Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
विचार
  • Home
  • विचार
  • नेपाली समाज र यसमा पाश्चात्य संस्कृतिको प्रभाव
नेपाली समाज र यसमा पाश्चात्य संस्कृतिको प्रभाव
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, असोज २३, २०७७
sudip pic 1
Hardik health
नेपाल भन्नेबित्तिकै यसको उत्पत्ति कसरी भयो भन्ने लाग्छ । तर, सबैले यसको बारेमा नेपाल भनेर पढ्छन् । यसको खोज वा उत्पत्तिबारे धेरै नै अनभिज्ञता नै रहेको पाइन्छ । हुन त यसको ठ्याक्कै यही नै हो भनेर ठोकुवा त गरेको पाइँदैन तर पनि प्राचीन समयमा भन्दै वा त्यसको नामबाट अपभ्रंश भएर आएको पाइन्छ । जस्तैः भाषाका आधारमा उल्लेख गर्दा नेपाल शब्दको व्यूत्पत्ति केलाउने हो भने तिब्बती, नेवारी, किराँती, संस्कृत र लेप्चा भाषाहरूमा नेपाल शब्दको अर्थ खोज्न प्रयास गरेका छन् । जहाँ तिब्वती भाषामा नेपालको अर्थ ‘ने’ को अर्थ घर र ‘पाल’ को अर्थ ऊन हुने हुँदा यसको अर्थ ‘उनको घर’ भन्ने नेपाल शब्द प्रयोग गरेको पाइन्छ । त्यस्तैः लेप्चा भाषामा ‘न’ पवित्र ‘पाल’ भनेको देश वा पवित्र गुफा वा पवित्र देश भन्न्ने अर्थमा नेपाल शब्दको प्रयोग भएको मान्ने चलन देखिन्छ । संस्कृत शब्दको ‘नि’ उपत्यका र ‘आल’ घर हुँदा यो नेपाल रहन गएको तर्क पनि पाइन्छ । यसरी भाषागत आधारमा नेपाल शब्दको व्यूत्पत्ति केलाउने प्रयत्न विभिन्न रूपमा गरिएका भए पनि कुनै पनि ठोस प्रमाणमा आधारित भने छैन । तर जे होस्, हाम्रो देश नेपाल नै हो र नेपाल नाममा नै चिनियो । यो नै हाम्रो राष्ट्रको चिनारीको नाम नै नेपाल हो । नेपाल एक भूपरिवेष्ठित राष्ट्र हो । जहाँ पूर्वपश्चिम र दक्षिणमा भारत उत्तरमा चीन रहेको छ । यी दुई ठूला देशका बीचमा रहेको नेपाल एक भीरमा फलेको फर्सी वा अप्ठ्यारो ठाउँमा भलेको तरुलको संज्ञा दिइन्छ । त्यसैले दुई ढुंगाबीचको तरुलको रूपमा रहेको छ । जहाँ यी ठूला ठूला राष्ट्रका बीचमा भएर पनि सदियौँदेखि थिचिँदै मिचिँदै आफ्नो नाम राख्न पछि परेको छैन । नेपाल कतै वीर गोर्खाली, कतै गौतम बुद्धको जन्मभूमि, कतै सीता र भृकुटीजस्ता नारी जन्माएको देश त कतै भने कलाकार अरनिको त कतै संसारमा सबैभन्दा उच्च शिखर सगरमाथा र संसारमा सबैभन्दा होचो रहेको समुन्द्री सतहबाट झापाको केचनाजस्ता कुराहरूबाट नेपालले संसार सामु आफ्नो नाम राख्न सक्षम रहेको छ । नेपालको कुरा गर्दा हामीले यसको समाज अनि स्रस्कृतिको बारेमा बुझ्न पनि एक पक्ष महत्वपूर्ण हुन जान्छ । जहाँ मानव बस्ती हुन्छ त्यहाँ समाजको वा एक मानव झुण्ड तयार हुन्छ, त्यसलाई नै एक समाज वा समूहको संकेत गरिन्छ । नेपाल पनि एक बहुसंस्कृतिक, बहुभाषिक, बहुजाति, बहुधार्मिक र बहुलताले भरिएको एक सुन्दर बगैँचाको विभिन्न किसिम किसिमका पूmलहरू रहेजस्तै गरी रहेको एक सुन्दर बगैँचा नगरी पवित्र, आर्कषक र मनमोहक देश हो नेपाल । यसरी बहुलतामा रमेर रहेको देशको आ–आफ्नै समाज र संस्कृतिको महत्व बोकेको छ । नेपाल सांस्कृतिक विविधताले भरिएको देश हो । केही संस्कृति तिब्बत र केही भारतसँग मिल्दाजुल्दा देखिनुका साथै यहाँको भेषभूषा, भाषा तथा खाना तथा परिकारहरूमा पनि धेरै समानताहरू पाइन्छन । यहाँ विविध प्रकारका जातजाति, पेसा, परम्परा, भाषा, धर्म भए तापनि तिनीहरूको समष्टिरूप नै नेपाली संस्कृति हो । नेपाली संस्कृतिमा एकले अर्कासँग कुनै धर्मको झैझगडा नगरी सबै मिलेर बस्ने, दसैँ, तिहार, छठ, इद, क्रिसमस,उधौली, उभौली, ल्होसार, बुद्ध पूर्णिमा, तिजजस्ता विविध चाडबाडमा एक धर्मका सम्प्रदायले अर्को धर्मको यस्ता चाडबाडमा अपार हर्षोउल्लासका साथ मनाउने गरेका, सत्यताको प्रशंसा, असल मनसायले कुनै काम गरेर यदि गल्ती भएमा आममाफी दिने, असल कार्यको आदर सम्मान गर्ने, आफ्ना घरमा आएका पाहुनालाई भगवान्को रूपमा पूज्ने शैली, विभिन्न पाटी, पौवा, मठ, मन्दिर, धर्मशाला, कुलो, पैनी, इनार, चौतारो, धारो, कुवा, अनाथलय, वृद्धाश्रम, विद्यालय, तथा विविध प्रकारका सार्वजनिक कार्य आदिको निर्माणमा परोपकारको भावनाले ओतप्रोत भएर काममा समाहित भएर दिलो ज्यान दिने, विभिन्न धर्म तथा पाठशालामा दिइने दानवीरको गौरव गाथा गर्नेजस्ता विविध विषवस्तुहरूको विशेषताले गर्दा नेपाली संस्कृतिलाई अनुकरणीय बनाएको छ । अन्य मुलुककोजस्तो एक धर्म एक संस्कृति भएको देश होइन । साथै यस देश नेपालमा हिन्दू, मुस्लिम, क्रिस्चियन, बुद्धिस्टलगायत विविध धर्म संस्कृति मान्नेहरूको बसोबास भएको देश हो । यहाँ हजारौँ मन्दिर, सैयौँ गुम्बा, मस्जिद र चर्चहरू रहेका छन् । यस्तो बहुल धर्मावलम्वीको आ–आफ्नो चाडबाड मनाउँदा कसैले पनि एकले अर्काको धर्म संस्कृतिप्रति अनुदार भाव र अवरोध गर्दैनन्, यहाँ धार्मिक सहिष्णुता रहेको छ । एक धर्मले अर्को धर्मको रीतिरिवाज र संस्कृतिलाई सम्मान गर्ने चलन छ । त्यसैले नेपाली जातजाति, भाषाभाषी, धर्म, संस्कृति आदिका मानिसहरू फुटेर होइन, जुटेर या एकताबद्ध भएर बसेका छन् । यस्तो अद्भूत क्षमताशिल नमुना नेपालमा मात्रै पाइनुले नेपाललाई अनेकतामा एकता भएको देशको रूपमा नेपाली संस्कृतिलाई मानिन्छ । त्यसैले हाम्रो देश नेपाल प्राचीन समयदेखि नै विभिन्न चरणहरू वा कालखण्डहरू पार गर्दै अहिलेको यो बदलिँदो एक्काइसौँ शताब्दीको कालखण्डमा रुमलिरहेको हामी देख्छौँ । जहाँ पुरानै रीतिथिति, पुरानै संस्कृति र पुरानै लवज यदाकदा हामी देखिरहेका पाउँछौ । तर, कतिपय ठाउँमा नेपालमा यी पुराना रीतिरिवाज वा संस्कृतिको जगेर्ना गर्नुपर्ने अवस्थामा पनि हामी पाउँछौँ । नेपाली समाज रूपान्तरणको क्रमलाई अहिले चरमविन्दुमा पुगेको भान हुन्छ । हुन त हाम्रो धार्मिक दर्शनको भनाइ मान्ने हो भने पनि अब कलियुगको प्रारब्ध मानिन्छ । समाजमा विकासको नाममा हुने गरिने विकृतिले विनाशको आमन्त्रण गरिरहेको देखिन्छ । ५०÷६० वर्ष पहिलेको नेपाली समाज र अहिलेको नेपाली समाजलाई तुलना गर्ने हो भने पनि यो कुन बाटोतर्फ उन्मुख हुँदै छ भन्ने अनुमान गर्न कठिन छैन । यो एक्काइसौँ शताब्दीको विज्ञान र प्रविधिको विकासले ल्याएको समाजको परिवर्तनले आधुनिकतातर्फ धकेल्न सहज बनाएको छ । आधुनिकतातर्फ उन्मुख हुँदै गएको समाजको दृष्टान्तलाई हेर्दा परिवर्तनको गन्तव्य सहि छ वा गलत भनेर यकिन गर्न हम्मेहम्मे नै परेको छ । यो कुरालाई हाम्रो समाजमा नै भएका केही दृष्टान्तले प्रष्ट पार्दछ । यो कसरी भयो ? यो किन भयो ? कसको कारणले भयो ? यो हटेर गयो भने नेपालको पहिचान के रहला ? हाम्रो चिनारी के हुनेछ ? यसको जिम्मेवारी कस्ले लिने ? जस्ता कुराहरूको खोज हुनु जरुरी छ । साथै अहिलेको नेपाली समाज अनि संस्कृतिमाथि पश्चात्य अतिक्रमण भएको हामी पाउँछौँ । यहाँको ठाउँ–ठाउँ, बस्ती बस्तीहरूमा पश्चात्य संस्कृतिको शिक्षा, जीवन शैली अनि तिनीहरूको सिको गर्नु वा गर्न कोसिस आदि इत्यादिका कारणले अहिले नेपाली समाज र संस्कृतिको गिर्दो क्रममा रहेको पाइन्छ । हाम्रो देश नेपालमा अहिलेको यो जडकिँदो अवस्था बढीभन्दा बढी युवा पुस्ता बेरोजगार, शिक्षा तथा तालिमको अभाव, अभिमुखीकरणको अभाव, अशान्ति, देखासिखीको परम्परा, गरिबीजस्ता विषयकमा सरकारबाट कुनै पनि युवा पुस्ताका लागि अवसरको खोज नहुनुजस्ता विविध पक्षको प्रभावका कारण युवापुस्ता विदेशिएको हामी पाउँछौँ । यसरी अहिले नेपालमा बढीभन्दा बढी युवा पुस्ता २० देखि ३५ बर्षको हाराहारी उमेरका ब्यक्तिहरू बाहिरिएको पाइन्छ । यसरी यी देशका कर्णदारहरू बाहिरिएको र यिनै राष्ट्र निर्माता हुन्, जो राष्ट्रबाट बाहिरिँदै जाँदा राष्ट्र एक युवापुस्ताको अभाव त अर्को राष्ट्रीय विकासमा नै बाधक तत्वको रूपमा रहन्छ । साथै यी युवा जमात नै त्यो अर्काको कला, संस्कृति, भेषभूषा भाषालगायत विविध पक्षबाट प्रभावित भएर नेपाली समाज र संस्कृतिमाथि नै गम्भीर चुनौती रहेको अवस्था छ । जहाँ नेपाल एक हिन्दू अधिराज्य भनेर चिनिने राष्ट्र आज धर्मनिरपेक्ष भएको छ, जहाँ ०७२ को संविधानले यसलाई स्विकारेको छ । साथै अहिले ८० प्रतिशतभन्दा बढी हिन्दू जनता पनि त्यसमा कमी रहेको अनुमान हामी गर्न सक्छौँ । जहाँ अहिले नेपालमा क्रिस्चियन धर्मको प्रचारप्रसार यो एक धार्मिकतामाथि अतिक्रमण हो भन्न सक्छाँै । यो त रह्यो धर्मको कुरा, हामी बजारमा देख्न सक्छौँ, विभिन्न किसिमका ड्रेस सजाएर बेच्न राखिएको वैदेशिक फेसन सोमा देखाइने कपडा अनि पाश्चत्य संस्कृतिमा लगाइने भेषभूषा त्यति मात्रै होइन, अहिले हामीले बोल्ने भाषामा मिश्रण छ । खोई, नेपाली भाषामा शुद्धता ? हामीले खाने खानामा हेरौँ त खोइ नेपाली भान्छा ? अनि हामीले बजाउने बाजागाजामा हेरौँ, खोइ हाम्रो नेपाली लोक संस्कृति झल्कने खालका नौमतीबाजा, ढोलक अनि झ्याम्टा ?यी त सब अब संग्रहलयमा सजाए भयो । यो त अब प्राचीन भयो । हामीले यसको प्रयोग र संरक्षणभन्दा पनि देखासिखी अनि अरुको कला संस्कृतिमा रम्ने प्रवृति बढी हाबी रह्यो, जसको कारण आज हामी आफ्नो समाज र संस्कृतिलाई निर्मूल पार्दै छौँ । यसको संरक्षण अब संग्राहलयमा र किताबी पानामा मात्र सिमित रहलाजस्तो देखिन्छ केही वर्षपछि । नेपाली समाजको राम्रो पक्ष भनेको आत्मीयता र अपनत्व लिने संस्कार हो तर आजकाल यस्तो सस्कार धारासायी हुँदै गएको छ । सबैमा आफ्नै परिवारभित्रको सदस्यझैँ माया, सम्मान र आदार गर्ने संस्कारी स्वाभाव नेपाली समाजमा यो संस्कारमा पनि कालो बादल लाग्न थालेको छ । त्यति मात्रै होइन, नेपाली समाज हेर्ने हो भने पनि अहिले पहिलाको जस्तो समाज, परिवारमा पहिलेजस्तो पारिवारिक माया, ममता, आदर सत्कार र सम्मान रहेको पाइँदैन । जहाँ पहिला परिवार एक संयुक्त वा वृहत रूपमा नै बढी देखिन्थ्यो । त्यहाँ मान—सम्मान, आदर अनि कसले के गर्ने कसलाई के भन्नेजस्ता निर्णयका साथ परिवार अनि समाज चल्थ्यो । तर अहिले नेपालको सन्दर्भमा भन्नुपर्दा त्यो विल्कुल नै हटेर यो एकांकी समाजको रूपमा नेपाली समाजको विकास र विस्तार हुँदै जान थालिसकेको छ । संयुक्त परिवारमा मिलेर बसेको यदाकदा हामी चामालमा बियाँ खोजेजस्तो मात्र पाउँछौँ । दया, माया, करुणा, सत्य, इमानदारी, अनुशासन, अहिंसा, परसेवा आदि कुराहरू चटक्कै बिर्सिएकाले पनि हुन सक्छ । अहिले देखासिखिरूपमा विकास हुँदै आएको लिभिङ टुगेदर याने की सँगै बस्ने यो प्रथा पनि पश्चिमी संस्कृतिको उपजको रूपमा नेपालको सहरी क्षेत्रमा भित्रिइसकेको छ । साथै जन्म दिनको शुभ दिनमा मनाइने जुन हाम्रो संस्कृति ब्राह्मण बोलाएर पूजापाठ गरी दान दक्षिणा दिने, आमा, बुबाको हातबाट टीका लगाएर शुभ आशिर्वाद लिनुका साथै आफ्mन्तजनहरूलाई पनि बोलाई उनीहरूबाट आशिर्वाद ग्रहण गर्ने र दियो बालेर जन्म दिनको शुभकामना दिने र मिष्टान्न भोजन प्रसादको रूपमा ग्रहण गर्ने चलन जुन संस्कार रहेको थियो त्यो पनि हटेर अहिले पश्चिमी संस्कृतिको चलन विभिन्न आकार र प्रकारका स्वादमा प्रविष्ट र केकमा मैनबत्ती बालेर त्यसलाई निभाएर जन्म दिन मनाउने संस्कारको विकास भएको पाइन्छ । यो कसरी भयो ? किन भयो ? यसको आकृतिमा परिवर्तन ल्याउनुमा कसको भूमिका रहेको छ ? यसलाई यस्तैगरी छाड्ने हो भने आउँदा दिनहरूमा कस्तो होला ? खोइ यसको कुनै कुरामाथि कसैले चासो देखाएको पाइँदैन । किनकि अब नेपाली समाज विस्तारै आफ्नो बृहत परिवार अनि समाजमा मानिने विभिन्न किसिमका संस्कृति अनि गरिने विभिन्न किसिमका चालचलन, व्यवहार तोडिँदै पाश्चात्य संस्कृतिलाई जोड दिएको पाउँछौँ । जहाँ परिवारमा बढीभन्दा बढी एकल परिवार अनि धर्म र संस्कृतिमा परिवर्तन, लवाइ–खुवाइमा परिवर्तनका साथै उनीहको व्यवहारमा परिवर्तन देखिनु नै नेपाली समाज अनि संस्कृतिमा हत्या हुनु शिवाय अरु के नै छ र ? (लेखक रैला समाज कुलदेवता मन्दिरपराशर आश्रम, काठमाडौं, नेपाल, ०७६’ को संस्थापक अध्यक्ष र आजीवन सदस्यका साथै त्रिभुवन विश्वविद्यालयअन्तर्गत आमसञ्चार तथा पत्रकारिता विभाग स्नाकोत्तर तह चौँथो सेमेस्टरका विद्यार्थी पनि हुन् ।)
प्रकाशित मिति: शुक्रबार, असोज २३, २०७७  ०७:२८
प्रतिक्रिया दिनुहोस्
थप विचार
अधिकार रक्षा र पहिचानको लडाइँमा अगस्ट ९ को सन्देश
अधिकार रक्षा र पहिचानको लडाइँमा अगस्ट ९ को सन्देश बुधबार, साउन २०, २०८३
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती मंगलबार, साउन १९, २०८३
बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ ! मंगलबार, साउन १९, २०८३
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं ! सोमबार, साउन १८, २०८३
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP