Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राजु योञ्जन तामाङ
  • #शिक्षा
  • #वैदेशिक राेजगार
  • #ट्रक_यातायात
  • #टेलिकमको ‘अफर’
  • #सतिशकुमार_सिंह
  • #नारायणगढ–मुग्लिन सडक
  • #भोजपुर
  • #मिस्टर_नेपाल
Search Here
समाचार
  • Home
  • समाचार
  • बिमानस्थलमा जनशक्ति अभाव
बिमानस्थलमा जनशक्ति अभाव
admin123
admin123 शुक्रबार, चैत १६, २०७४
Hardik health
हेमराज भट्ट नेपालगञ्ज/बिमानस्थल अति सम्बेदनशिल क्षेत्र हो, जहाँ सुरक्षा देखि अग्नी नियन्त्रण सम्मका लागि दक्षजनशक्ति अहरोत्र खटिनुपर्दछ । कुनै पनि बेला बिमानस्थलमा घटना, दुर्घटनाहरु हुनसक्दछन् । सम्भावित दुर्घटना हुन नदिन उच्च सर्तकता जरुरी हुन्छ । तर नेपालगञ्ज बिमानस्थलमा रहेको अग्नी निवारण तथा जीवन उद्धार शाखा जनशक्तिको अभावमा कार्यगरिरहेकोछ । लामो समय देखि कर्मचारी दरबन्दी रिक्त हुँदा उक्त शाखा जेनतेन चलिरहेकोछ । २४ सै घण्टा सतर्क अवस्थामा रहनु पर्ने शाखामा लामो समय देखि कर्मचारी दरबन्दी पूर्ण नहुँदा भएका कर्मचारीहरुले सास्ति भोगेर काम गर्नु परिरहेकोछ । बिमान स्थलमा आवागमन गर्ने विमानहरुको सुरक्षा तथा सम्भावित जोखिम न्यूनिकरणका लागि खटिनुपर्ने उक्त संबेदनशिल शाखामा दरबन्दि अनुसारको जनशक्ति नपठाउनु नागरिक उड्ययन बिभागको चरम लापरवाही र बेवास्ता हो । पदपूर्तीका लागि पटक—पटक बिभाग, केन्द्रसँग माग गर्दा पनि सम्बन्धित निकायले चासो नदेखाएको श्रोत बताउँछ । जानकारी अनुसार, सो शाखामा १७ जना कर्मचारीहरुको दरबन्दि रहेको छ तर हाल ११ जना कर्मचारीहरु मात्रै कार्यरत छन् जसमा २ जना काजमा अन्यत्रै खटाईएपछि ९ जना कर्मचारीहरुले सो भार थेगिरहेका छन् । कर्मचारी कम हुँदा हाजिर भएका कर्मचारीहरुले बढि समय खटिनुपर्ने बाध्यता रहेको एक कर्मचारीले बताए । दोहोरो ड्युटीको मारमा परेपछि कर्मचारीहरुले समेत थप कर्मचारी माग गर्दै कार्यालय तथा युनियनहरुसँग पटक—पटक हार गुहार गर्दापनि समस्या समाधानकोे पहल नभएपछि खाए खा, नखाए घिच् भनेझैं जवरजस्ति काम गर्न बाध्य भईरहेको कर्मचारीहरुको भनाईछ । हप्तामा एक दिन कर्मचारीले बिदा लिन पाउने प्रावधान भएपनि सो शाखाका कर्मचारीहरुले बिदा नपाउने गरेको बताईन्छ । बढि समय काम गरेमा थप पारिश्रमिक पाउने प्रावधान भएपनि सो पारिश्रमिकबाट बञ्चित भईरहेको श्रोतले बतायो । जोखिमको आधारमा कर्मचारी सँख्या बढ्दै जानुपर्नेमा बर्षेनी कर्मचारीको संख्या घट्दै गएको बताईन्छ । १७ जनाकै दरबन्दि पूर्ण हुन नसकेपनि १२ जना सम्म नियमित कर्मचारी पुर्ती गरी ६ जनाको दुई सिफ्ट बनाएमा कर्मचारी मारमा नपर्ने एक कर्मचारीले बताए । बिमानस्थलको अग्नी निवारण तथा जीवन उद्धार शाखाले शहरमा हुने आगलागीमा समेत सहयोग गर्ने भनिएपनि बिमान स्थलकै सुरक्षाका लागि खट्नुपर्ने जनशक्ति अभाव भएपछि बाहिर हुने आगलागिमा बिमान स्थलको फायर फाईट टिम जाने कार्य असम्भवप्रायः बन्दै गएको बताईन्छ । बिमान स्थलको फायर फाईट टिम आगलागि नियन्त्रणमा जान नसकेपछि बाहिर हुने आगलागि नियन्त्रणका लागि नेपाली सेना र प्रहरी खटिदै आएको छ । बिमानस्थलको अग्नी निवारण शाखाका कर्मचारीहरुलाई गाडी अपरेट गर्ने, पाईप समात्ने, बिशेष प्रकारको सुट सहित अग्नी नियन्त्रणको बिशेष प्रकारको तालिम प्रदान गरिएको हुन्छ । यस बारेमा नागरिक उड्ययन कार्यालय नेपालगञ्ज बिमानस्थलका अग्नी निवारण तथा जीवन उद्धार शाखाका प्रमुख प्रेम बहादुर चन्दलाई सोध्दा उनले जवाफ दिन चाहेनन् । कर्मचारी समस्याका बारेमा कार्यालय प्रमुख प्रताप बाबु तिवारीले भने बर्षैनि माग गर्दा समेत केन्द्रले कर्मचारी नपठाउँदा पूर्ण हुन नसकेको बताए । दोहोरा ड्युटी गरेको कर्मचारीलाई थप सुविधाको ब्यवस्था गरेको भन्दै दुर्घटना भईहाले पछि १७ जनाले समेत नपुग्ने भन्दै सेनाको सहयोग लिनै पर्ने प्रतिक्रिया दिए । बिमानस्थल बाहिरको अग्नी नियन्त्रणको सवालमा उडान नभएको अवस्थामा मात्रै सहयोग गर्न सक्ने अवस्था रहेको उनले बताए । नेपालको हवाई सेवा जोखिमपूर्ण रहेको समाचारहरु आईरहेको बेला बिमान स्थलमा रहेको रेस्क्यु टिम पूर्ण नहुनु सामान्य होईन । यसतर्फ सम्बन्धित निकायको ध्यान जान जरुरीछ ।  
प्रकाशित मिति: शुक्रबार, चैत १६, २०७४  ११:४१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दसैँ अवधिमा जिल्ला अदालत खुला रहने
दसैँ अवधिमा जिल्ला अदालत खुला रहने सोमबार, असोज ६, २०८२
मिथिलामा ‘दशहारा’ पर्वको रौनक
मिथिलामा ‘दशहारा’ पर्वको रौनक सोमबार, असोज ६, २०८२
शिक्षामन्त्री महावीर पुन मन्त्रालयमै बस्ने
शिक्षामन्त्री महावीर पुन मन्त्रालयमै बस्ने सोमबार, असोज ६, २०८२
राउटेले पाएनन् सामाजिक सुरक्षा भत्ता
राउटेले पाएनन् सामाजिक सुरक्षा भत्ता सोमबार, असोज ६, २०८२
सञ्चारमन्त्रीको पहिलो निर्णय सार्वजनिक स्थलमा नि:शुल्क इन्टरनेट
सञ्चारमन्त्रीको पहिलो निर्णय सार्वजनिक स्थलमा नि:शुल्क इन्टरनेट सोमबार, असोज ६, २०८२
काठमाडौंंमा असोज अन्तिम साता मेलम्चीको पानी
काठमाडौंंमा असोज अन्तिम साता मेलम्चीको पानी सोमबार, असोज ६, २०८२
सिरहाका आधा दर्जन पालिकाको खाता अझै सञ्चालनमा आएन
सिरहाका आधा दर्जन पालिकाको खाता अझै सञ्चालनमा आएन सोमबार, असोज ६, २०८२
लोकप्रिय
  • Week
  • Month
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
रौतहटको सीमावर्ती क्षेत्रबाट साढे तीन क्विन्टल गाँजासहित गाडी नियन्त्रणमा
रौतहटको सीमावर्ती क्षेत्रबाट साढे तीन क्विन्टल गाँजासहित गाडी नियन्त्रणमा
नेपाली नागरिकका लागि वर्किङ भिसासँगै भिजिट भिसा पनि बन्द,कुन कुन देशमा?
नेपाली नागरिकका लागि वर्किङ भिसासँगै भिजिट भिसा पनि बन्द,कुन कुन देशमा?
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP