Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
विचार
  • Home
  • विचार
  • आचार्य बन्धुदत्तको मूर्ति युक्तिसंगत नभएपछि...
आचार्य बन्धुदत्तको मूर्ति युक्तिसंगत नभएपछि...
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, मंसिर ११, २०७७
Padam Shrestha copy
Hardik health
वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथ बुङ्गद्योलाई कामरूपकामाक्षा आसामबाट नेपाल ल्याई कृषिकर्म पुनः जागृत गराउने राजा नरेन्द्र देव, रथचक्र तण्डुकार ज्यापु र आचार्य बन्धुदत्तको शालिक काठमाडौंको भूगोलपार्कमा राख्ने विषयले विवादको रूप लिएको छ । विवाद राज्यशक्ति राजा, तन्त्रशक्ति आचार्य र वलशक्ति तण्डुकार ज्यापुको मूर्ति पुरातात्विक वास्तुकलायुक्त नभएको र आचार्यपदलाई बज्राचार्यको रूपमा अपव्याख्या गरिएको भन्नेमा रहेको छ । वर्षा र सहकालका देवताका रूपमा पूजिने बुँङ्गद्योलाई गोरख सम्प्रदायको नाथ र वैष्णव सम्प्रदायको मच्छेन्द्र अवतारको समास गर्दा हुन गएको रातो मच्छिन्द्रनाथलाई बौद्धहरूले चार लोकेश्वरमध्ये एक मान्छन् भने शैवहरूले शिव, नागा, शाक्त, सौर्य सम्प्रदायले सूर्यको नाउँमा उपासना गर्दछन् । यसरी प्राकृतिक, शैव, बौद्ध, नाथ, नागा, शाक्त, गणपद आदि सम्प्रदायको साझा देवतालाई ल्याउन तन्त्रोक्त साधना गरी अतुलनीय योगदान पु¥याउनेमध्ये एक आचार्य बन्धुदत्तलाई बज्राचार्यको पञ्चबुद्ध अंकित मुकुट पहि¥याइदिएको प्रतिमा निर्माणपछि विवादले उग्र रूप लिएको हो । निर्माणाधीन मूर्तिमाथि प्रतिक्रिया दिँदै मान्छेहरू विचार पोख्छन्, काठमाडौं महानगरपालिकाले वडा–२२ न्युरोडस्थित भूगोलपार्कमा राखिने भनिएको आचार्य बन्धुदत्तलाई बिनाप्रमाण खाइलाग्दो मोटो कदको पञ्चबुद्ध मुकुटसहित बज्राचार्य भनी अपव्याख्या गर्नु हुँदैन थियो । मूर्तिकारले मूर्ति निर्माण गर्दा विज्ञहरूको सल्लाह, प्राचीन ग्रन्थ पुरातात्विक वास्तुकलाहरूको अध्ययन नगरी भएको निर्माणले विवाद निम्त्याएको हो । हुन पनि मूर्तिकारले मूर्ति बनाउँदा प्राचीन पुरातात्विक वास्तुकलाहरूको अध्ययन अनुसन्धान गरी तथ्यले भनेका आधारमा बनाउनुपर्दछ । आचार्य बन्धुदत्तको नाउँमा बज्राचार्य राख्दा प्राचीन अभिलेखहरूको लिद्यसाँ लिइनुपर्दछ । प्राचीन तथ्यहरू खोज्दै जाने हो भने नेपालको सबैभन्दा पहिलो ६५० वर्षअघिको गोपालराज वंशावलीमा उल्लेखित आचार्य बन्धुदत्त, राजा नरेन्द्रदेव र रथचक्र तण्डुकार (ज्यापु) नै हो । त्यसैगरी सर्वप्राचीन मूर्तिको नमुना पाटन तःबहालस्थित मच्छेन्द्रनाथ मन्दिरको राजा नरेन्द्रदेव आचार्य बन्धुदत्त र रथचक्र ललित ज्यापुको संयुक्त मूर्तिको आधार लिइनुपर्दछ । जुन पुरातात्विक मूर्तिमा श्रीपेचसहितको राजा नरेन्द्रदेव परम्परागत पोसाक, दौरा सुरुवाल पटुकीमा रथचक्र ज्यापु र आचार्य बन्धुदत्तको हातमा नागपास समाएका छन् भने भूगोलपार्कमा स्थापनार्थ निर्मित बन्धुदत्त आचार्यको शिरमा पञ्चबुद्धको मुकुट पहि¥याइएको छ । नाउँ बन्धुदत्त बज्राचार्यको प्रस्तुत गरिएको छ, जुन हुनुहुँदैन भन्ने नै मुल विवाद हो । कामरूप कामाक्षा आसामबाट रातोमच्छिन्द्रनाथ लोकेश्वर ल्याउँदा रथचक्र ज्यापुले नाथको प्राण वायु हँश भमराको रूपमा कलशमा राखी ल्याइएको उल्लेख छ तर मूर्तिकारले ललितपुरका ज्यापुलाई खेतमा जान लागेको ज्यापुको प्रतिक खर्पन बोकाएर हदैसम्मको हाँस्यास्पद कलाकारिता देखाएका छन् । जुन तथ्य शास्त्रसम्मत् भएन भन्न सकिन्छ । मूर्ति विवादसँगसँगै उठेको अर्को विवाद आचार्य वन्धुदत्त शैव कि बौद्ध भन्ने पनि हो । लिच्छवीकालिन राज्य नेपालमा बन्धुदत्त नाउँका दुई जना पात्र जो कामरूप कामक्षासँग आख्यान जोडिएका छन् । एक पशुपतिका अष्टमातृका पिठमध्ये एक भुवनेश्वरीका पूजारी मृत्युन्जय कर्माचार्यका वंशज र अर्का तेवहाल निवासी बज्राचार्यका वंशज हुन् । कर्माचार्य वंशजका आधारित बन्धुदत्तसँग सम्बन्धित आख्यान दिनुहँजसो आचार्य बन्धुदत्त भुवनेश्वरी पिठको पूजा गर्न जाँदा छोरा पनि पछि पछि लागेको थाहै पाएनछन् । तर पूजापश्चात देवीले तिम्रो पछाडि आइरहेकोलाई बलि देऊ भनी वाचा गराएछन् । बन्धुदत्तले पनि पछाडि हेर्दै नहेरी वाचा स्विकारेछन् । पछाडि हेर्दा त आङ्खनै छोरो देखेर असमन्जस्यमा परेका बन्धुदत्तलाई देवीले नै सम्झाउँदै भनेछन्– कि तिमीले अप्ठ्यारो मान्नुपर्दैन, बलि दिएका छोराको लासमा कामरूपकामाक्षा आसामबाट ल्याइएको अमृतजल छर्किएमा तिम्रो छोराले पुनर्जीवन पाउनेछ । देवीको यहि सन्देश अनुरूप बन्धुदत्त आचाजुले छोराको लासलाई गोप्य आगम कोठामा थुनी आफू जल लिन आसाम पुगे । छोरासहित एकाएक बन्धुदत्त गायब भएपछि सधैँ पूज्ने आगम देवताको कोठा खोलेर हेर्दा छोराको लास देखेपछि बन्धुदत्त छोराको हत्या गरी भागेको लख काटी काठमाडौंबासी माइती खलक बोलाएर सदगत गरिदिएछन् । बन्धुदत्त आचाजु अमृतजल लिएर फर्कँदै गर्दा हालको बानेश्वर भनिने छक्कुवक्कु पुग्दा काठमाडौंबासी ससुराली खलकले छोराको सद्गत गरेर फर्किरहेको बताएछन् । यस्तो अकल्पनीय खबरले बन्धुदत्त आचाजु सोही स्थानमा ढलेछन् । र, त्यस स्थानमै बन्धुदत्तलाई सिद्धि प्राप्त भएको कथन छ । बन्धुदत्तलाई रिंगटा लागेर ढलेको ठाउँलाई देवपत्तनबासीहरूले छक्कुवक्कु भन,े भने सिद्ध भएको पिठलाई छक्कुबक्कु अजिमाँ भन्ने गरेको आख्यान छ । बन्धुदत्तका आधारमा प्रत्येक वर्ष भाद्र शुक्ल भलमल अष्टमीका बेला त्रिशूलजात्रा हुँदा काठमाडौंबासी माइती खलकलाई आमाचकारी गाली गर्दै जात्रा गरिन्छ । मच्छिन्द्रनाथसँग कुनै सम्बन्ध छैन । तर पाटनमा हुने मच्छिन्द्रनाथको रथारोहणअघि पशुपति जय वागेश्वरी मन्दिर अगाडिको मच्छिन्द्र गणेशको सर्वप्रथम पूजा गर्ने परम्परा भने छ । बज्राचार्य वंशजसँग जोडिएको बन्धुदत्त आख्यान कामरूपकामाक्षाबाट बुङद्यो रातोमच्छिन्द्रनाथ नेपाल ल्याई प्रतिष्ठानपनपछि आचार्य बन्धुदत्त नाथको दायाँ गोडामा समाधिलिन भए । बन्धुदत्तको देहान्तपछि उनका तीन छोरीहरूमध्ये भक्तपुरकी छोरीले निःबहालको जग्गा जमिन, काठमाडौंकीले टेबहालसहितको घर सम्पत्ति र ललितपुर भिन्छे वहालकीले आचार्य मुकुट आगम देवता र दुर्लभ शास्त्रहरू अंशमा लिए । दुर्लभ शास्त्र लिएका प्रमाण स्वरूप मयुरवर्ण महाविहार भिन्छे बहाःकी छोरी वंशजले आज पनि रातो मच्छिन्द्रनाथको दायाँ पाउमा पिता बन्धुदत्तको नाउँमा पिण्ड पात्र चढाउने परम्परा कायमै छ । यी दुई आख्यानलाई विवेचना गर्दा एक मात्र छोराका पिता देवपत्तन भूवनेश्वरी निवासी कर्माचार्य बन्धुदत्त र तीन छोरीकी पिता बज्राचार्य बन्धुदत्त एकै हुन् होइनन् भन्ने तथ्य आजसम्म प्रमाणित हुन सकेको छैन । बज्राचार्य मूल रूपममा जात होइन । जुनसुकै जात, धर्म सम्प्रदायले पनि बज्राभिषेक, घण्टाभिषेकसहितको देखाः प्राप्त गरेकालाई बज्राचार्य भन्न सकिन्छ । कुन चाहिँ बन्धुदत्तले कहिलेदेखि लिए भन्ने पनि स्पष्ट छैन भने नेवार समुदायले बज्राचार्यलाई गुभाजु भनि संबोधन गर्दछन् आचाजु वा आचार्य होइन । ल एक हदबाट बन्धुदत्त बज्राचार्य नै भए पनि सर्वजातीय, सर्वधर्मीय, सर्वलिंगीय समुदायको प्रतिक रातो मच्छिन्द्रनाथका पूजारीलाई एकै मात्र सम्प्रदायमा केन्द्रित गर्न नहुने अभियानकर्ताहरूको आग्रह देखिन्छ । जुन सत्य र तथ्यमा आधारित मान्न सकिन्छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ११, २०७७  ०५:२९
प्रतिक्रिया दिनुहोस्
थप विचार
अधिकार रक्षा र पहिचानको लडाइँमा अगस्ट ९ को सन्देश
अधिकार रक्षा र पहिचानको लडाइँमा अगस्ट ९ को सन्देश बुधबार, साउन २०, २०८३
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती मंगलबार, साउन १९, २०८३
बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ ! मंगलबार, साउन १९, २०८३
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं ! सोमबार, साउन १८, २०८३
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP