काठमाडौं- स्थानीय बजारमा आज सुनको मूल्य केही घटेको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा एक हजार ८०० रुपैयाँ र चाँदी ४५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ८३ हजार २०० रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ३१५ रुपैयाँ कायम भएको छ ।
गत शुक्रबार छापावाल सुन प्रतितोला दुई लाख ८५ हजार रुपैयाँ र चाँदी चार हजार ३६० रुपैयाँ कायम भएको थियो । बिहीबार एक तोला सुन दुई लाख ८४ हजार रुपैयाँ र चाँदी चार हजार ३१०रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ६३ र चाँदी ५८ अमेरिकी डलरमा किनबेच भइरहेको छ ।