Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #नेपाली कांग्रेस
  • #शेरबहादुर देउवा समूह
  • #डा. शेखर कोइराला
  • #‘ए मैना सुनन’
  • #राष्ट्रियसभा
  • #नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • कुवेत गएका महिला घरेलु हिंसामा, उद्धारमै सास्ती
कुवेत गएका महिला घरेलु हिंसामा, उद्धारमै सास्ती
ममता थापा
ममता थापा शुक्रबार, साउन १, २०८३
  • रोजगारदाताले हातमा टोकेर रगतै निकालिदिएको फोटो पठाएपछि एक महिलालाई नेपाल झिकाउने पहल थालेका उनका आफन्त रत्न सुनुवारले बताए
  • कुवेतस्थित नेपाली दूतावासले भने दूतावास आफैँले उद्धार गर्न नमिल्ने तर दूतावाससम्म आए नेपाल पठाउन सकिने जनाएको छ

काठमाडौं- रोजगारीको लागि कुवेत गएकी २७ वर्षीया महिला घरेलु हिंसाको शिकार भएकी छन् । घरेलु कामदारका रुपमा गत चैत २७ गते कुवेत गएकी सुर्खेत लेकबेँसी नगरपालिका-१ की ती महिला कुवेतको अल जाहरा भन्ने स्थानमा रहेको बताइएको छ । 

पीडित महिलाका भेना रत्न सुनुवारका अनुसार कुवेतमै कार्यरत उनकी साथीले फ्रि-भिजा फि-भिजा टिकटमा कुवेत आउन मिल्छ भनेपछि उनी त्यता पुगेकी थिइन् । उनीसँगै अर्की एक जना महिला पनि साथमै पुगेकी थिइन् । ‘उनीहरु फ्रि-भिजा, फ्रि-टिकटमा गएका हुन् । सबै कुरा फ्रि भनेपछि त्यसकै प्रलोभनमा परे । त्यहाँ दुबैजना छुट्टाछुट्टै ठाउँमा छन्,’ सुनुवारले भने । महिनामा ४०-४५ हजार कमाइ हुन्छ भनेर बोलाइपछि उनीहरु कुवेत पुगेका थिए । 

पीडितले त्यहाँ धेरै यातना खेप्नुपरेको गुनासो सुनाएको सुनुवारले बताए । ‘मालिक्नीले खाना नदिई भोकभोकै राख्ने, हातमा टोकिदिने, कुटपिट गर्ने गर्दो रहेछ । एक दिनमा तीनदेखि चार घण्टामात्र सुत्न दिने रहेछ,’ सुनुवारले भने, ‘हातमा टोकेर रगतै निकालिदिएको फोटो पठाएपछि हामीले नेपाल झिकाउने पहल थालेका छौं ।’ पीडितले गएको एक महिनापछि हिंसामा परेको सुनाएको उनले बताए । 

Hardik health

उनका अनुसार त्यहाँ रहेको नेपाली दूतावासमा सम्पर्क गर्दा दूतावास आफैँले उद्धार गर्न नमिल्ने तर दूतावाससम्म आए नेपाल पठाउन सकिने जनाएको छ । त्यसपछि उनीहरुले सामाजिक सञ्जालमार्फत राष्ट्रिय टे«ड युनियन महासंघ नेपालले उद्धार गर्ने थाहा पाए । उद्धारका नाममा त्यहाँ पनि उनीहरुको ५० हजारभन्दा बढी खर्च भइसकेको छ । ‘२५ सय रजिस्टे«सन शुल्क र १० हजार ट्याक्सी भाडा लाग्छ भनिएको थियो । तर महासंघमा हालसम्म ३७ हजार बुझाइसक्यौँ । कुवेतमा रहेका प्रतिनिधिलाई ट्याक्सी भाडा वापत २० हजार पनि पठाइसक्यौँ,’ सुनुवारले भने, ‘अहिले के भइरहेको छ भनेर हामीलाई कुनै जानकारी दिइएको छैन ।’

महासंघका सचिव धनबहादुर राईले भने सेवावापत कुनै शुल्क अनिवार्य नगरेको बताए । ‘शुल्क खासै लिएको छैन । दिनेले खुसीले दिए भने हो । नत्र शुल्क लिने भन्ने छैन,’ राईले भने । दूतावासले गाडी नपठाउने भएकाले त्यहाँसम्म पु¥याउन ट्याक्सी भाडा चाहिँ पीडितले दिनुपर्ने उनले बताए । कुवेतमा रहेका आफ्ना प्रतिनिधिले पीडितको ठेगाना थाहा पाइसकेकाले उद्धारका लागि उनी त्यो घरबाट बाहिर निस्कनुपर्ने हुन्छ । ती महिलालाई बुधवार दूतावासमा पुर्‍याउने कुरा भएपनि त्यहाँ रहेका प्रतिनिधिबाट जानकारी लिएपछि मात्र पछिल्लो अवस्थाबारे थाहा हुने राईले बताए । 

कुवेतको श्रम बजारमा घरेलु कामदारको हिस्सा ठूलो छ । त्यहाँको केन्द्रीय तथ्यांक प्रशासनका अनुसार हाल विभिन्न मुलुकका सात लाख ३६ हजार घरेलु श्रमिक कार्यरत छन् । जसमध्ये ६.८ प्रतिशत अर्थात ५० हजारभन्दा बढी नेपाली रहेको पाइएको छ । यस्ता श्रमिकमा सबैभन्दा बढी दुई लाख १२ हजार जना घरेलु श्रमिक छिमेकी मुलुक भारतबाट छन् । 

पछिल्लो समय कुवेतमा ४५ हजारभन्दा बढी महिला गैरकानूनी रुपमा रहेको बताइने गरिएको छ । भिजिट भिजा, फ्रि-भिजा जस्ता बाहानामा अवैधानिक तवरबाट श्रमिक ओसारपसार गरेको खबरहरु बाहिरिसकेका छन् । नेपाल सरकारले त्यहाँ अवैधानिक रुपमा बसेकाहरुलाई पनि हेर्ने बताउँदै आएको छ । तर कानूनी जटिलताका कारण यस्ता श्रमिकको उद्धार कठिन हुँदै आएको छ । 
 


प्रकाशित मिति: शुक्रबार, साउन १, २०८३  १०:५७
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी मंगलबार, भदौ २, २०८३
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता सोमबार, भदौ १, २०८३
आजदेखि देशभरका म्यानपावर बन्द
आजदेखि देशभरका म्यानपावर बन्द सोमबार, भदौ १, २०८३
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता 
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता  आइतबार, साउन ३१, २०८३
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव  शुक्रबार, साउन २९, २०८३
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू बिहीबार, साउन २८, २०८३
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध  बुधबार, साउन २७, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP