काठमाडौं- नेपाली कांग्रेसको जारी १५औं महाधिवेसनमा कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनबाट तीन जना पदाधिकारी महाधिवेशन प्रतिनिधिको रुपमा सहभागी भएका छन्।
एसोसिएसनका कार्यवाहक अध्यक्ष सुवर्ण लामा, तृतीय उपाध्यक्ष हिरादेवी बुढाथोकी र महासचिव सुमनराज पाण्डे प्रतिनिधिका रुपमा छनोट भइ महाधिवेशनमा सहभागी भएका हुन्।
कांग्रेसको जारी महाधिवेशनमा सात हजार ११४ जना प्रतिनिधि छनोट हुँदा भ्रातृ तथा शुभेच्छुक संस्थाबाट २२५ प्रतिनिधि मनोनीत भएका छन् । छनोट भएका प्रतिनिधिले पार्टीको केन्द्रीय कार्यसमितिको निर्वाचनमा मतदान गर्ने छन्।
लोकतान्त्रिक एसोसिएसनले यो सफलता आफ्नो संस्था र व्यवसायीको गौरवको विषय भएको भन्दै शुभेच्छा व्यक्त गरेको छ।