काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले जारी १५औं महाधिवेशनले पार्टीभित्रको गुट उपगुट अन्त्य गरेको घोषणा गरेका छन्।
खुलामञ्चमा जारी महाधिवेशनको बन्दसत्र समापन समारोहलाई सम्बोधन गर्दै उनले भोलि हुने निर्वाचनमा कुनै समूहको नाममा भोट नमाग्न प्रतिनिधिहरुलाई निर्देशन दिए।
'नेपाली कांग्रेसभित्र वर्षौंदेखि रहेको कोइराला समूह, देउवा समूहलगायत सबै गुट यो महाधिवेशनबाट अन्त्य भएको घोषणा गर्दछु,' उनले भने, 'त्यसैले यहाँ कुनै समूहको नाममा मत माग्ने काम नगर्नुस्।'