Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
विचार
  • Home
  • विचार
  • महिलाहरू ओहदा मै अलमलिँदा समस्या ज्यूँका त्यूँ
महिलाहरू ओहदा मै अलमलिँदा समस्या ज्यूँका त्यूँ
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, असोज १६, २०७७
Juna g
Hardik health
गृहमन्त्री रामबहादुर थापाले बलात्कारका घटनाबाट नेपाल चिन्तित हुनु पर्ने अवस्था नभएको भन्दै दिएको अभिव्यक्ति गैरजिम्मेवारपूर्ण छ । बालिका र महिला बलात्कृत हुनेको संख्या बिश्वका अन्य देशको भन्दा नेपालमा कम हुने गरेको भन्दै चिन्तित नहुनु पर्ने अवस्था भएको भन्दै गृहमन्त्री थापाले दिएको यस्तो अभिव्यक्ति गैरजिम्मेवारपूर्ण हो । प्रत्येक दिन ६–७ जना बालिका र महिला बलात्कृत हुने घटनालाई हलुका ढंगले दिएको अभिव्यक्तिले बलात्कारजस्तो अपराधलाई पश्रय पुगेको आभास गराउँछ । पछिल्लो समय सम्झना कामीको बलात्कार गरी हत्या गरेको घटनाले सबैलाई लज्जित बनाएको छ । एउटा निर्दोष बालिका बलात्कृत भएर हत्या गरिनु पर्ने अवस्था सिर्जना हुँदासमेत राज्यले भने निरिह अभिव्यक्ति दिने गरेको छ । यी त प्रतिनिधिमूलक घटना मात्र हुन् । धेरै बालबालिका बलात्कृत भएका छन् तर, सरकारले यसको खोजी गर्नका लागि तत्परता देखाएको पाइँदैन । त्यसमा पनि महिला अधिकारकर्मीहरूसमेत त्यत्ति गम्भीर देखिँदैनन् । हुन त नेपालमा राष्ट्रपति महिला छन्, विद्यादेवी भण्डारी । राष्ट्रपति महिला भएको देशमा यसरी निर्दोष बालिका बलात्कृत हुनु पर्ने, त्यसमा पनि हत्या नै गरिनु पर्ने र ग्रामीण दूरदराजका महिलाहरू बलात्कृत हुनु पर्ने र यौन दुव्र्यवहार भएको घटना बढ्नु निकै दुर्भाग्यपूर्ण हो । महिला सशक्तीकरणको नारा दिएर ओहदामा पुग्दैमा सबै महिलाका हक, अधिकार पूरा भए भन्ने होइन । समस्या ओहदाको होइन, महिलालाई हेर्ने दृष्टिकोणमा छ । तमाम दूरदराजका महिलाहरूको सशक्तीकरणमा छ । तर, त्यो केही महिलाहरू उच्च ओहदामा पुगे पनि समस्या ज्युँका त्यूँ छ । विश्व परिवेशमा महिलाको समग्र अवस्थाको मूल्यांकन गर्दा पनि महिलामाथि सामाजिक, राजनीतिक, आर्थिक, सांस्कृतिकलगायत विभेद् भएको देखिन्छ । यो सँगै आर्थिक रूपमा महिलाहरू बढी शोषित भएको पाइन्छ । यसको अन्त्यका लागि पछिल्लो समयमा सबैभन्दा बढी छलफल र बहस भएका छन् । महिलाका अधिकार र समान पहुँचका लागि विश्वमा धेरै प्रयास भएका छन् तर, सोचेजस्तो उपलब्धि हासिल हुन सकेको छैन । नेपालमा पनि लोकतन्त्र र गणतन्त्रको प्राप्तिसँगै सहरदेखि गाउँसम्म महिला सशक्तीकरणको कुरा गरिँदै आएको छ । तर, ठोस रूपमा महिलाका अधिकारका विषयमा अझै टुंगोमा पुग्न सकेको छैन । अहिले महिला अधिकार र सशक्तीकरणभन्दा पनि टाठाबाठा महिलाहरूले उच्च ओहदा र प्रतिष्ठासँग महिला अधिकार र सशक्तीकरणका विषयलाई जोडेर महिलाको नाममा आफू ओहदामा पुग्न लालायित हुँदा समस्या ज्यूँका त्यूँ रहको हो । महिला सशक्तीकरण, पुहँच, अधिकार र समानताको विषय ग्रामीण क्षेत्रका महिलाहरूमा आवश्यक छ । तर, यस्ता विषयहरूलाई कागजी रूपमा उठाएर सहर केन्द्रित महिलाहरू ओहदामा पुग्न चाहन्छन् । सत्ता