Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #नेपाली कांग्रेस
  • #शेरबहादुर देउवा समूह
  • #डा. शेखर कोइराला
  • #‘ए मैना सुनन’
  • #राष्ट्रियसभा
  • #नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
Search Here
विचार
  • Home
  • विचार
  • पाली भाषाको प्राचीनता र व्यापकता
पाली भाषाको प्राचीनता र व्यापकता
मदनरत्न मानन्धर
मदनरत्न मानन्धर बिहीबार, असार २५, २०८३
मदनरत्न मानन्धर

 

बुद्ध जन्मभूमि देश नेपालका नेपालीहरूले आफ्नै पुर्खाको रूपमा रहेका भगवान् बुद्धद्वारा प्रयोग गरेको पाली भाषाको प्राचीनता र व्यापकताको बारेमा राम्रो जानकारी राखी उनीद्वारा उपदेशित शिक्षालाई शुद्धरूपमा ग्रहण गरी सो अनुरूप आफ्नो र आफूमा आश्रित परिवारजनको स्थायी सुख, शान्ति र उत्तरोत्तर प्रगति गर्नमा विलम्ब नगर्दा अहिले प्राप्त दुर्लभ मनुष्य जीवन सार्थक बनाउन सहयोगी हुन सक्दछ भन्दा अत्युक्ति नहोला ।

आजभन्दा २६४८ वर्षअघि (इ.पू. ६२३ मा) नेपालको दक्षिण पश्चिम तराईको लुम्बिनी उपवनमा जन्मिएका राजकुमार सिद्धार्थले ३५ वर्षको उमेरमा बुद्धत्व ज्ञान प्राप्त गरी बुद्ध कहलिए । नेपालको कपिलवस्तुका तत्कालीन राजा शुद्धोधन र महारानी महामायादेवीका ज्येष्ठ सुपुत्र उनले आफूले प्राप्त गरेको बोधिज्ञान (दुःख मुक्तिको उपाय) लाई आफ्नो शेष जीवनको ४५ वर्षसम्म भूगोलको विभिन्न खण्डमा बाँडे र ८० वर्षको पाको उमेरमा महापरिनिर्वाण (देहावसान) भए । उनको परिनिर्वाणको करिब तीन महिनापछि नै विद्वान शिष्य भिक्षुहरूबाट सम्पूर्ण बुद्धवचनलाई संग्रह गरी त्रिपिटक खडा गरे । बुद्धले ज्ञान बाँड्नमा प्रयोग गरेको भाषा त्यतिबेलाको प्रचलित जनभाषा मागधी भाषा थियो । पछि सो भाषा पाली भाषाबाट चिनियो । यस लेखमा उक्त पाली भाषाको प्राचीनता र व्यापकताका बारेमा प्रकाश पार्न खोजिएको छ ।

नेपालका विभूति, विश्व शान्तिका अग्रनायक, सम्पूर्ण प्राणीहरूको दुःख मुक्तिका लागि अनवरत प्रयासरत रहेका महाकारुणिक तथागत गौतम बुद्धले बाँडेका करिब ८४ हजार धर्मस्कन्ध (उपदेश वा शिक्षा) को समूह नै त्रिपिटक हुन् । यसलाई सूत्रपिटक, विनयपिटक र अभिधर्मपिटक भनी विभाजन गरिएको छ । सूत्रपिटक अध्ययन गर्न सहजताका लागि यसलाई पनि पाँचवटा निकायमा विभाजन गरिएको छ । ती हुन्- दीघनिकाय, मज्झिमनिकाय, संयुक्तनिकाय, अंगुत्तरनिकाय र खुद्दकनिकाय ।

Hardik health

तीमध्ये खुद्दकनिकायको १५ वटा ग्रन्थमा उल्लिखित धम्मपदको ४२३ वटा गाथा (श्लोक) हरूअन्तर्गत बुद्ध वर्गको १८३ गाथामा भनिएको छ, ‘सब्बपापस्स अकरणम्, कुसलस्स उपसम्पदा, सचित्तपरियोदपनम् एतम् बुद्धान सासनम् ।। अर्थात् सबै प्रकारका पाप कर्म नगर्नू, कुशल कर्म सञ्चय गर्नू, आफ्नो चित्त (मन) लाई शुद्ध गर्नू, यही (सबै) बुद्धहरूको शिक्षा हो ।’ यहाँ सबै बुद्धहरूको शिक्षा हो भनिएबाट एकजना बुद्धको मात्र होइन भन्ने कुरा स्पष्ट हुन्छ । लोकमा एकभन्दा बढी बुद्धहरू उत्पन्न भइसक्नुभयो र भविष्यमा पनि अनेक बुद्धहरू उत्पन्न हुने छन् भन्ने जानकारी खुद्दकनिकायको १५ वटा ग्रन्थहरूअन्तर्गत बुद्धवंश पालीमा पाइन्छ । यी सबै बुद्धहरूको शिक्षा एकै हुन्छन् भन्ने आशय माथिको धम्मपद गाथाले दर्साउँछ ।

बुद्धवंश पालीमा दीपंकर बुद्धदेखि वर्तमान गौतम बुद्धसम्म २५ जना बुद्ध र त्यसभन्दा पहिलेका तीन जना गरी जम्मा २८ जना बुद्धको विवरण उल्लेख भएको छ । एक जना बुद्ध उत्पन्न हुन पनि धेरै कल्प समय लाग्ने कुरा पनि त्यहाँ उल्लेख छ । कल्प भन्नाले अनगिन्ति वर्षहरू हुने गर्दछ । यसरी बुद्धहरूको परम्परा अनन्तकालदेखि चलिआएको देखिन्छ । सबै बुद्धले पालि भाषामै उपदेश वा शिक्षा बाँड्ने भएकोले पालि भाषाको प्रचलन प्राचीनकालदेखि नै रही आएको पाइन्छ । यस अर्थमा पालि भाषा कति पुरानो हो भन्ने अड्कल गर्न सकिन्छ । साथै, यस भाषाको प्राचीनता उजागर हुन आउँछ ।

यसैगरी सूत्रपिटकको तेस्रो ग्रन्थ संयुक्त निकायको महावग्ग, सच्चसंयुक्तमा धम्मचक्कप्पवत्तन सुक्त नामक एक सूत्र उल्लेख छ, जसलाई बुद्धको प्रथम देशनाको रूपमा लिइन्छ । सोही सूत्र विनयपिटकको महावग्ग पाली, महाखन्धकमा धम्मचक्कप्पवत्तन भनी उल्लेख गरिएको पाइन्छ । सो सूत्रअनुसार सिद्धार्थ गौतमले करिब दुई हजार ६१४ वर्ष पहिले वैशाख पूर्णिमाको रात बोधिज्ञान लाभ गरी बुद्ध बने । त्यसको दुई महिनापश्चात् अर्थात् असार पूर्णिमाको दिन वाराणसीको मृगदावनमा पाँच जना शिष्यहरूलाई पालि भाषामा प्रथम धर्मचक्र प्रवर्तन याने कि धर्मको प्रथम देशना गरे । यसमा चार आर्य सत्य, आर्य अष्टांगिक मार्गका कुराहरू प्रमुख रूपमा रहेका छन् । यस सूत्र देशना गर्ने क्रममा बुद्धले ‘पुब्बे अननुस्सुतेसु धम्मेसु चक्खुं उदपादि, ञाणं उदपादि, विज्जा उदपादि, आलोको उदपादि’ भनी बडो स्पष्टसँग उद्घोष गरेको पाइन्छ, जसको अर्थ हो ‘पहिले नसुनेको धर्ममा चक्षु (आँखा) उत्पन्न भयो, ज्ञान उत्पन्न भयो, विद्या उत्पन्न भयो, आलोक (प्रकाश) उत्पन्न भयो ।’ यी र यस्तै कुरा सुनेर ती पाँच जना शिष्यहरूमध्ये ज्येष्ठ कोण्डिन्यले विरज विमल ज्ञान प्राप्त गरेको कुरा उल्लेख छ ।

उक्त धम्मचक्कप्पवत्तन सुक्तमा उल्लेख भएअनुसार बुद्धको सो उपदेश सकिनासाथ भूमिमा रहेका देवताहरूले अभिनन्दनका साथ बुद्धले धर्मचक्र प्रवर्तन गरेको कुरा उद्घोष गरे । ती देवताहरूको उद्घोष सुनेर चतुर्महाराजिका देवताहरूले पनि सो कुराको उद्घोषण गरे । यसलाई सुनेर त्रायत्रिंश देवताहरूले, यामा देवताहरूले, तुसिता देवताहरूले, निर्माणरति देवताहरूले, परनिर्मित वशवर्ति देवताहरूले र ब्रह्मकायिका देवताहरूले एकैस्वरमा बुद्धले उक्त धर्मचक्र प्रवर्तन गरेको कुराको उद्घोषण गरे भन्ने विवरण उल्लेख भएको छ । यस हिसाबले बुद्धले उपदेशका क्रममा प्रयोग गरेको पाली भाषा विभिन्न प्रकारका र विभिन्न लोकमा रहेका देवतालगायत ब्रह्माहरूले समेत बुझेको भन्ने सुस्पष्ट हुन्छ । यसबाट पालि भाषाको व्यापकता देवलोक ब्रह्मलोकसम्म पनि रहेको छ भन्ने बुझ्न गाह्रो भएन । 

विनयपिटक अट्ठकथा, चूलवग्ग, खुद्दकवत्थुक्खन्धकमा भनिएको छ, ‘सकाय निरुत्तियाति एतथ सका निरुत्ति नाम सम्मासम्बुद्धेन वुत्तप्पकारो मागधिको वोहोरो’ अर्थात् सकाय निरुत्ति भनी आफ्नो भाषा सम्यकसम्बुद्धले बोलेको भाषा मागधिक हो भनिएको छ । पदपसिद्धि व्याकरणमा ‘सा मागधि मूलभासा, नरा यायादिकप्पिका । ब्रह्मनो चस्सुतालापा, सम्बुद्धा चापि भासरे’ अर्थात् उक्त मागधी मूलभाषा, मानिसहरूदेखि लिएर ब्रह्मादेखि लिएर असुर र सम्बुद्धहरुले पनि बोल्ने भाषा भनिएको छ (कुसलञाणी गुरुमां, २०८१) ।

बुद्धकालीन समयमा वेदको भाषा छन्दस् थियो । चूलवग्गपालिमा भगवान् बुद्धले यमेलु र तेकुल भन्ने दुई दाजुभाइ ब्राह्मण भिक्षुहरूलाई भनेको पाइन्छ, ‘बुद्धवचनलाई जसले छन्दस् भाषामा उल्था गर्छ, उसलाई दुष्कृत्य आपत्ति हुन्छ । कि बुद्धवचन आ-आफ्नो भाषामा अध्ययन गर्नका लागि म अनुमति दिन्छु’  भनी विनय प्रज्ञप्त गरे ।ं यसरी बुद्धवचनलाई आ-आफ्नो भाषाबाट सिक्न, जान्न स्वतन्त्रता दिएको कुरा स्पष्ट हुन्छ । पाली भाषाको आफ्नो लिपि नभएकाले आ-आफ्नै लिपिमा पाली भाषा सरलरुपमा सिक्न सकिन्छ (कुसलञाणी गुरुमां, २०८१) ।

बौद्ध विद्वान भरतसिंह उपाध्यायको कथनअनुसार १९औं शताब्दीमा आएर मागधि भाषालाई पाली भाषा भनी प्रचलनमा ल्याइएको हो । भगवान् बुद्धको वचनलाई सुरक्षित राखेको र पालन गरिएको भाषा भएकोले पाली भाषा भनिएको हो । हाल आएर मागधि भन्ने चलन हराएर मूल त्रिपिटक र अर्थकथा आदि समस्त ग्रन्थलाई नै पाली भाषा भनिएको पाइन्छ । पाली भाषा एक भाषामात्र नभएर बुद्धवचन वा बुद्धशिक्षा भनी मनन् गर्न आवश्यक छ (कुसलञाणी गुरुमां, २०८१) ।

बुद्ध जन्मभूमि देश नेपालका नेपालीहरूले आफ्नै पुर्खाको रूपमा रहेका भगवान् बुद्धद्वारा प्रयोग गरेको पाली भाषाको प्राचीनता र व्यापकताको बारेमा राम्रो जानकारी राखी उनीद्वारा उपदेशित शिक्षालाई शुद्धरूपमा ग्रहण गरी सो अनुरूप आफ्नो र आफूमा आश्रित परिवारजनको स्थायी सुख, शान्ति र उत्तरोत्तर प्रगति गर्नमा विलम्ब नगर्दा अहिले प्राप्त दुर्लभ मनुष्य जीवन सार्थक बनाउन सहयोगी हुन सक्दछ भन्दा अत्युक्ति नहोला । रासस

 


प्रकाशित मिति: बिहीबार, असार २५, २०८३  ११:०३
प्रतिक्रिया दिनुहोस्
थप विचार
फोन ट्यापिङ अधिकारः आवश्यकता र प्रश्न
फोन ट्यापिङ अधिकारः आवश्यकता र प्रश्न मंगलबार, भदौ २, २०८३
हेलिकप्टर सम्वाद 
हेलिकप्टर सम्वाद  मंगलबार, भदौ २, २०८३
वस्तुनिष्ठताको कसीमा शैक्षिक परामर्श सेवा
वस्तुनिष्ठताको कसीमा शैक्षिक परामर्श सेवा सोमबार, भदौ १, २०८३
महिला सशक्तीकरणः दिगो विकासको मूल आधार
महिला सशक्तीकरणः दिगो विकासको मूल आधार आइतबार, साउन ३१, २०८३
ओखलढुंगाका जालपादेवी र सुकुमालादेवी मन्दिर
ओखलढुंगाका जालपादेवी र सुकुमालादेवी मन्दिर शुक्रबार, साउन २९, २०८३
बाध्यताको परदेश यात्रा
बाध्यताको परदेश यात्रा बिहीबार, साउन २८, २०८३
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा बुधबार, साउन २७, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP