काठमाडौं- स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला पाँच हजार रुपैयाँ र चाँदीको मूल्य एक सय ४५ रुपैयाँले घटेको हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार छापावाल सुन प्रतितोला दुई लाख ९४ हजार ३०० रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ५१० रुपैयाँ कायम भएको छ ।
आइतबार छापावाल सुन प्रतितोला दुई लाख ९९ हजार ३०० रुपैयाँ र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार ६५५ रुपैयाँ कायम भएको थियो ।