Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
विचार
  • Home
  • विचार
  • राजनीतिमा महिलाः यौन तथा प्रजनन् स्वास्थ्य अधिकार
राजनीतिमा महिलाः यौन तथा प्रजनन् स्वास्थ्य अधिकार
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, कात्तिक ४, २०७७
Shshila copy
Hardik health
देशको नागरिकहरूको भविष्य कस्तो बनाउने भन्ने कुराको निर्धारण राजनीतिले गर्दछ । राज्य सञ्चालनका लागि ऐन कानुन वा नीति नियम बनाउने र व्यवहारमा कार्यान्वयन गर्न जनतालाई दिशानिर्देशन गर्ने मेरुदण्ड नै राजनीति हो । नेपालको जनसंख्याको आधाभन्दा बढी हिस्सा (५१ प्रतिशत) महिला छन् । तर, नेपाली समाज सामन्तवादी पितृसत्तात्मक सोचवाट ग्रसित भएकाले महिलाहरू सबै क्षेत्रमा विशेष गरी राजनीतिमा पनि पछाडि पारिएको छ । महिलाहरू राजनीतिमा पछाडि पारिएकाले नीति निर्माण र निर्णय गर्ने तहमा प्रभावकारी स्थानमा पुग्न सफल भएका छैनन् । प्रकृतिले महिलाहरूलाई प्रजनन् (सन्तान उत्पादन) गर्ने क्षमता दिएर बलियो बनाएको छ । तर समाज र राज्यले त्यसलाई कमजोरी ठानी दोस्रो दर्जाको नागरिक बनाई पछाडि पार्ने जमर्को गरिएको छ । महिलाहरू पनि प्रकृतिले दिएको शक्तिलाई सहि रूपमा पहिचान गर्न नसकेर धर्म र आधारहीन भ्रमहरूमा परेका छन् । हरेक घरमा महिलाहरू सन्तान जन्माउने साधन र सित्तैमा काम गर्ने नोकर्नीको रूपमा १८ घन्टा खटिएका छन् । महिलाहरूले आफ्नो शरीर मनोरन्जन वा आय आर्जन गर्ने साधनका रूपमा सुम्पनु परेको छ । त्यसैले आज दिनहुँ बलात्कार, हिंसा र हत्याका घटनाहरू पत्रपत्रिकाको पानाहरू भरिने गरेर प्रकाशमा आइरहेका छन् । यस्ता घटनाहरू प्रकाशमा आउनुको मुख्य कारण महिला तथा समाजमा चेतनाको विकास हुनु हो । केहि मात्रामा महिलामैत्री नियम र कानुन पनि बन्नु हो । केही मात्रामा बिजुली र इन्टरनेटमा तथा सूचना सञ्चारमा पहुँच वृद्धि हुनु पनि हो । तर पनि समाज र न्याय प्रदायक व्यक्तिहरूको सोच र मनस्थितिमा ठोस र व्यवहारिक रूपान्तरण आइनसकेको र महिला भएकै कारणले विभिन्न प्रकारको हिंसा सहनु परेको छ । लोकतान्त्रिक जननिर्वाचित वहुमतको सरकारले अहिले पनि महिला तथा बालिकाहरूको जीवनमा ‘आफ्नो शरीर, आफ्नो अधिकार’ लाई प्रत्याभूत हुने काम गर्नु त कता हो कता ? अपराधीलाई कारबाहीसम्म पनि गर्न नसकेको देख्दा अचम्म लागेको छ । विभिन्न तरिकाले त्यस्ता यौन पिपासु अपराधीहरूले राजनीतिक व्यतित्वहरूको संरक्षणमा उन्मुक्ति पाउनाले अपराधहरू दिन दुई गुणा रात चौगुणा बढ्दै गएको छ । दिनदिनै वालिका तथा महिलाहरू असुरक्षित बन्दै गइरहेका छन् । प्रजनन्् स्वास्थ्यका कारण महिलाहरूको स्वास्थ्य कमजोर बन्छ । त्यसैले हाम्रो समाज र सरकारले महिला स्वास्थ्यसँग सम्बन्धित विषयहरूमा विशेष ध्यान दिनु पर्दछ । त्यसैले महिलाहरूले आफ्नो घरलाई व्यवस्थित बनाउन सक्छन् भने समाज र देशलाई पनि व्यवस्थित बनाउन सक्छन् । मुलतः महिलाहरू भान्छे हुन्छन् । अरुलाई मिठो मसिनो खुवाई सकेर पछाडि आफू खाने संस्कार बोकेका संस्कारी हुन्छन्– महिलाहरू । हाम्रो घर राम्रो बने समाज राम्रो बन्छ । समाज राम्रो बने देश राम्रो बन्छ । महिलाहरूको समस्या भनेको एउटा गम्भीर यौन तथा प्रजनन् स्वास्थ्य हो । यो सँग सम्बन्धित भएर अरु समस्याहरू आउँछन् । महिला समस्याहरू सबैसँग खुलेर कुरा गर्ने, समस्याहरूको बारेमा छलफल गर्ने वातावरण हाम्रो समाजमा छैन । यी समस्याहरू लिएर पुरुषबीचमा जानु अस्वाभाविक र असम्भवप्रायः छ । महिलाहरूको समस्याहरू पुगिहाल्यो भने पनि पुरुषहरूले सहज रूपमा स्वीकार गरेर नीति निर्माणमा प्रत्याभूत गर्न सकिरहेका छैनन् । त्यसैले जनसंख्याको आधा हिस्सा भएको नेपाली महिलाहरूको राजनीतिमा सक्रिय र अर्थपूर्ण सहभागिता बढाउनु पर्ने नितान्त आवश्यकता बनेको छ । त्यसैले अहिले न्याय हराएको देशमा नेपाल परिणत भएको छ । यूुाहरूमा निराशाले घर गरेको छ । भ्रष्टाचार व्याप्त छ । यस्तो परिस्थितिमा महिलाहरू भित्रको समाबेशीतालाई ध्यानमा राख्दै राजनीतिक नेतृत्वमा पुर्‍याउन सकियो भने देशमा भएको राज्य तथा सामाजिक संरचनामा परिवर्तन ल्याउन सकिन्छ । जसको प्रत्यक्ष प्रभावले समाजमा रूपान्तरण ल्याउन र सुखी, शान्ति तथा समृद्ध नेपाल बनाउन सकिन्छ । यो हाम्रो विश्वास हो । महिलाहरू हिजैदेखि उपेक्षित र उत्पीडित बनाई पछाडि पारिएको कारण उनीहरूलाई राजनीतिक नेतृत्वमा स्थापित गर्न सकियो भने दिगो विकास लक्ष्यको मुल नारा ‘कसैलाई पछाडि नपारौँ, सबैभन्दा पछाडि पारिएका समुदाय वा व्यक्तिमा सबैभन्दा अगाडि पुगौँ’ लाई कार्यरूपमा परिणत गर्न सम्भव हुन्छ । (बियोण्ड बेजिङ कमिटी र राइट हियर राइट नाउनको सहकार्यमा) (लेखक श्रेष्ठ बियोण्ड बेइजिङ कमिटीका अध्यक्ष हुन् ।)
प्रकाशित मिति: मंगलबार, कात्तिक ४, २०७७  ०४:५०
प्रतिक्रिया दिनुहोस्
थप विचार
अधिकार रक्षा र पहिचानको लडाइँमा अगस्ट ९ को सन्देश
अधिकार रक्षा र पहिचानको लडाइँमा अगस्ट ९ को सन्देश बुधबार, साउन २०, २०८३
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती मंगलबार, साउन १९, २०८३
बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ ! मंगलबार, साउन १९, २०८३
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं ! सोमबार, साउन १८, २०८३
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP