काठमाडौं- स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य वृद्धि भएकाे छ । आईतबारको तुलनामा सुन तोलामा एक हजार ४०० रुपैयाँ र चाँदी ३५ रुपयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य दुई लाख ८८ हजार ५०० रुपैयाँ र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार ४१० रुपैयाँ निर्धारण भएको छ ।
आईतबार एक तोला छापावाल सुनको मूल्य दुई लाख ८७ हजार १०० रुपैयाँ र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार ४१० रुपैयाँ निर्धारण भएको थियो ।