काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनको बन्दसत्रबाट पार्टी सभापति गगनकुमार थापाको राजनीतिक प्रतिवेदनसहित सबै प्रतिवेदन पारित भएको छ।
यससँगै महाधिवेशनको बन्दसत्र सकिएको छ। अब नयाँ कार्यसमिति चयनका लागि भोलि निर्वाचन हुने भएको छ।
निर्वाचन समितिले भोलि १० बजेदेखि मतदान सुरु हुने जानकारी दिएको छ।
खुलामञ्च र राष्ट्रिय सभागृहमा मतदानका लागि व्यवस्था गरिएको जानकारी दिइएको छ।