काठमाडौं- स्थानीय बजारमा आज सुनको मूल्य केही बढेको छ भने चाँदीको भाउ घटेको छ । हिजो बुधबारको तुलनामा सुन तोलामा ८०० रुपैयाँले बढेको छ भने चाँदी १० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ८४ हजार रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ३१० रुपैयाँ कायम भएको छ ।
हिजो छापावाल सुन प्रतितोला दुई लाख ८३ हजार दुई सय रुपैयाँ र त्यति नै परिमाणको चाँदी चार हजार ३२० रुपैयाँ कायम भएको थियो । गत मङ्गलबार छापावाल सुन प्रतितोला दुई लाख ८४ हजार २०० रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ३१० रुपैयाँ निर्धारण भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ७६ र चाँदी ५७ अमेरिकी डलरमा किनबेच भइरहेको छ ।