प्राप्ति र उच्च ओहदामा पुग्दैमा महिलाका यावत् अधिकार पूरा भइहाले भन्ने होइन, यो भन्दा अगाडि महिलाको शिक्षा, स्वास्थ्य र पुरुष समान पहुँचका विषयमा महिलाहरूले बुझ्न जरुरी छ र बुझाउनु पनि जरुरी छ । हुन त महिला सशक्तीकरणका कुरा नउठेको औपचारिक कार्यक्रम बिरलै होला ? नेपाल सरकारले आयोजना गरेको होस् या बिभिन्न संघसंस्था र गैरसरकारी संघ, संस्थाले आयोजना गरेको राजनीतिक, आर्थिक, प्रशासनिक, सामाजिक जुनसुकै कार्यक्रममा आमन्त्रित राष्ट्रपतिदेखि सबै वक्ताहरूले नछुटाउने विषय नै यहि हो । तर, यी सबै विषय आफू ओहदामा पुग्नका लागि उठाइने गरिएको छ । ओहदा र प्रतिष्ठाका कारण तमाम महिलाहरूका समस्या ओझेलमा पारिएका छन् । ओहदामा पुगेपछि महिलाका सबै अधिकार प्राप्त भयो भन्ने गलत मानसिकता अहिले पनि हाबी हुँदै गएको देखिन्छ । नेपालकै सन्दर्भमा हेर्ने हो भने पनि संसदमा केहि महिलाले प्रतिनिधित्व गर्छन्, सर्वोच्च अदालत, सभामुखलगायत केही संवैधानिक आयोगमा महिला प्रमुख भएका छन् । सभामुख हुँदै राष्ट्रमै उच्च ओहदा राष्ट्रपतिमा महिलाको नेतृत्व छ । तर, यो सँगै प्रश्न चिह्न पनि खडा भएको छ । त्यसो भए किन त अहिलेसम्म महिला सशक्तीकरणका विषमा तमाम महिलारुको हितका लागि अगाडि बढ्न सकेनन् त ? किन दैनिक ६–७ जना बालबलिका र महिला बलात्कृत हुनु परिरहेको छ ? राजनीतिक नेतृत्वमा समेत महिलाको उपस्थिति हुँदासमेत ग्रामीण क्षेत्रमा बसोबास गर्ने महिलाहरूको समावेशिता, पहुँच र सशक्तीकरणको विषय किन ओझल मै छन् ? दक्षिण एसियामा अझै भनौँ नेपालको घटनाक्रममा बढी नै देखिन्छ । इतिहासलाई हेर्दा नेपाली नारीहरूका लागि दर्दानक, हृदय विदारक घटनासमेत भएको हामी पाउँछौँ । चन्द्र समशेरले १९७७ मा सति प्रथाको अन्त्य गरेसँगै नेपाली नारीहरूको सबैभन्दा ठूलो उपलब्धिको रूपमा इतिहास साक्षी छ । नेपाली समाजको आधुनिकतातर्फ तीव्र रूपान्तरणसँगै समय बदलिँदै गएको छ । शिक्षाको कुरा गर्दा यसको महत्व दरबारीया, राणा र विलासी परिवारमा मात्र नभई मध्यम वर्गीय केही मानिसहरूमा समेत पुगेको देखिन्छ । संस्कृत पाठशालाहरूमा समेत सर्वसाधरणको विस्तारै पहुँच पुग्न थाल्यो । शिक्षाको अवसर पाउनबाट वञ्चित नेपाली समाजले उपत्यका बाहिर खोलिएका पाठशालाहरूबाट थोर बहुत रूपमा राहत महसुस गर्न थाले । यसरी वामे सर्दै नेपाली समाज अहिलेको २१औँ शताब्दीमा आइपुगेको छ । समय परिवर्तनशील छ । थोर बहुत परिर्वतन भए पनि समय सान्दर्भिक परिवर्तन भने हुन सकेको छैन । महिला अधिकार प्राप्ति, सशक्तीकरण, महिलाका आर्थिक, सामाजिक, सांस्कृतिक अधिकार प्राप्ति केवल ओहदासँग तुलना गर्न कदापि मिल्दैन । ओहदामा पुगेपछि महिलाका सबैखाले अधिकार पूरा भयो भनेर सोच्ने मनोवृत्ति तमाम महिलाहरूका लागि घातक छ । पुरुष र महिलाका अधिकार समान भनिए पनि व्यवहारतः कार्यान्वयनमा आउन सकेको छैन । जहाँ नारीको सम्मान हुन्छ, त्यहाँ देवता पनि खुसी हुन्छन् भन्ने शास्त्रीय ज्ञानको सम्मान गर्ने हो भने समाज लैंगिक हिंसामा निकै सुधार आउने देखिन्छ । नारी भएकै कारण समाजबाट अवहेलना खेप्नु परेको छँदै छ । जीवनका आधारभूत आवश्यकतामा छोरा र छोरीबीच आफ्नै बुबाआमाबाट फरक व्यवहार को सामना गर्नु पर्ने बाध्यता कायमै छ । छोरी जन्मँदा नाक खुम्च्याएर दोष महिलालाई दिने हाम्रो समाजमा विद्यमान छ । शिक्षाको कुरो गर्दा अझै पनि छोरोलाई महँगो बोर्डिङ र छोरीलाई सरकारी सस्तो स्कुलमा पढाउने अभिभावक हाम्रो समाजमा अझै देख्न सकिन्छ । तुलनात्मक रूपमा भूमिका बढी हुने हुँदा छोरीलाई आमाले बढी विभेद् गरेको पाइन्छ । यसरी नारीले नारीमाथि विभेद् र शोषण गर्दा के समाज रूपान्तरणको खोक्रो कल्पना सत्य सावित होला ? प्रश्न खडा भएको छ । महिलाको जनसंख्या ५१.५ प्रतिशत भएको देशमा महिला सहभागिता ३३ प्रतिशतमा खुम्च्याइनु कत्तिको न्यायोचित हुन्छ ? शिक्षा सेवामा महिला उपस्थिति निजामतिमा ११ प्रतिशत र सुरक्षा निकायमा भन्दा तुलनात्मक रूपमा केही बलियो छ । घर, जग्गा स्वामित्वको कुरा गर्दा पनि महिलाको नाममा असाध्य थोरै छ । हुन त महिला आफैँ पनि जागरुक हुन नसक्दा उनीहरू आफैँ अगाडि बढ्न सकेका छैनन् । राज्यले लिने नीतिका कारण पनि उनीहरू सामाजिक थिचोमिचो मै छन् । तर, सबै दोष राज्य, पुरुष र केही नारीहरूलाई थुपरेर तमाम नारीहरू चोखिन पनि मिल्दैन । पुरुष र महिलाको समाजमा आ–आफ्नै भूमिका भएकाले गर्दा सबैको दायित्व उत्तिकै हुनुपर्छ । नेपालमा महिलाको मौलिक हक, अधिकार, उत्थान र सशक्तीकरणका लागि विभिन्न संघ, सस्था स्थापना भएसँगै अहोरात्र त लागेका छन् तर, परिणाम देखिन सकेको छैन । महिलाको उत्थानको नाममा राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रिय दिवस मनाइन्छ तर, महिलाको अवस्था भने गाउँमा त्यस्तै छ । जबसम्म समान अवसर र राज्य सञ्चालनको सबै क्षेत्रमा समान पहुँच पुग्दैन, तबसम्म महिलाको उत्थान हुन सक्दैन । समृद्ध र सिर्जनशिल समाजको स्थापनाका लागि महिलारु आफ्ना हक र अधिकारप्रति जागरुक हुनु पर्ने देखिन्छ । त्यसमा पनि महिला–महिलाबीच हुने विभेद् अन्त्य हुनु आवश्यक छ । महिलाहरू बौद्धिक, तार्किक, मानसिक, समाजिक र आर्थिक रूपमा सम्पन हुनु जरुरी छ । र, त्यतातिर महिलाको उत्थान र विकासका लागि काम गर्ने संघ, संस्थाको ध्यान जानु जरुरी पनि छ । त्यसैले महिलाहरूलाई संवैधानिक, सांगठनिक अधिकार सम्पन्न गर्न र उनीहरूको सशक्तीकरणका लागि ओहदा मात्र नभई सोचमा परिवर्तन ल्याउन जरुरी देखिन्छ । त्यसैले भन्न सकिन्छ की ओहदाका लागि मात्र मरिहत्ते गर्ने महिलाहरूबाट तमाम महिलाहरूको सशक्तीकरण सम्भव देखिँदैन ।
प्रकाशित मिति: शुक्रबार, असोज १६, २०७७  ०६:११
प्रतिक्रिया दिनुहोस्
थप विचार
अधिकार रक्षा र पहिचानको लडाइँमा अगस्ट ९ को सन्देश
अधिकार रक्षा र पहिचानको लडाइँमा अगस्ट ९ को सन्देश बुधबार, साउन २०, २०८३
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती मंगलबार, साउन १९, २०८३
बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ ! मंगलबार, साउन १९, २०८३
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं ! सोमबार, साउन १८, २०८३
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP