Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
विचार
  • Home
  • विचार
  • नेपालमा आर्य सभ्यताको विकास र यसको स्थिति
नेपालमा आर्य सभ्यताको विकास र यसको स्थिति
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, भदौ १८, २०७७
Raila
Hardik health
भारतखण्ड उपमहाद्वीपहरुमा आर्यहरुको सृष्टिको प्रारम्भदेखि नै अविच्छिन्न रुपमा रहँदै आएको पाइन्छ । यस विषयलाई प्रमाणित गर्न आर्यहरुको विशाल वाङ्मय नै पर्याप्त छ । विशिष्ट अन्वेषकहरुले आर्यहरुको प्राचिन वैदिक वाङ्मयलाई विश्वको सबैभन्दा पुरानो वाङ्मय मानेका छन् । वेद, स्मृति, पुराण, इतिहास आदि वाङ्मयमा कहीँ पनि आर्यहरु बाहिरबाट आएको संकेतहरु पाइँदैन । बरु यिनै हिमाल, पहाडका कन्दराहरुमा र यहाँका नदीहरुको संगमस्थलमा विद्वान्हरुले आफ्ना दिव्य बुद्धिद्वारा उत्तम कृतिहरु रचना गरेका छन् । यिनै प्रमाणहरुद्वारा हिमवत्खण्डमा नै वेदादि शास्त्रहरुको प्राकट्य भएको प्रष्ट हुन्छ । विश्वको सृष्टि प्रक्रियाको प्रारम्भ पनि हिमाली क्षेत्रबाट भएको कतिपय विचारकहरुले बताउँछन् । नेपालको पहिलाको राष्ट्रिय गीतमा ‘शिवले यहाँ ल्याए’थे सृष्टिको पहिलो बिहानी’ भनी बिनाप्रमाण त्यसै भनिएको होइन । आजभन्दा करिब तीन हजार वर्षपहिले हिमालय सभ्यताको विस्तार चीनको मैदानदेखि टिबेटियन प्लाचु हुँदै पुगेको थियो भने हालको भारतमा गंगानदी (ब्रह्मपुत्र) को मैदान हुँदै सभ्यता र संस्कृतिको विकास भएको पाइन्छ । हिमालयको काख कास्मिर तथा दरद देशमा खस वर्गका आर्यहरू र आसाम, मेघालय र नेपालको पूर्वी भागमा किरातहरुको बस्तीहरू बस्दै फैलिँदै आएको पाइन्छ । लगभग एक हजार वर्षपूर्व नै हालको भारतमा १६÷१७ वटा ठूला जनपद राज्यहरूको विकासका साथै अनेक स–साना राज्यहरूको पनि विकास भएको थियो । त्यतिबेला आर्यकै एउटा शाखाको रूपमा किरात जातिलाई लिइएको थियो । यो पर्वतमाला र त्यसको मैदानी भागमा बस्ती विकास भइसकेको पाइन्छ । हालको उत्तरी विहार, जनकपुर प्रदेश र गंगानदी वारिको क्षेत्रमा जसलाई आज पनि मिथिला भनेर भनिन्छ । नेपालका पहाडी क्षेत्र, मैदानी क्षेत्रमा यसअघि नै मानव बस्तीको भइसकेको थियो । सतलज नदीदेखि पूर्वतर्फ रहेका कोसी नदीको किनार र यसका आसपासका उपत्यका र गण्डकी नदीे किनार र यसको आसपासका उपत्यकाहरूमा पशुपालन व्यवसाय र खेतीपातीको समेत विकास भएको पाइन्छ । त्यसैगरी वाग्मती नदीको माथिल्लो काठमाडौं उपत्यकाको तलाउको रूपमा रहँदै यसको वरिपरि शिवपुरी क्षेत्र, लप्सेफेदी, गागलफेदी, गोदावरी वन, स्वयम्भूमाथिको पाखामा, थानकोटमा मानव बस्तीको सभ्यता बसिसकेको कुरा इतिहासकार कर्क प्याट्रिकले अनुमान गरेका छन्् । चिनियाँ यात्री ह्वेन साङले पनि कास्मिर अफगानिस्तान हुँदै काराकुरमको बाटोबाट नेपाल आएका र उनले नेपालको वर्णन गर्दा हालको काभ्रेको पाँचखाल उपत्यका, नुवाकोटको विदुरको आसपासका डाँडापाखा, उपत्यका र धादिङको केवलपुरमा बस्ती भएको र त्यसबेलाको समाज मातृसत्तात्मक थियो भन्ने कुरा स्व.पुष्पलालले आफ्नो नेपालमा मातृसत्तात्मक समाज भन्ने पुस्तकमा उल्लेख गरेका छन्् । मानव सृष्टि र सभ्यतामा हिमालयन रेन्जको सभ्यता नै पहिलो हो । हिमालयबाट नै नदीको माध्यमबाट यो सभ्यता विस्तार हुँदै आएको मानिन्छ । स्वामी प्रपन्नाचार्यले ‘वेदमा के छ ?’ मा लेख्छन्, ‘कतिपय इतिहासकारहरूले यो पनि भनेका छन् कि सिन्धुघाँटीको सभ्यता वैद्धिक सभ्यताभन्दा पुरानो हो र आर्यहरूले बाहिरबाट आएर सिन्धुघाँटीको सभ्यतालाई नष्ट पारेका हुन् । यसबाहेक भारतीय प्रसिद्ध विद्वान् लोकमान्य तिलकले आर्य सभ्यता दक्षिण एसिया र पूर्वी एसिया नै हो भनेका छन्् । हिमालय रेन्जबाट निस्किएको आदि मानव गंगा नदीको तटमा बस्न पुगेपछि त्यसले आफ्नो सभ्यता विस्तार भएको मान्दछन् । फारसीहरू आफूलाई आर्य र हिमालय सभ्यताबाट आएको भनेर अहिले पनि गर्व गर्छन् । अहिलेको भारतका काशी, प्रयाग, कानपुर आदि समतल भू–भागमा बसोबास गरिरहेका आर्यहरु हिमाली टाकुराहरुबाट नै तलतिर सर्दै गएका सिद्ध हुन्छ । भारतीय गणतन्त्रका प्रथम प्रधानमन्त्री पं.जवाहरलाल नेहरुले भनेका छन्– हिमाली भेगबाट बहने नदी नालाबाट हिमाली भेगको मलिलो माटो र अमृतमय जलले समतल प्रदेशलाई हराभरा बनाएका छन् । त्यसैगरी नै यिनै हिमाली पर्वत शिखरहरुबाट बगेका धार्मिक सांस्कृतिक प्रवाहले पनि समतल प्रदेशलाई समृद्ध तुल्याएको छ । त्यसैले पनि हिन्दूहरुको समग्र उत्तर दिशाप्रति नै अत्यन्त गौरवपूर्ण भावना रहिआएको छ । समस्त आर्यहरुले सबैभन्दा बढी आदर गरेको ग्रन्थ वेद नै हो । वेदमा पनि वेदमाता गायत्रीको महत्व अत्याधिक रहेको पाइन्छ । गायत्रीको उत्पत्ति हिमालयबाट नै निस्कने कोशि (कौशिकी) महानदीको किनारमा विश्वको सर्वाेच्च शिखर सगरमाथाको छत्रछाँयामा बराहक्षेत्र परिसरमा भएको थियो । गायत्री मन्त्रको प्रथमद्रष्टा महर्षि विश्वामित्र ऋषि हुन् भनिएको छ । यसैकारण समतलबासीले गायत्रीको मन्त्र मूल घर पर्वत क्षेत्र नै हो भन्ने विषय स्विकारेका छन् । यसरी हिमालयका शाखा प्रशाखाहरुलाई देवतास्वरुप मानेर आदर गर्ने हुनाले पर्वतहरुले भरिएको नेपालमा हिन्दू, आर्य पुर्खाहरुको निवास प्राचीन समयदेखि नै बसोबास हुँदै आएको स्पष्ट हुन्छ । अतः नेपालमा समस्त आर्यहरुको आदिम बासस्थान रहेको प्रमाणित हुन्छ । आचार्य तिलकले ‘भारतवर्ष र चिनियाँ दुवै सभ्यता आर्यबाट प्रभावित छन्् किन कि ब्रह्माण्डको यो विशाल भूखण्ड जो जनसंख्याको दृष्टिले दुवै आर्य सभ्यताका प्रतीक शिव र बुद्धका अनुयायी छन् भनेर स्पष्ट मत व्यक्त गरेका छन्् । डा.एनी वेसेन्टले लेखेअनुसार पृथ्वीमा १० लाख वर्षदेखि आर्य सभ्यताको विकास हुँदै आएको मान्छन् । त्यसैगरी पुरातत्वविद् नाना पाव विगले पनि ‘आर्यावर्त तील आर्याची जन्म’ नामक ग्रन्थमा हिमालयमा नै हाम्रो र हाम्रो पुर्खाबाट देवताको जन्म भएको हो । बंगालका प्रसिद्ध विद्वान् अविनाश चन्द्र दासका अनुसार (ऋग्वेदिक इन्डिया, पृ.३७६) वेदहरूमा उत्तरतिर नक्षत्रहरूको वर्णन छ । त्यसो हुँदा वैदिक ऋषिहरूले नेपाल, कास्मिर र हिमालयहरूको पर्वतमालाबाट देखे होलान् भनेर प्रस्ट पारेका छन्् । वेद र गीतालाई आधार मानेर नै कुरान र बाइबल बनेका छन्् । बुद्ध दर्शन त करिब वेदको अंश नै भन्न सकिन्छ । बाइबललाई राम्रोसँग अध्ययन गर्ने हो भने पैगम्बर महमद र यशु ख्रिस्टले पनि निराकार शक्ति मानेका छन्् । त्यो निरञ्जन निराकार शक्ति नै शिव शक्ति नै हो भन्दा फरक नपर्ला । किनकि भगवान् निरञ्जन निराकार नै हुन्छन्, जसलाई मानवरुपी चच्छुले देख्नै सकिन्न, यो त एक विश्वास र अनुभव गर्ने मात्रै हो मानव जातिले । आर्यहरूको जन्मथलो मानसरोवर नै हो, जहाँ कैलाशकुट पर्वत अवस्थित छ । प्राचीन राज्यको विस्तारमा शाक्य वंशको राज्य हाल तिब्बतको सिगात्सेसम्म थियो । मानसरोवर रहेको ठाउँ नेपाली सभ्यताको उद्गमस्थल हो भन्नलाई कत्ति पनि संकोच गर्नु पर्दैन । हाम्रो देश नेपालको कपिलवस्तु जिल्लामा आजभन्दा २५०० वर्ष पहिले सिद्धार्थ गौतम बुद्धलको जन्म भयो । पछि उनले बुद्धत्व प्राप्त गरेको ठाउँ हालको देश भारतको सारनाथ र महानिर्वाणार्थको ठाउँ कुशीनगर हो । बुद्धले बुद्धत्व प्राप्त गरेको ठाउँ पनि नेपाली सभ्यताबाट प्रभावित भूगोल हुनुका साथै हालको तिब्बतको मानसरोवर (सिगात्से) सम्म र पश्चिम दक्षिणमा गंगा नदीको किनारसम्म पाल्ही भाषाको विकास भएको थियो । अझ भन्ने हो भने चिनियाँ, उइगुर, मंगोलियन, टिबेटियन यी पूर्वी एसियाका भाषाहरू थाई, कम्बोडियन, भियतनामी, इन्डोनेसियन यी सबै भाषामा संस्कृत र आर्य भाषाको प्रत्यय मिसाइएको छ । त्यसबेला सानासाना राज्यहरू थिए ती राज्यहरुमा राजा वा शासकको चुनाव हुन्थ्यो र ती स–साना राज्यहरुमा विशाल संघ आर्यावर्त थियो र आर्यावर्त भनेको हालको नेपाल हो । नेपाली सभ्यताको अर्को उद्गम थलो कर्णाली अञ्चलको सिंजा उपत्यका मानिएको छ । त्यहाँ केही आर्यहरू हजारौँ वर्षपहिले आएर बसेका थिए र मानव सभ्यताको धेरै अवयव नीति नियममा चलेका थिए । हालको नेपाली भाषाको विकास जुम्लाको सिंजा उपत्यकाबाट भएको भनिन्छ । त्यो विस्तारै बसाइँसराइ गर्दै पूर्व, उत्तर, पश्चिम, दक्षिण चारैतिर फैलिँदै आजको यो आर्यहरुको विशाल समुदायको एक चिनारी हो । आज नेपाली राष्ट्रियताको विकासमा ताजपुरिया सभ्यता जो विराट राजाको सभ्यताले चिनिन्छ, मिथिला सभ्यता जो विदेह सभ्यताले चिनिन्छ, सिम्रौनगढ सभ्यतालाई जो भोजपुरी सभ्यता भनिन्छ र शाक्य सभ्यता र जुम्लाको खस आर्य सभ्यता यी सबै नेपाली राष्ट्रियताका गौरवका विषय अन्तर्गत पर्दछन् । अर्काे कुरा आर्यहरु भारतको समतल भाग हुँदै नेपालको पहाडहरुमा बसाइँ सरेर बस्न थाले भन्ने यो कुरा नै दुविधापूर्ण देखिन्छ किनकि हरेक मानव सुख चाहन्छ, धेरै दुःख गर्न चाहँदैन, चाहे ती प्राचीन या आदिम युगका मानव, जो वन चहार्दै एक ठाँउबाट अर्को ठाउँमा सिकार गर्दै हिँड्ने जंगली मानव हुन् या अहिले सुविधा सम्पन्न सभ्य भनिएका आधुनिक मानव किन नहोउन् । यी सबैमा दुःख गर्नेभन्दा पनि सुखैसँग बस्ने रहर हुन्छ । कोही पनि सुविधा र राम्रो स्थान छाडेर अन्यत्र कतै बसाइँ सरेर जाँदैन । यो समान्य मानिसको मनमष्तिकमा पनि रहने कुरा हो । त्यसैले बरु यिनै ठूला ठूला हिमशृंखलाबाट समतल भूभाग र अन्न उत्पादन हुने उर्वरभूमितिर झरे होलान् । जे होस्, आर्यहरुको आदिम बासस्थान होइन भन्ने कुनै दुई मत छैन । चाहे त्यो समतलबाट आएका होउन् या पहाडबाट झरेका हुन् । हुन सक्छ केही हिन्दूहरु मुसलमानको शासकबाट भएको अतिक्रमणबाट आफू र आफ्नो धर्म संस्कृति जोगाउन सुविधा स्थान छाडेर नेपालको दुर्गम पहाडको काखमा शरण पर्न आएको इतिहासमा पाइन्छ तर ती आएर नै आर्यहरुको उदय गरे भन्नु गलत हो किनकि यहाँ त मुिस्लम धर्मको उत्पत्ति हुनुभन्दा पनि पहिले नै आर्यहरुको बसोबास भएको पाइन्छ । तर आएकै होइन, भनेर ठोकुवा गरेको भने होइन । केही हिन्दूहरु जीवन रक्षाको डरको कारणले भागेर आफ्ना पूर्वज खोज्दै आएको चाहिँ मान्न सकिन्छ । नेपालमा प्राचीन कालदेखि नै ऋषि, परमर्षि, काण्डर्षि, स्रृतर्षि, राजर्षि, ब्रह्मर्षिसमेतको प्रादुर्भावले यहाँको सारा ज्ञान विज्ञानको विकास भयो । विश्वले यसै देशबाट आफूलाई चाहिने विभिन्न शास्त्र, शिल्पकलाको शिक्षा प्राप्त ग¥यो । बरु नेपाल एक असली हिन्दू आर्य भएको देश हो । यहाँ न त कुनै धार्मिक (मुस्लिम) आक्रमण भएको थियो न त जीवन रक्षाका निमित्त आफू बसेको ठाउँ छाडेर हिँड्नु नै प¥यो । बरु अहिले डलरमा ¥याल काढ्ने केही राष्ट्रभक्तिको मुखुण्डो ओढेर राजनीति गर्ने नश्लवादीहरुले केही अप्ठ्यारो पार्न खोजेका थिए, त्यो पनि अहिले निस्तेज भएर गएको देखिन्छ (हिन्दूहरुको एकरुपताले गर्दा) । हिजोको हाम्रा पुर्खाहरुको पालामा धार्मिक आक्रमण र जीवन रक्षाको निमित्त कसैको डर र धम्कीमा बस्नु परेको कुनै पनि कालखण्डमा छैन । आज जुनसुकै राज्य व्यवस्था आए पनि हामी सबै नेपाली पछिल्लो मानव सभ्यताका प्रतीक हौँ भन्ने कुरा बुझ्नु पर्दछ । हाम्रो सभ्यताको इतिहासमा हामी विश्वमा जेष्ठ हौँ । हाम्रो सभ्यता र संस्कृतिको खोजबिन, उत्खनन् गरेर एउटा गौरवमय सभ्यताको संरक्षण र सम्वद्र्धन गर्नुपर्ने अहिलेको परिस्थितिले हामीलाई जागरुक गराएको छ । त्यसैको फलस्वरुप यो आर्य सभ्यताको विकास र यसको स्थितिको खोजगरी यसको संरक्षण गर्नु पनि आउँदा पुस्ताहरुको निमित्त इतिहासको एक महत्वपूर्ण स्रोतको रुपमा लिइन्छ । (लेखक रैला समाज कुलदेवता मन्दिरपराशर आश्रम, काठमाडौं, नेपाल, ०७६, का संस्थापक अध्यक्ष तथा आजीवन सदस्य हुन् ।)  
प्रकाशित मिति: बिहीबार, भदौ १८, २०७७  १३:४३
प्रतिक्रिया दिनुहोस्
थप विचार
अधिकार रक्षा र पहिचानको लडाइँमा अगस्ट ९ को सन्देश
अधिकार रक्षा र पहिचानको लडाइँमा अगस्ट ९ को सन्देश बुधबार, साउन २०, २०८३
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती मंगलबार, साउन १९, २०८३
बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ ! मंगलबार, साउन १९, २०८३
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं ! सोमबार, साउन १८, २०८३
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP