Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
विचार
  • Home
  • विचार
  • महिलाः प्राकृतिक रुपमा सशक्त, सामाजिक अशक्त
महिलाः प्राकृतिक रुपमा सशक्त, सामाजिक अशक्त
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, मंसिर ७, २०७७
Laxmi Tamang copy
Hardik health
  प्राकृतिक रुपमा पशुपंक्षी प्राणी जगतमा भौतिक शारीरिक रुपमा महिला र पुरुष दुई लिंगको जन्म भएको पाइन्छ । पशुपंक्षी जगतमा महिला तथा पुरुषबीच खासै विभेद्् गरेको देखिँदैन । तर चेतनशील विवेकशील भन्ने मनुष्य समाजमा भने लिंगको आधारमा विभेद् गर्ने प्रचलन परापूर्वकालदेखि विद्यमान रहेको पाइन्छ । कुनै पनि समाजको विकास र समृद्धि सम्बन्धित समाजमा महिलाको सामाजिक, सांस्कृतिक, आर्थिक, शैक्षिक तथा राजनीतिक अवस्थामा निर्भर हुन्छ भनी विश्व मानव विकासको क्षेत्रमा कार्यरत विज्ञ, विशेषज्ञ र विद्वानहरुको विश्लेषणात्मक बुझाइ सहितको ठहर रहेको पाइन्छ । महिला स्वास्थ्य तथा सशक्तीकरणका लागि सर्वप्रथम महिला शिक्षा अपरिहार्य छ भन्ने तथ्य परिवारबाटै अभिभावकहरुमा सचेतना जागृत भई छोरीलाई पनि छोरा समान शिक्षा दिलाउनु अभिभावकको दायित्व हुन्छ । जसका लागि राज्य सत्ताले बालिका र किशोरी शिक्षामा प्राथमिक विद्यालय तहदेखि उच्च शिक्षासम्म लगानी गर्नु पर्ने दायित्व हुन्छ । मौखिक रुपमा छोराछोरी बराबरी हुन् भनेर हुन्नन्, लैंगिक समानताको नारा फलाकेर मात्र हुन्न जसले जे बोल्छ सो व्यवहारमा उतार्न सक्नु पर्छ । साथै समानता विभेद्रहित व्यवहार गर्दै एक उदाहरणीय पात्र समाजमा बन्न सक्नु पर्दछ, जो जसले महिला समानता र अधिकारको बारेमा चर्चा, परिचर्चा र चासो राख्ने गर्छन् । नत्र प्रायःजसो मानिसहरुले मुखले ठिक्क, व्यवहारले दिक्क पार्ने प्रवृति अचाक्ली मात्रामा रहेको पाइन्छ । हाम्रो जस्तो अति नै विभेद्कारी, अन्यायकारी, लैंगिकवादी विषक्त पुरुषत्व हाबी भएको नेपाली समाजमा बोली वचनको खासै केही अर्थ हुन्न भन्ने भोगाइ स्पष्ट छ । विश्व समाजमा महिला शक्तिको प्रतिक धार्मिक सांस्कृतिक रुपमा लक्ष्मीलाई धन, दौलत र समृद्धको, सरस्वतीलाई ज्ञान र शिक्षाको, दुर्गालाई शक्ति र साहसको खानी मानी पुज्ने साथै महिलालाई न्याय र स्वतन्त्रताको प्रतिकको रुपमा समेत मान्ने प्रचलन रहेको पाइन्छ भन्ने तथ्य विश्वका विभिन्न राष्ट्रहरुको न्यायालयहरुमा दुवै आँखामा पट्टी बाँधी एक हातमा तराजु र अर्को हातमा तरबार बोकेको मूर्ति, लेडी जस्टिस र अमेरिकाको न्युयोर्कस्थित स्वतन्त्रताको प्रतिक स्वरुपको स्ट्याचु अफ लिबर्टी, जुन दुवै प्राचीन रोम सम्राज्यको न्याय र स्वतन्त्रताका लागि लड्ने होनहार महिलाहरु रहेको ऐतिहासिक तथ्य पाइन्छ । त्यसैगरी नेपालको राजकुमारी भृकुटी र बेच्यन नामक चिनियाँ राजकुमारी जसले तत्कालिन तिब्बती राजा स्रोंगचन गम्पोसँग क्रमशः पहिलो र दोस्रो श्रीमतीको रुपमा विवाह गरेका उनीहरुलाई पनि हरियो तारा र सेतो तारा भनी देवीको रुपमा पुजा गर्ने प्रचलन रहेको पाइन्छ, तिब्बती बज्रयानी बौद्ध धर्ममा । महिला धर्ती माता हो भन्ने गर्छन् विश्वमै स्वयं पुरुषहरु । तर पुरुषद्वारा नैरचित अति नै लैंगिकवादी कथनहरुः महिलाले धनसम्पत्तिको रक्षा सुरक्षा गर्न सक्दैनन्, महिलाहरु बढी खर्चालु हुन्छन्, महिलाको बुद्धि हुन्न, पोथी बासेको राम्रो हुँदैन, महिला भएर धेरै बोल्नु हुँदैन, महिला कमजोर हुन्छन्, जस्ता सामाजिक मूल्य, मान्यता र विश्वास राख्ने गरेको पाइन्छ । यी यस्ता विभेद्कारी कथनहरुको रचनाकार निश्चित रुपमा महिला होइनन् भन्ने स्पष्ट छ । किनकि कोही कसैले पनि आफ्नो विरुद्ध र विपक्षमाथि यस्ता नकारात्मक भावार्थ कथनहरु रचना गरी प्रचारप्रसार गर्दैनन् । धर्मशास्त्रहरु मै ‘ढोल, गँवार, शुद्र र नारी यी सबै बेस्सरी ठोक्न लायक हुन्छन्; अर्थात् ढोललाई जस्तै नारीलाई पनि ठोक्नु उचित हुन्छ, पुत्री, पत्नी, माता वा कन्यालाई स्वतन्त्रता दिनु हुन्न । पतिले पत्नीलाई त्याग्न, कंगाल बनाएर राख्न बेच्न सक्छ तर कुनै पनि स्त्रीलाई यो अधिकार दिइएको छैन; सम्पति र अधिकारका हिसाबले शुद्रको स्त्रीहरु पनि दासी हुन्, कुनै पनि स्त्रीहरुलाई सम्पत्ति राख्ने अधिकार हुँदैन, स्त्रीहरुका सम्पत्तिको मालिक पनि उनको पति, पुत्र वा पिता मात्र हुन्छन्; स्त्रीले केवल ओछ्यान, आभूषण र वस्त्रहरुलाई मात्र पे्रम गर्छे तथा स्त्री वास्नायुक्त बेइमानी, इष्र्याखोरी, दुराचारी हुन्छे; सुखी संसारका लागि स्त्रीले जीवनभर पतिको आज्ञा पालन गर्नुपर्छ ।’ भनी उल्लेख गरिएको पाइन्छ । यी यस्ता अति नै महिला विरोधी विपक्षी अन्यायकारी विभेद्कारी सामाजिक मूल्य, मान्यता रच्ने, लेख्ने सामाजिक अगुवा पढे, लेखेका तत्कालिन समाजका पुरुषहरु नै हुन् । जुन सामाजिक मानसिकता अझै पनि नेपाली समाजमा पाइन्छ । त्यसैले महिलालाई दोस्रो दर्जाको रुपमा हेर्ने प्रचलन अझै पनि विद्यामान छ, यो एक्काइसौँ शताब्दीको आधुनिक विज्ञान र प्रविधिको युगमा समेत । छोरी भनेको पराइको घर जाने जात हो भन्दै मानसिक रुपमा परिवारले बालिका र किशोरीहरुको कलिलो बाल मानसपटलमा मनोवैज्ञानिक रुपमा प्रताडित पार्ने कार्य गरिन्छ । जुन शारीरिक, जैविक, यौनांग लिएर जन्मेकाले गर्दा छोराहरुले कहिल्यै त्यस्तो विभेदात्मक भनाइ घरपरिवारको सदस्यबाट सुन्नु पर्दैन । छोरीले पनि सामाजिक, सांस्कृतिक, आर्थिक र राजनीतिक अधिकार पुरुषसमान पाउनु पर्छ र उनीहरुको जन्मसिद्ध नैसर्गिक हक पुरुषसमान रहेको हुन्छ भन्ने बुझाइ अझै पनि नेपाली समाजमा देखिँदैन । त्यसैले छोरी भए पाखा, छोरा भए काखा गर्ने प्रचलन अझै पनि नेपाली समाजमा विद्यमान छ । अहिले विश्वलाई कोरोना संक्रमणको महामारीले प्रताडित पारेको अवस्थामा महिलाहरु जैविक रुपमै कतिको सशक्त