काठमाडौं- स्थानीय बजारमा आज सुनको मूल्य केही घटेको छ भने चाँदीको भाउ बढेको छ । हिजो मङ्गलबारको तुलनामा सुन तोलामा एक हजार रुपैयाँले घटेको छ भने चाँदी १० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ८३ हजार दुई सय रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ३२० रुपैयाँ कायम भएको छ ।
हिजो छापावाल सुन प्रतितोला दुई लाख ८४ हजार २०० रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ३१० रुपैयाँ कायम भएको थियो ।
गत सोमबार छापावाल सुन प्रतितोला दुई लाख ८८ हजार ५०० रुपैयाँ र त्यति नै परिमाणको चाँदी चार हजार ४४५ रुपैयाँ मा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार २९ र चाँदी ५७ अमेरिकी डलरमा किनबेच भइरहेको छ ।