काठमाडौं- स्थानीय बजारमा आज सुनको मूल्य केही घटेको छ भने चाँदीकाे मूल्य बढेकाे छ । मंगलबारको तुलनामा सुन तोलामा २०० रुपैयाँले घटेको छ भने चाँदीकाे प्रतिताेला ३० रुपैयाँले बढेकाे हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ८३ हजार ८०० रुपैयाँ र त्यति नै परिमाणको चाँदीकाे मूल्य चार हजार ३८० रुपैयाँ कायम भएको छ ।
मंगलबार छापावाल सुन प्रतितोला दुई लाख ८४ हजार रुपैयाँ र चाँदी चार हजार ३५० रुपैयाँ कायम भएको थियो ।