काठमाडौं- नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले पार्टीको १५औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन्।
लामाले आदिवासी जनजाति खुलातर्फको केन्द्रीय सदस्य पदमा उमेदवारी दिएका हुन्।
१२ जना निर्वाचित हुने यो पदमा काभ्रेका सभापति तीर्थ लामा, कर्माछिरिङ शेर्पा, गेल्जे शेर्पालगायत ४० जनाको उम्मेदवारी परेको छ।
पार्टी संगठनलाई थप सुदृढ बनाउने र जनजातिको समावेशी प्रतिनिधित्वलाई मजबुत पार्ने उद्देश्यले उमेदवारी दिन लागेको लामाले बताएका छन्।
लामा लामो समयदेखि मकवानपुरमा पार्टी संगठन निर्माण तथा समावेशी राजनीतिक प्रतिनिधित्वका क्षेत्रमा सक्रिय छन्।