काठमाडौं- नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । आज सुन तोलाको ५ सय रुपैयाँले र चाँदी ३० रुपैयाँले घटेकाे हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ९८ हजार ६ सय रुपैयाँ कायम भएकाे छ। बिहीबार २ लाख ९९ हजार एक सय रुपैयाँमा कारोबार भएकाे थियाे । यसअघि बुधबार सुन तोलाको ३ लाख २ हजार ३ सयमा कारोबार भएको थियो ।
त्यस्तै, महासंघका अनुसार आज चाँदी तोलाको ४ हजार ६ सय बीस रुपैयाँ कायम भएकाे छ । बिहीबार ४ हजार ६ सय ५० रुपैयाँ कारोबार भइरहेको छ । साथै बुधबार चाँदी तोलाको ४ हजार ८ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।