काठमाडौं- स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला तीन हजार ८०० रुपैयाँ र चाँदीको मूल्य ११५ रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मङ्गलबार छापावाल सुन प्रतितोला दुई लाख ९० हजार ५०० रुपैयाँ र चाँदीको मूल्य चार हजार ३९५ रुपैयाँ कायम भएको छ ।
सोमबार छापावाल सुन प्रतितोला दुई लाख ९४ हजार ३०० रुपैयाँ र चाँदीको मूल्य चार हजार ५१० रुपैयाँ कायम थियो ।