काठमाडौं- स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेकाे छ । हिजो विहीबारको तुलनामा सुन तोलामा ५ हजार ८०० रुपैयाँ र चाँदी १५५ रुपैयाँले घटेकाे हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य दुई लाख ८५ हजार ५०० रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको भाउ चार हजार ३५० रुपैयाँ निर्धारण भएको छ ।
हिजो एक तोला छापावाल सुनको मूल्य दुई लाख ९१ हजार ३०० रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको भाउ चार हजार ५०५ रुपैयाँ निर्धारण भएको थियो ।