काठमाडौं- भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण भन्दै फिल्म ‘बा:एक योद्धा’को प्रदर्शन स्थगित गरिएको छ। आर्टिस्टिक इन्टरटेन्मेन्टले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै आगामी भदौ १९ गतेदेखि देशभर प्रदर्शनमा आउने तय भएको चलचित्रको प्रदर्शन हाललाई स्थगित गरिएको जनाएको हो।
फिल्मको नयाँ प्रदर्शन मिति आगामी मंसिर २४ गते बिहीबार तोकिएको निर्माण पक्षले जानकारी दिएको छ । निर्माण पक्षका अनुसार भदौ १० गते रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण बाढीले ठूलो जनधनको क्षति पुर्याएको घटनाप्रति आफूहरू स्तब्ध र मर्माहत भएका छन् । बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।