काठमाडौं- नेपाली कांग्रेसको वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित भएका छन्।
कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत राष्ट्रिय सभागृहमा आज भएको उम्मेदवारी मनोनयनमा वरिष्ठ उपसभापतिमा शर्माकोमात्रै उम्मेदवारी परेको हो।
यसैगरी महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध भएकी छन्।
सभापतिसहित अन्य पदमा भने मतदान हुने भएको छ। सभापतिमा गगनकुमार थापा, श्यामकृष्ण खड्गी र किशोरसिंह राठौरको उम्मेदवारी परेको छ।