Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
विचार
  • Home
  • विचार
  • को हुन् तेस्रोलिंगी ?
को हुन् तेस्रोलिंगी ?
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, भदौ २३, २०७७
Sudeep
Hardik health
जब यस पृथ्वी वा ब्रह्माण्डको उत्पत्ति भयो साथसाथै यस पृथ्वीमा विभिन्न किसिम–किसिमका जलचर स्थलचर प्राणीहरूको उत्पत्ति र विकासका साथै मानवको उत्पत्ति भयो । जसलाई अंग्रेजीमा मेल अन्ड फिमे(इ)लको नामले चिनिन्छ । प्राकृतिक रूपमा नै छुट्टयाइएको मेल र फिमे(इ)ललाई पनि एक बर्गमा विभाजन गरिएको पाइन्छ । प्राकृतिक रूपमा नै छुट्टयाएर लिंगलाई विभिन्न संज्ञा दिएर यसलार्र्ई पृथक–पृथक नामकरण गरिएको छ । अंग्रेजीमा रहेको सेक्सलाई नेपाली भाषामा लिंग भनिन्छ । यसलाई प्राकृतिक लिंगको रूपमा लिइन्छ । लिंग भन्नाले बायोलोजिकल्ली निर्धारण गर्ने एक लोग्ने मासिन र स्वास्नी मानिसबीच देखिने सेक्सुअल अर्गानर तिनीहरूमा देखिने स्वभाव र प्रकृति हो । जो एकमा बच्चा पैदा गर्न सक्ने शक्ति र अर्कोमा बच्चा पैदा गर्न चाहिने आवश्यक शक्ति रहेको हुन्छ । जसलाई लिंग वा सेक्सको संज्ञा दिइन्छ या सेक्स भनिन्छ । तर, लिंगअन्तर्गतको तेस्रो लिंगलाई मानिसले विभिन्न किसिमले हेर्ने गरेको पाइन्छ । हुन त मानिसले बाहिरी आकृतिलाई हेरेर मात्रै महिला वा पुरुष छुट्टयाउने चलन छँदै छ तर पनि महिला र पुरुषलाई मात्र होइन, यहाँ न त महिला न त पुरुषजस्ता मानिसहरू पनि भेटिन्छन् । जसलाई छुट्टाछुट्टै नामकरण गरिएको पाइन्छ । तर समग्रमा भने तेस्रोलिंगीको संज्ञा दिने गरेको पाइन्छ । हामीले तेस्रोलिंगीे के हो ? यो बुझ्नु जरुरी छ । कस्तो व्यक्तिलाई तेस्रो लिंग भन्ने ? यसको स्वभाव र प्रकृति कस्तो हुन्छ ? यो पनि जान्नु जरुरी रहन्छ । हुन त कोही पनि आङ्खनो इच्छाले वा रहरले उसको इच्छाविपरीत लिंगी बन्दैनन् । यो जन्मजात लिएर आउने कुरा हो । जो कोही मानिस वा जीव जीवात्मा होस् आ–आङ्खनो यौनिक आकर्षण रहेकै हुन्छ । जस्तै महिला पुरुषप्र्रति र पुरुष महिलाप्रति अकर्षण हुनु स्वभाविकै हो । तर, तेस्रोलिंगी त्यो हो, जसको व्यवहार र सम्बन्ध जहाँ महिला–महिला र पुरुष–पुरुष साथै महिला–पुरुषबीचको सम्बन्ध रहन्छ । हामीले साधारण अर्थ वा बुझाइमा महिला र पुरुषका बीचमा यौन सम्बन्ध विवाहवारी, सामाजिक सांस्कृतिक लेनदेन आदि रहन्छ भने तेस्रोलिंगीको सम्बन्धमा ती कार्यहरू समाजमा रहँदैनन् । जुन यो हाम्रो समाजमा हामी प्रष्टसँग देखिरहेका अनि कति तेस्रोलिंगीले भोगिरहेका छन् । विकसित र विवेकी समाज भनिने अमेरिकाले २५ जुन २०१३ देखि समलिंगी विवाहलाई कानुनी मान्यता दिएको छ भने फ्रान्सले पनि विश्वको १४औँ राष्ट्रको रूपमा तेस्रोलिंगीलाई विवाहको मान्यता दिएको देश हो भने यसभन्दा निकै समय अघि पहिलो समलिंगी कानुनी मान्यता नेदरल्यान्डले सन् २००० मा नै दिएको थियो । तर आजकाल तिनै विकसित मुलुकको प्रभाव होला । नेपालमा पनि केही विवाहवारी गरेर बसेको पाइन्छ । तेस्रोलिंगीलाई विभिन्न नामले चिनिने गरेको तथ्यहरू पाइन्छ । नेपालको पूर्वमा किराती भाषामा तेस्रोलिंगीलाई मेटी भन्ने गरेको पाइन्छ भने पश्चिम नेपालको पहाडी भेगतिर खस भाषामा सिङ्गारु भनिन्छ । विवाहको समयमा दुलाहको घरमा रतौली खेल्दा पुरुषले स्त्रीको भेषमा त स्त्रीले पुरुषको भेषमा मारुनी बनेर नाच्ने परम्परा रहेको छ । यो सांकेतिक रूपमा गरिने नृत्य पनि तेस्रोलिंगी नै हो । मारुनी शब्दको उत्पत्ति मगर भाषाबाट आएको हो भने तराईतिर मैथली भाषामा कोथी या मौगीया भनी तेस्रोलिंगीलाई संज्ञा दिएको पाइन्छ । नेपालकै हिमाली भू–भागतिर तेस्रोलिंगीलाई भोटे भाषीहरू फुलुमुलु भन्छन् भने भारतमा हिँजडा भनी गालीगलौजको भाषाको प्रयोग भएको पाइनुले तेस्रोलिंगीलाई समाजैपिच्छे फरक फरक दृष्टिकोण रहेको पाइन्छ । त्यसैगरी तेस्रोलिंगीलाई नेपाल र भारतमा हेरिने दृष्टिको रूपमा फरक भेद् मात्रै हो तर जर्मनी, इजरायल, अरेबियन मुलुकहरूमा यो एक्काइसौँ शताब्दीमा आइसक्दा पनि तेस्रोलिंगी या समलिंगीलाई अप्राकृतिक जन्मको बाहना बनाएर मारिने गरेको पाइन्नुले मानवअधिकारमाथि नै अधिकार उल्लंघन भएको पाइन्छ । तेस्रो लिंग÷जेन्डरमा हामीले हाम्रो समाजमा छुट्टाउने एउटा प्राकृतिक र सामाजिक, सांस्कृतिक रूपले निर्धारित भएका हुन्छन् त्यसैले तेस्रोलिंगीलाई पनि उनीहरूको स्वभाव र प्रकृतिका आधारमा वर्गीकरण गरिएको छ । जहाँ एल.जी.बी.टी.आई.को छोटकरीमा भन्ने गरेको पाइन्छ । एलः लेज्बिअन्, जी ः गे(ई), बीः बाइसेक्सुअल्, टी ः ट्रान्ससेक्सुअल्, आईः इन्टर सेक्स आदिको छुट्टाछुट्टै स्वभाव र प्रकृति रहेको पाइन्छ । १. एलः लेज्बिअन् जहाँ एउटा महिला जो प्राइमरी सेक्सुअल् एन्ड इमोसन् अट्र््याक्सन्मा अर्को महिलामाथि रहन्छिन् । अर्थात्, महिला–महिलाबीचमा हुने यौनिक आकर्षण रहन्छ लेज्बिअन्मा । २.जीः गे(ई), जो व्यक्ति शारीरिक र भावनात्मक रूपले आफूजस्तै समलिंगीप्रति आकर्षित हुनुलाई समलिंगी भनिन्छ । केटा–केटाबीचमा र महिला–महिलाबीचमा हुने आकर्षित अवस्था रहन्छ अथवा द वःड गे(इ) इज रिफर टू बोथ मे(इ)लस् अन्ड फिमे(इ)लस् अर टू मे(इ)लस् ओन्ली भने त्यस्तो लक्षण भएकालाई समलिंगी भनिन्छ । ३. बीः बाइसेक्सुअल् एउटा त्यस्तो व्यक्ति हो जो शारीरिक तथा भावनात्मक रूपले महिला–पुरुष दुवैसँग आकर्षण भएर यौन सम्बन्ध राख्ने गदर्छन् भने त्यसलाई बाइसेक्सुअल् या दुई लिंगी भनिन्छ । ४. टीः ट्रान्ससेक्सुअल यो एउटा यस्तो लिंग हो जो उपचारकोे सहयाताले पुरुष महिलाको प्रवृति र आकृतिसँग मिल्ने गरी शारीरिक अंगमाथि गरिने स्वरूप परिर्वतन नै गरी यौन सम्बन्ध राख्नु ट्रान्ससेक्सुअल हो । एक उदाहरणमा छोरालाई छोरी बनाएको पाइन्छ । जहाँ छोरा भएर पनि छोरीका गुणहरू वा स्वभाव, भावना आदि रहेकाले शरीरका अंगमा स्वरूप परिर्वतन गरी छोरी बनाएको त्यस्ता प्रक्रियाबाट पनि सेक्सको निर्धारण गरी त्यस्ता व्यक्तिले (अन्य पुरुष वा महिलामाथि) गरिने यौनिक क्रियाकलापलाई ट्रान्ससेक्सुअल भनिन्छ । यस्ता उदाहरण नेपालमा निक्कै नै सुन्न अनी देख्न पाइन्छ त्यस्ता धेरै पात्रहरूमध्येका एक उदाहरण हुन्, अनिता चौधरी जो जन्मँदा छोराको रूप र अग भए तापनि गुण, स्वभाव र भावाना भने स्त्रीमा हुने स्वभाव थियो र पछि उनले थाइल्यान्डमा गएर उपचारकोे सहयाताले महिलाको कृत्रिम अंग वक्षस्थलदेखि योनांग राखेर अहिले एक स्त्रीको रूपमा रहेर बसेको पाइन्छ । ५. आईः इन्टरसेक्स यस्ता व्यक्ति जो जन्मँदा नै यौन अंगको हिसाबले सामाजिक अपेक्षाअनुरूप पुरुष वा महिला छुट्टिदैन र ऐतिहासिक पद्धतिअनुसार चिकित्सक समुदायले यसलाई हेर्माफ्रोरोड्राइटिज्को संज्ञा दिएर बच्चाको यौनिक अंग सच्याउने शल्यक्रिया गर्ने र पछि उसलाई सामाजिक संस्कार अनुसार लैंगिकता दिने गरेका पाइन्छ । एल.जि.बि.टी.आई.को सामाजिक सांस्कृतिक लिंगअनुसार प्राकृतिक रूपमा बालबच्चा पैदा गर्न नसके पनि उनीरुको चाहना, रुची र सांस्कृतिक संस्कारमा समाजले किन मान्दैन । यो कुरा बुझ्नु नितान्त आवश्यक रहेको छ । प्राकृतिक रूपमा ठगियो नै तर सामाजिक र सांस्कृतिक रूपमा किन हेप्ने र तिरस्कार गर्ने ? के तेस्रोलिंगीले बच्चा जन्माउन र जन्माउनका लागि चाहिने शक्तिबाहेक अन्यले झैँ काम गर्न हिँड्न, बोल्न, पढ्न र सामाजिक नीति, नियम इत्यादि जे जति गर्दछन्, ती काम पूर्णरूपले गर्न सक्छन् । तर, काम गर्न र गराउन सक्षम हुँदाहुँदै पनि तेस्रोलिंगीप्रति किन बेवस्ताका साथै घृणा गरिन्छ ? कतिपय हिन्दू पौराणिक कालखण्डमा विभिन्न आलंकारिक रूप लिएको विभिन्न पुराण, महाभारतमा पाइन्छ । ब्रह्मपुराणका अनुसार रजस्वलापछि ऋतुकालमा रहेकी स्त्रीको कामेच्छालाई इन्कार गरेमा नपुंशक हुने कुरा उल्लेख गरेअनुसार उर्वशीको आफू ऋतुकालमा रहेको र अर्जुनले कामेच्छालाई इन्कार गरेकाले श्रापित भएर ब्रिह्न्नलाको नामले एक वर्षसम्म तेस्रोलिंगी भएर राजा विराटको दरबारमा गुप्तबास बिताएका र उनैले विराट युद्ध जिताएको कुरा महाभारतमा प्रष्टैसँग वर्णन गरिएको छ । त्यसैकारण स्वरूप पनि भारतमा नवसन्तान पैदा हुँदाको बखत दुई लिंगीलाई बोलाएर आशिर्वाद दिन लगाइन्छ । अझै पनि कतिपय गाँउ तथा सहरहरूमा । त्यस्तै किम पुरुष एक महिना नर र अर्को महिना नारी हुने गरेको पुराणमा उल्लेख भएसँगै राजा द्रुपद्ले आङ्खनी छोरी शिखण्डीलाई छोराजस्तै पालनपोषण गरिराखेका हुन्छन् र पछि उनको विवाह दर्शण देशका राजा हिरण्यवर्णको छोरीसँग हुन्छ र विवाहपश्चात् शिखण्डीको यौनिकताबारे थाहा हुन्छ यसको चर्चा पनि महाभारतमा उल्लेख गरेको पाइन्छ । त्यस्तै रमाइला किस्सामध्ये विष्णुका अवतारमध्ये मोहिनी रूप पनि तेस्रोलिंगीको रूप मान्ने आधारहरू हिन्दू वैदिक धर्मग्रन्थमा प्रशस्त पाइन्छ । त्यस्तै महाभारतमा भीषणरूपमा चलिरहेको युद्धमा पाण्डव पक्षको विजय हुनुमा पनि शिखण्डीको भूमिका अग्रणी रहेको पाइन्छ । यी विविध किस्साहरूबाट पनि पौराणिक कालमा तेस्रोलिंगीको ठूलो इज्जत या स्थान थियो भन्न सकिन्छ । तेस्रोलिंगीको स्थान पौराणिक कथामा मात्र नभएर अहिले पनि इन्डोनेसियाको बुगी समुदायमा समलिंगीको ठूलो स्थान रहेको पाइन्छ । यस बुगी समुदायमा पुरेत नै समलिंगी रहने व्यवस्था रहेको छ । त्यस समुदायमा समलिंगीलाई खुसी तुल्याए सुख, शान्ति, हुने र रिसाए भने आपत्विपत आउने कुरामा विश्वास गर्छन् । तेस्रोलिंगीलाई कुनै अपशब्द गर्नु परेमा वा गालीगलौज गर्नुपरेमा हिँजडा, छक्का र फिलिपिन्सको तगालो भाषामा बक्लाजस्ता शब्दहरू प्रयोग गरेको पाइन्छ । तर, हिँजडाको अर्थ वा त्यसको ज्ञान नभएको हुन सक्छ । हिँजडा एक समुदाय हो जो नेपालको तराई र भारतमा रहँदै आएको पाइन्छ । जहाँ हिँजडाहरू (तेस्रोलिंगी अर्थात् पिंगला भनिने शिवशक्ति रूप शिवका अर्धपुरुष र अर्धमहिला वा अर्धनारी रूप सम्झिन्छन्) आपूलाई पवित्र र अलौकिक ठान्छन् । हिँजडा हुन चाहने व्यक्ति जो पुरुष भएर जन्मेको हुन्छ । उसले हिँजडा समुदायमा आपूmलाई समर्पित गर्दछ र त्यहाँको नीति, नियम अनुशासनपूर्वक पालना गर्दछ । उसले महिलाको भेषमा उठबस गर्नुका साथै पुरुषले झैँ उठेर पिसाब गर्न सख्त मनाही गरिएको हुन्छ । जहाँ महिलाको नै स्वभावअनुरूप हुनुपर्ने र जसले यस्ता काम गर्न सक्छन् वा पालना गर्न सक्छ, त्यस्ता व्यक्तिको लिंग काटी उसलाई हिँजडाको संज्ञा दिइन्छ । त्यो हो हिँजडा जुन कृत्रिम रूपमा एक त्यस्ता समुदायहरूमा छन् । जहाँ आङ्खनो इच्छाअनुरूप आङ्खनो लिंग काटी सो समुदायको नीति, नियम पालना गरेर स्वेच्छाले रहन्छन्, त्यस्तालाई भनिन्छ हिँजडा, छक्का । तर, तेस्रोलिंगी जो प्राकृतिक रूपमा नै ठगिएका वा पैदा भएको हुन्छन् । जसको कुनै इन्छा, चाहना, रुचीबेगर त्यस्तालाई छक्का हिँजडाको नामाकरण गर्नु वा नाम गरी अमानवीय व्यवहार र मानसिक तनाव दिनेजस्ता विविध पक्षमा पीडा दिनु, एक मानवले अर्को मानवमाथि सिधै शब्दको तिखो धारिला शब्द प्रहार गर्नु र समाजमा उनीहरूमाथि हेर्ने प्रवृतिमा नै गलत संस्कार पर्नुले तेस्रोलिंगीलाई कुनै ठाँउमा हिँड्डुल गर्नदेखि कुनै काम गर्नु परेमा निक्कै नै अप्ठ्यारो परिस्थितिको सिर्जना भएको एल.जी.बी.टी.आई.को पीडा रहेको कुरा बताउँछन् । यस्तो व्यवहार कसैलाई गर्नु भनेको मानवअधिकारमाथि नै अधिकार उल्लंघन भएको देखिन्छ । यसरी गाउँ, समाज, राष्ट्र तथा अन्तर्राष्ट्रियस्तरमा पनि अपहेलित र तिरष्कृत भएर पनि आङ्खनो लगन, क्षमता, सीप र आङ्खनो उद्देश्यमा दृढताका साथ निरन्तर प्रयासको परिणाम हो, आइसल्यान्डकी महिला समलिंगी जोहोना सिगुरडडोर जो सन् २००९ मा प्रधानमन्त्री बन्न सफल भइन् । दक्षिण अमेरिकाको पाराग्वेकी विश्वविख्यात टेनिस खेलाडी मार्टिन नोभ्रातिलोभा पनि महिला समलिंगी थिइन् । त्यस्तै अमेरिकी नागरिक जो स्टार वल्र्डका द डिंजनेसका सञ्चालिका एलेन डी जेनेस पनि तेस्रोलिंगी समलिंगी हुन् । अन्य देशको तुलनामा हेर्ने हो भने नेपालको जनगणनाअनुसार ०६८ देखि यता आउँदासम्म लगभग नौ लाख एल.जी.बी.टी.आई.को संख्या पुगेको अनुमान ब्लु डायमन्ड सोसाइटीको रहेको छ । जहाँ काठमाडौंमा सबैभन्दा बढी रहनुका साथै केही निजी रूपमा आङ्खनै पसल वा स–साना काम गरी बसेका त कोही भने प्राइभेट सेक्टरमा काममा लागेका छन् । कतिपय लज, गेस्टहाउस, रेस्टुरेन्ट वा बारमा काम गरी आङ्खनो जिवीकोपार्जन गर्छन् । सरकारबाट कुनै पनि सेवा, सुविधा र राजनीतिक रूपमा कुनै पनि अवसरबाट विमुख र समाजमा नै नकरात्मक दृष्टिले हेरिने भएकाले पनि तेस्रोलिंगीहरूको अवस्था झन्झन कमजोर रहेको देखिन्छ । तसर्थ समलिंगी तथा तेस्रोलिंगीको विभिन्न देश तथा विदेशमा आन्दोलन गरी आङ्खनो अधिकारबारे विभिन्न माग राख्दै आएको पाइन्छ । त्यस्तै नेपालमा पनि तेस्रोलिंगीको नागरिकतामा पहिचान खुलाउनुपर्ने, संविधानमा तेस्रोलिंगीको अधिकार सुनिश्चित हुनुपर्ने, शिक्षा, रोजगारलगायत कानुनी उपचारको व्यवस्थाको सुनिश्चित हुनपर्ने, नेपालको जनसंख्याको आधारमा समावेशीय प्रतिनिधत्व हुनुपर्ने, साथै समलिंगीप्रति गरिने बहिष्करणविरुद्ध उपचारमा कानुनले नै सुरक्षित हुनुपर्नेजस्ता थुप्रै मागहरू रहेको छ । समाज बदलिँदै छ । हरेक पल, हरेक क्षण अनि दिन दुगुना, रात चौगुणाका दरले भनेझैँ मानवीय इच्छा र आकांक्षाहरू पनि परिवर्तित हुँदै गइरहेका छन् । जो अहिलेको २१औँ शताब्दीमा रातो, तातो र एकदमै तेज गतिले बिकास भएको बैज्ञानिक आविष्कारले त झनै कोल्टे नै फेरेको पाइन्छ । साथै प्रविधिले ल्याएको यो विकास अनि मानवीय इच्छा र चाहनामा आएको यो शक्तिको उपमा प्रविधि र वैज्ञानिक आविष्कारलाई नै जान्छ । समाज, राष्ट्र र अन्तर्राष्ट्रिय जगत्मा जे–जति आएका यी परिवर्तनहरू प्रविधिमा त भए तर यी प्रविधिलाई विकास गराउने यस्ता प्राणीहरू जो धर्तीका सर्वश्रेष्ठ र विवेकशील प्राणीमा चिनिन्छ, मानवलार्ई । अब तेस्रोलिंगीप्रतिको सोचाइ, हेराइ र उनीहरूप्रति गरिने व्यवहारमा परिवर्तन आउनु पर्छ । हामी यस्तो समाज र संस्कृतिबाट हुर्किएका छौँ की जहाँ पशु (गाई र गोरु) तथा चराचुरुंगी (काग) लाईसमेत पूजा गर्दै भगवान्को स्वरूप मान्ने हामीले अवश्य पनि एक मानवले अर्को मानवलाई गलत सोच र दृष्टिले हेर्नु महापाप हुन्छ भन्ने पनि बुझ्न् पर्दछ । हामी देख्न सक्छौँ, तेस्रोलिंगीहरू समाजमा अपहेलित, तिरस्कृत, बेरोजगारी भएर आङ्खनो नाम बेच्न र विकृत भई लज, होटल र रेस्टुरेन्टमा अनि सडकमा आङ्खनो अस्तित्वमाथि नै दाग लाग्ने र संस्कृतिमाथि नै असर पर्ने काम गर्न बाध्य छन् । गाउँदेखि सहर र सहरदेखि देश अनि एक देशदेखि अर्को देश या भनौँ विकसित र अविकसित देशहरूमा पनि त्यतिकै मात्रमा लिंगीय भेद्भाव देखिन्छ । अनि एउटा नागरिकले पाउने अधिकारबाट वञ्चित भएको पाइन्छ, तेस्रोलिंगी । गाउँ, समाज, राष्ट्र अनि अन्तर्राष्ट्रिय स्तरमा तेस्रोलिंगीको अधिकारको निमित्त कानुन बन्नु आवश्यक छ । तेस्रोलिंगीका लागि जहाँ सबैको एउटै हेराइ होस्, एउटै बुझाइ होस्, एउटै सोचाइ होस् र तेस्रोलिंगीप्रतिको सकारात्मक सोच होस्, अनि उनीहरू पनि मानव हुन् । यिनका पनि आत्मा छ । यी प्राकृतिक रूपमा ठगिए पनि सामाजिक रूपमा, मानवीय रूपमा ठगिनु हुँदैन भन्ने दिव्य ज्ञान, ज्योति र प्रकाश होस् । साथै तेस्रोलिंगीबारे गाउँस्तर, समुदायस्तरदेखि राष्ट्र र अन्तर्राष्ट्रिय स्तरमा समेत यसको ज्ञान दिनु अति नै आवश्यक रहेको देखिन्छ । र, तेस्रोलिंगी भनेको पूर्वजन्ममा गरेको पापको फलको भोगाइ हो भन्ने सोच र धारणाबाट मुक्त रहनु पर्दछ । (लेखक रैला समाज कुलदेवता मन्दिर पराशर आश्रम, काठमाडौं, नेपाल,२०७६ का संस्थापक अध्यक्ष र आजीवन सदस्यका साथै त्रिभुवन विश्वविद्यालय आमसञ्चार तथा पत्रकारिताअन्तर्गत स्नाकोत्तर चौँथो सेमेस्टरका विद्यार्थी पनि हुन् ।)  
प्रकाशित मिति: मंगलबार, भदौ २३, २०७७  ०६:३०
प्रतिक्रिया दिनुहोस्
थप विचार
अधिकार रक्षा र पहिचानको लडाइँमा अगस्ट ९ को सन्देश
अधिकार रक्षा र पहिचानको लडाइँमा अगस्ट ९ को सन्देश बुधबार, साउन २०, २०८३
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती मंगलबार, साउन १९, २०८३
बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ ! मंगलबार, साउन १९, २०८३
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं ! सोमबार, साउन १८, २०८३
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP