काठमाडौं- स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला आठ हजार रुपैयाँले वृद्धि भई दुई लाख ९६ हजार रुपैयाँ कायम भएको हाे ।
अघिल्लो कारोबार दिन सुनको मूल्य प्रतितोला दुई लाख ८८ रुपैयाँ हजार थियो । यसैगरी, चाँदीको मूल्य प्रतितोला ९५ रुपैयाँले बढेर चार हजार ५७० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी प्रतितोला चार हजार ४७५ रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस चार हजार २६५ र चाँदीको मूल्य प्रतिऔँस ६२ अमेरिकी डलर कायम भएको छ ।