गुल्मी- नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले सरकार र राजनीतिक दल विधि तथा विधानभन्दा बाहिर जान नहुने बताएका छन्।
नेपाली कांग्रेस क्षेत्र नं १, गुल्मीद्वारा रुरुक्षेत्र गाउँपालिका–१ मा बुधबार आयोजित क्षेत्रीय अधिवेशनमा उनले सबै राजनीतिक दलहरू मिलेर खबरदारी गर्नुपर्ने आवश्यकता औँल्याए।
सत्ता सञ्चालनका क्रममा केही कमजोरी भएको स्वीकार गर्दै उनले पुर्खा र अघिल्लो पुस्ताले व्यक्ति केन्द्रित सोचबाट माथि उठेर हामी, हाम्रो र अन्ततः सिङ्गो देश निर्माण गर्न अधिकारका लागि लडाइँ लडेको स्मरण गराए।