काठमाडौं- नेपाली कांग्रेसको सभापति पदका लागि गगनकुमार थापाले उम्मेदवारी दर्ता गराएका छन्।
राष्ट्रिय सभागृहमा जारी १५औं महाधिवेशनअन्तर्गत वर्तमान सभापति थापाले पुन: सोही पदका लागि आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्।
यसअघि सभापति पदका लागि श्यामकृष्ण खड्गीले उम्मेदवारी दर्ता गराएका छन्।
यसैबीच मनोनयन दर्ताको समय थप गरेको कांग्रेस निर्वाचन समितिले जनाएको छ।
केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवाहरूको मनोनयनपत्र दर्ता समय आज साँझ ७ बजेसम्मका लागि थप गरिएको र्वाचन समितिका सदस्यसचिव राजु कटुवालले जानकारी दिए।