छन् भन्ने तथ्य उजागर गरेको छ । महामारीले महिलाको तुलनामा पुरुषहरु बढी संक्रमित र मृत्यु भएको विश्व तथ्यांक रहेको पाइन्छ भने नेपालमा पनि महिलाहरु कम संख्यामा संक्रमित र मृत्यु भएको पाइन्छ । यी यस्ता तथ्य पढे, लेखेका शिक्षित महिलाहरुले समेत आफू प्राकृतिक जैविक रुपमा कति शक्तिशाली छु भन्ने तथ्य स्वयं प्रायः महिलाहरुलाई नभएको देखिन्छ । त्यसैले छोरी भई जन्म लिनुभन्दा बरु नजन्मेको उपयुक्त, महिलाको हारेको कर्म, कस्तो अभागी रहेछु, आदि भनी आफूले आपैmँलाई धिक्कारेको सुनिन्छ हाम्रो समाजमा । आफूप्रति यी यस्ता नकारात्मक सोचाइ, धारणा र दृष्टिकोण महिलाको मन मस्तिष्कमा उत्पन्न गराउने सामाजिक तथा पारिवारिक परिस्थिति सिर्जना गरी दिने भनेकै जन्मजात प्राकृतिक लिंगको आधारमा विभेद्को अनुभूति गराउने वातावरण संरचनात्मक रुपमा सिर्जना गरी संस्थागत गरेकाले हो । छोरी भनेपछि गर्भबाटै विभेद्को सुरुवात हुन्छ र छोराको चाहनामा भू्रणमा छोरी रहेछ भने गर्भपतन गर्ने प्रचलन अधिक मात्रामा भएको पाइन्छ । विशेषतः सम्पन्न र शिक्षित परिवार मै त्यस्तो गरेको पाइन्छ भनी प्रसूति तथा स्त्री रोग विशेषज्ञ चिकित्सकहरुले नै सुनाउने गर्दछन् । आदिमकालदेखि नै विश्व समाजमा महिलाको शक्ति तथा कमजोरी दुवैको रुपमा उनीहरुको शारीरिक प्रजनन् प्रक्रियालाई लिने गरेको पाइन्छ । उदाहरणका लागि जैविक उमेरको परिपक्कतासँगै प्रजनन् क्रियाका लागि योग्य हुन लागेको संकेत स्वरुप सुरुवात हुने महिलाको मासिक धर्मलाई अशुद्ध, अपवित्र र अछूत भनी लाञ्छना लगाई किशोरीहरुलाई बहिष्कार र तिरस्कारसहितको विभेद् गर्ने प्रक्रिया सुरुवात हुन्छ । फलस्वरुप किशोरीको मानसपटलमा आफूप्रतिको हिनताबोध र घृणाबोध सुरु हुने गर्छ । महिनावारी भएको बखत उनीहरुलाई पोषिलो खानाबाट गर्न बन्देज गरिन्छ । त्यसैगरी अलग सुत्नु पर्ने, भान्सामा जान नहुने, आफ्नै परिवारको पुरुष सदस्यहरुलाई छुन नहुनेजस्ता कार्यमा बन्देज लगाएको पाइन्छ । महिला सशक्तीकरण र लैंगिक समानताको कुरा गरेर मात्र हुन्न । साथै पश्चिमा मुलुकहरुको नारीवादी विचारधारामा आधारित अभियानहरुबाट हामी नेपालीहरुले पनि केही सिक्नु पर्ने छ जस्तो लाग्दैन ? महिला शक्तिको प्रतिकहरु जुन परापूर्वकालदेखि विद्यमान रहेको पाइन्छ, हाम्रो देश तथा विश्वमा सोहीबाट हामीले पाठ सिकेर अघि बढ्न सकिन्छ । त्यसैगरी नेपालको आदिवासी, जनजाति, विशेषतः शेर्पा, थकाली, राई, लिम्बू, थारु, तामाङलगायत समुदायका महिलाहरु तुलानात्मक रुपमा खस आर्य, नेवार, मधेसी र दलित समुदायका महिलाहरुभन्दा सशक्त र स्वतन्त्र देखिन्छन् । यी समुदायमा नारीवादी विचार धाराको प्रशस्त अभ्यासहरु गरेको र महिला सशक्तिकरणको प्रशस्त उदाहरणहरु समेत देख्न पाइन्छ । ‘मलाई एक असल आमा देऊ, म तिमीलाई एक असल राष्ट्र दिनेछु,’ भनी फ्रान्सेली शासक नेपोलियन बोनापार्टको भनाइको अर्थ कति गहन, गहिरो र गम्भीर छ । नेपालका शासक वर्गलाई त्यो सोचनीय र मननीय विषय नै रह्यो । तर, व्यवहारिक रुपमा हाम्रो देशका आमा बन्ने बालिका, किशोरी, युवती र वयस्क तथा वृद्धा महिलाहरुको सामाजिक, आर्थिक र राजनीतिक स्थिति नियाल्दा हाम्रा देशका शासकहरु मुखले ठिक्क व्यवहारले दिक्क पार्ने प्रवृतिका देखिन्छन् । महिला स्वास्थ्य र सशक्तीकरणको कुरा गरेर नथाक्ने हाम्रा देशका शासकहरु कत्तिको महिलाविरोधी, विपक्षी र विभेद्कारी छन् भन्ने तथ्य उनीहरुको व्यवहार र बोलीबाट देख्न, जान्न र बुझ्न सकिन्छ । कुनै पनि समाजमा सामाजिक तथा आर्थिक विकासको निम्ति अनुकूल सामाजिक वातावरण सिर्जना गर्नु राज्यको दायित्व हो । तर नेपाली समाजमा त्यस्तो खासै गरेको पाइँदैन, जतिसुकै सुन्दर नीति, रणनीति राज्यले कागजमा निर्माण गरे तापनि व्यवहारिक रुपमा महिलाहरुका लागि प्रतिकूल परिस्थिति यथावत् रहेको पाइन्छ । बालिक, किशोरी तथा अन्य महिलाहरुले सुरक्षाको अनुभूति आफ्नै घरमै गर्न पाएका छैनन् । उनीहरु यौन हिंसा तथा दुव्र्यवहार र आफ्नै बुबा, हजुरबुबा, काका, दाजुभाइ, मामा आदिबाट बलात्कृत भएको घटनाहरु विद्यमान छ । दैनिक ६ जना नेपाली बलात्कृत हुँदा सरकारको जिम्मेवार पदमा रहेका पुरुषले नै अफ्रिकी मुलुकहरुमा भन्दा नेपालमा कम बलात्कृत हुने गर्छन् भनी अभिव्यक्ति दिइएको सुन्दा हामीहरुको आङ सिरिङ्ग हुन्छ । कति संवेदनशीलहीन छन् हाम्रा देशका नीति निर्माण तहमा रहेको पुरुषहरु भन्ने स्पष्ट रुपमा बुझ्न सकिन्छ । त्यस्ता गैरजिम्मेवार अभिव्यक्ति दिने हाम्रा देशका शासकहरुलाई जिम्मेवार बनाउन उनीहरुद्वारा नै पारित गरेको सुरक्षित मातृत्व तथा प्रजनन् अधिकार ऐन, ०७५ लाई हतियारको रुपमा प्रयोग गरी व्यवहारिक रुपमा कार्यान्यवन गर्न जोड गर्नु आममहिला दिदीबहिनीलगायत सम्पूर्ण जनमानस सोको बारेमा सुसूचित भई आफ्नो हक, अधिकार उपयोग गर्न समक्ष बन्नु र बनाउने अनुकूल वातावरण सिर्जना गर्नु तपाई हाम्रो दायित्व उत्तिकै रहन्छ । (डा. तामाङले अष्ट्रलियाको सिड्नी विश्वविद्यालयबाट प्रजनन् स्वास्थ्य तथा लैंगिक शक्ति सम्बन्धमा विद्यावारिधि गरेकी छन् ।) (बियोन्ड बेइजिङ कमिटी नेपाल र राइट हियर राइट नाउ नेपालको सहयोगमा)
प्रकाशित मिति: आइतबार, मंसिर ७, २०७७  ०४:०१
प्रतिक्रिया दिनुहोस्
थप विचार
अधिकार रक्षा र पहिचानको लडाइँमा अगस्ट ९ को सन्देश
अधिकार रक्षा र पहिचानको लडाइँमा अगस्ट ९ को सन्देश बुधबार, साउन २०, २०८३
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती मंगलबार, साउन १९, २०८३
बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ ! मंगलबार, साउन १९, २०८३
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं ! सोमबार, साउन १८, २०८३
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP