्षक सांकृतिक झाँकीहरु प्रदर्शन गरेको थियो । कुनै दिन प्याजी (महिला) रंग त कुनै दिन कालो रंगको लुगा लगाएर प्रदर्शन ग¥यौँ । विश्वका महिलाहरुबीच हातमा हात, साथमा साथ भन्दै एकबद्धता कामय ग¥यौँ । हामी विभिन्न समानान्तर कार्यक्रमहरुमा सहभागी भयौँ । नेपालबाट बालिकाको तर्फबाट आस्था तुलाधरले बोल्ने अवसर पाएकी थिइन् । यसलाई हामी नेपालीहरुले गौरवको रुपमा लिएका थियौँ । हामीलाई चीनको विकास प्रगतिका साथै विश्वका आश्चर्यहरुमध्ये ग्रेटवाल पनि अवलोकन गराइएको थियो । विश्वभरीका महिलाहरुको समस्यालाई समाधान गर्न बेइजिङ घोषणा पत्र तथा कार्यनीतिलाई लिएर ‘विश्वलाई महिलाको आँखाले हेरौँ, समानताको सुरुवात घरबाटै गरौँ’ भन्ने अठोटलाई गाउँगाउँसम्म पु¥याउने उत्साहका साथ हामी १९९५ सेक्टेम्बर १८ मा नेपाल फर्किएका थियौँ । बेइजिङ सम्मेलनले मेरो दृष्टिकोणलाई फराकिलो बनाइदियो । महिलाहरुको जीवन जिउने आधारलाई परिवर्तन गर्न सकिन्छ भन्ने विश्वास बढाइदियो । महिलाहरुको समस्याको समाधान कुनै एउटा समस्यालाई मात्र समाधान गरेर हुँदैन । बेइजिङ सम्मेलनमा पास भएका बेइजिङ घोषणा पत्र तथा कार्यनीतिमा महिला र गरिबी, महिला र शिक्षा, महिला र स्वास्थ्य, महिलाविरुद्धको हिंसा, महिला र सशस्त्र द्वन्द्व, महिला र अर्थतन्त्र, शक्ति संरचना र निर्णय तहमा महिला, महिला विकासका लागि संस्थागत संरचना, महिला मानव अधिकार, महिला र संचार, महिला र वातावरण, बालिका गरी १२ वटा सवाललाई एकीकृत रुपमा अगाडि बढाउने काम गर्नु पर्छ । यी १२ वटै सवाललाई एक अर्कासँग सम्बन्धित बनाई महिला समस्यालाई सामग्रीक रुपले हल गर्न सके उपलब्धिमूलक बनाई महिलाको जीवनमा रुपान्तरण ल्याउन सकिन्छ भन्ने विश्वास जगाइदियो । जसमा सरकार र नागरिक समाजको छुट्टाछुट्टै भूमिका पनि उल्लेख गरिएको छ । यो चौँथो विश्व महिला सम्मेलनलाई मैले विश्व महिला आन्दोलनको कोशेढुंगाको रुपमा लिएको छु । यसलाई नेतृत्व गर्ने विश्वका महिलावादी नेताहरुप्रति आभार व्यक्त गर्दछु । बेइजिङ सम्मेलनपछि नेपालमा ठूला राजनीतिक परिवर्तनहरु भएका छन् । यस क्रममा महिला अधिकारवादीहरु समानता र सम्मान प्राप्तिका लागि सरकारी र नागरिक समाजको तर्फबाट काम गरिरहेका छन् । केही सफलता प्राप्त भए पनि अझै व्यवहारमा धेरै परिवर्तन गर्न बाँकी छ । त्यसैले नेपालमा महिला अधिकार प्राप्तिका लागि बियोन्ड बेइजिङ कमिटी गठन गरी समानता र सम्मानको आवाज उठाउन बिपिएफएलाई जनस्तरसम्म पु¥याउन धेरै प्रशिक्षणहरु संचालन गरिएको छ । त्यसको सहयोगले पनि आज धेरै महिलाहरु नेतृत्व तहमा पुग्न सफल भएका छन् । महिलाहरुलाई सक्षम हुने आधार चौँथो विश्व महिला सम्मेलन बेइजिङले दिएको छ । यसको जगमा उभिएर संयुक्त राष्ट्र संघको सदस्य देशहरुले दिगो विकास लक्ष्य कार्यान्वयनमा ल्याउन थालेको पनि पाँचौँ वर्ष पूरा भइसकेको छ । दिगो विकास लक्ष्यको लक्ष्य ५ ले लैंगिक समानताको बारेमा वकालत गर्छ भने अन्य लक्ष्यहरुले विविध विषयमा वकालत गर्दछ । विश्वसँगै हामीले सबै लक्ष्यहरुमा लैंगिक मुल प्रवाहीकरण गरेर लंैगिक समानता कायम गर्न वकालत गर्दै २०३० सम्ममा ५०ः५० महिला सहभागिता पु¥याउने प्रतिबद्धता जाहेर गरेको छौँ । हामीले धेरै चुनौतीपूर्ण संघर्ष गरेर यो लोकतान्त्रिक गणतन्त्र प्राप्त गरेका छौँ । यसबाट नेपाली महिलाहरुले केही अधिकार प्राप्त गरेका छन् । प्राप्त गरेका अधिकारहरु पूर्णरुपमा कार्यान्वयन भने हुन सकेका छैनन् । अहिलेका युवाहरुले हिजोको जस्तो संघर्ष गर्न नपरोस् र प्राप्त उपलब्धिहरुलाई सुरक्षित र संरक्षित गर्न सकून भन्ने लाग्छ । त्यसैले अनुभवहरुलाई पुस्तान्तरण गर्नु पर्ने हाम्रो जिम्मेवारी पनि रहेको छ । हामीले हरेक सवालमा अधिकारका साथै कर्तव्यलाई पनि बोध गराउनु आवश्यक छ । (बियोण्ड बेजिङ कमिटी र राइट हियर राइट नाउको सहकार्यमा) (लेखक श्रेष्ठ बियोण्ड बेइजिङ कमिटीका अध्यक्ष हुन् ।)
प्रकाशित मिति: बुधबार, मंसिर १७, २०७७  ०४:३६
प्रतिक्रिया दिनुहोस्
थप विचार
अधिकार रक्षा र पहिचानको लडाइँमा अगस्ट ९ को सन्देश
अधिकार रक्षा र पहिचानको लडाइँमा अगस्ट ९ को सन्देश बुधबार, साउन २०, २०८३
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती मंगलबार, साउन १९, २०८३
बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ ! मंगलबार, साउन १९, २०८३
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं ! सोमबार, साउन १८, २०८३
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP