काठमाडौं- खेमलाल हरिकला लामिछाने कल्याण प्रतिष्ठानले ‘पद्मश्री साहित्य पुरस्कार’ का लागि पाँच उत्कृष्ट कृति सार्वजनिक गरेको छ ।
ती कृतिमा क्षितिज समर्पणको ‘तोरकीन’, सीमा आभासको ‘महायुग’, डा नवराज केसीको ‘स्वस्पर्श’, श्रवण मुकारूङको ‘सलह’ र नदीशको ‘हिउँद’ छन् ।
पुरस्कार चयन प्रक्रियाको दोस्रो चरणको विस्तारित सूचीमा रहेका १५ पुस्तकमध्येबाट निर्णायक मण्डलको सिफारिसमा उत्कृष्ट पाँच कृति सार्वजनिक गरिएको प्रतिष्ठानका अध्यक्ष जीवा लामिछाने जानकारी दिए । पाँचमध्येबाट एक कृतिले पुरस्कार पाउनेछ ।