काठमाडौं–मारुती सिमेन्ट्स लिमिटेडले भोटेकोशी बाढीबाट प्रभावितहरुका लागि प्रधानमन्त्री राहत कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग गरेको छ ।
उक्त सहयोग रकमको चेक मारुती सिमेन्ट्स लिमिटेडका सञ्चालकहरु नन्दकिशोर राठी, मनोज कुमार गोयल, शरद गोयल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत आनन्द नेपालले माननीय अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन् ।
कम्पनीले विपद् तथा कठिन परिस्थितिमा प्रभावित नागरिकलाई राहत तथा सहयोग पु¥याउने उद्देश्यले प्रधानमन्त्री राहत कोषमा उक्त रकम प्रदान गरेको जनाएको छ ।
मारुती सिमेन्ट्स लिमिटेडले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत देश तथा समाजको हितमा आवश्यक सहयोग र योगदानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ । विपद्को समयमा पीडित तथा प्रभावित नागरिकसँग हातेमालो गर्नु हाम्रो सामाजिक दायित्व हो, कम्पनीले जनाएको छ ।
मारुती सिमेन्ट्स लिमिटेडले विनाशकारी बाढीमा परी ज्यान गुमाएका नागरिकहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै यस संवेदनशील समयमा उद्धार, राहत तथा पुनस्र्थापना कार्यमा अहोरात्र खटिएका सुरक्षाकर्र्मी, स्वयंसेवक, स्थानीय समुदाय तथा सम्बन्धित निकायहरूप्रति हार्दिक कृतज्ञता समेत व्यक्त गरेको छ ।