Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #नेपाली कांग्रेस
  • #शेरबहादुर देउवा समूह
  • #डा. शेखर कोइराला
  • #‘ए मैना सुनन’
  • #राष्ट्रियसभा
  • #नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
Search Here
विचार
  • Home
  • विचार
  • नेपालमा खनिज साधनको उपलब्धता र उपयोगमा समस्या
नेपालमा खनिज साधनको उपलब्धता र उपयोगमा समस्या
गम्भीरबहादुर हाडा
गम्भीरबहादुर हाडा सोमबार, असार २२, २०८३
गम्भीरबहादुर हाडा

 

नेपालको भू-वनोट फरक-फरक किसिमको छ । तसर्थ धेरै ठाउँमा खनिज पदार्थको सम्भावना रहेको छ । नेपालको कुन ठाउँमा कति र के-कसता खनिज सम्पदाहरु रहेका छन् भन्नेबारे अनुसन्धान हुन सकेको छैन, जुन एउटा समस्या हो । कुनै पनि निर्माण वा विकासका लागि दक्ष तथा योग्य मानव संसाधन आवश्यक पर्दछ । निस्क्रिय साधनलाई परिचालन गर्न जनशक्ति आवश्यक पर्दछ । नेपालमा खनिज उद्योगसँग सम्बन्धित प्रयोगात्मक शिक्षा तथा सीपयुक्त जनशक्ति नहुँदा समस्या भएको छ । 

खनिज साधन महत्‍वपूर्ण प्राकृतिक साधनहरूमध्येको एक हो । देशको आर्थिक विकासमा खनिज साधनको स्थान महत्‍वपूर्ण रहेको छ । देशमा उद्योग, व्यापार, कृषि, यातायात आदि विविध पक्षको विकास गर्न खनिज साधनको प्रयोग हुन्छ । विश्वमा खनिज उद्योगमा विकसित देशहरू आर्थिक क्षेत्रमा पनि विकसित देखिन्छन् । नेपालको आर्थिक क्षेत्रमा पनि विकसित देखिन्छन् । नेपालको औद्योगिकीकरण केही हदसम्म उपलब्ध खनिज साधनको विकासमा भर पर्छ । नेपालमा खनिज स्रोतको विविधता छ । यसको उपयोग आधुनिक नेपालको प्रारम्भसम्म देशभरि नै  केही गरिँदै आएको थियो । अंग्रेज सरकारसँग व्यापार सम्झौता गरिएपछि यस्ता खनिज उद्योगमा विस्तारै ह्रास भएको पाइन्छ । किराँतकाल, लिच्छविकाल, मल्लकाल र शाहकालको प्रारम्भताका पनि खानी खनिन्थ्यो । चिनियाँयात्री हुयनसङ र फाइयानले नेपाललाई फलाम र तामा निकासी गर्ने मुलुक भनेका छन् । नेपालमा खनिज स्रोत प्रशस्त भए पनि हालसम्मको खोजीमा फलाम, खरी र स्लेट मूल्यवान् पत्थरजस्ता धातुगत खनिज आदिमा सम्भाव्यता बढी देखिन्छ ।

अति प्राचीन समयमा मानिसहरूले प्रयोग गर्ने खनिजमा चट्टान, जस्तैः चकमकको रूपमा र हतियारको रूपमा प्रयोग भएको थियो । तत्पश्चात् मानिसहरूले धातु पगाल्न जाने र कोरा तयार पारे, जसलाई ब्रोञ्ज ‘एज३ई’ भनिन्छ । त्यसपछि विश्वमा खनिजको विकसितरूपले फलाम युगको जन्म दियो । अत्यधिक फलामको उपयोग गर्ने प्रचलनले विश्वमा ‘स्टिल एज’ विकास भयो । प्रथमतः विश्वमा ती खनिजहरू प्रचलनमा आए जुन सजिलैसँग विश्वका विभिन्न प्रदेशमा पाइन्थे । आजको विश्वमा विभिन्न धातु र खनिजहरू नै प्रमुख रूपमा सभ्यताका परिचायक भएका छन् । आज मेसिनरी विकासको आधार, वस्तु निर्माण, उद्योग, स्टिल फर्निचर उद्योग, भाँडा, वर्तन एवं सिल्वर उद्योग, विद्युत् र सञ्चार उद्योग आदि सबै विभिन्न खनिजमा आधारित छन् । (भण्डारीः २०५४)

Hardik health

नेपालको आर्थिक विकासमा खनिज साधनको धेरै महत्‍वपूर्ण स्थान छ । किनभने देशमा उद्योग, कृषि, यातायात आदि आर्थिक पक्षको उन्नति गर्नको निमित्त खनिज पदार्थबाट बनेका सामानको जरुरत पर्दछ । नेपालको औद्योगिकीकरण केही हदसम्म उपलब्ध खनिज साधनको विकासमा भर पर्दछ । यो काम आधुनिक नेपालको सुरुवातमा रकम बन्दोवस्त अड्डाद्वारा गरिन्थ्यो । विभिन्न भौगर्भिक वनोटको पहाडी देश हुनाले नेपालका विभिन्न भागमा विभिन्न थरीका खनिज वस्तु पाइएका छन् । खनिज सर्भेक्षणद्वारा देशका थरीथरीका खनिजहरू पत्ता लगाइएका छन् ।

खानी तथा भूगर्भ विभागको प्रतिवेदनअनुसार नेपालका विभिन्न भागमा आजसम्ममा पत्ता लगाइएका मुख्य-मुख्य खनिज पदार्थहरू फलाम, तामा, अभ्रख, कोइला, पेट्रोल, सुन, चुनढुंगा, सिसा, निकल, जस्ता, म्याग्नेट साइट, खरी, स्लेटलगायत रहेका छन् । महाभारत पर्वतका श्रेणीहरूमा मूल्यवान् पत्थर ठाउँ-ठाउँमा फेला परेका छन् । संखुवासभाको ह्याकले खानी र दैलेखको रानीवनमा दुरमालिनजस्ता पदार्थ प्राप्त छ । नेपालमा धातुगतभन्दा अधातुगत प्रकारका खनिजहरूका भविष्य र सम्भाव्यता पर्याप्त छ ।

खनिज साधनको वर्तमान अवस्था 
नेपालमा खनिज स्रोत प्रशस्त भए पनि हालसम्मको खोजीमा त्यति उत्साहवद्र्धक देखिँदैन । हालसम्म पनि खनिज साधनको विकास गर्ने कार्यक्रम सर्भेक्षण र अन्वेषण कार्यमै सीमित भएको पाइन्छ । खानी विकासतर्फ कुनै गहकिलो योजना, कार्यक्रम र लक्ष्यको तर्जुमा भएको पाइँदैन । परिमाण तथा गुणको वास्तविकता पत्ता नलागेको भएता पनि भूगर्भशास्त्रीहरूले देशमा विभिन्न खनिज पत्ता लगाएका छन् । हालसम्मको अन्वेषण र सर्भेक्षणअनुसार नेपालमा पत्ता लगाइएको तथा अनुमान गरिएका खनिज साधनहरू निम्न प्रकारका छन्ः

(१) फलाम
फलाम खानी देशका विभिन्न भागमा भएको उल्लेख छ । देशको फलाम खानी ललितपुरको फूलचोकी डाँडामा छ । देशका १३ स्थानमा फलाम खानी पाइएको छ । रामेछापको ठोसेमा करिब ८४ लाख मेट्रिक टन फलाम रहेको अनुमान छ । फलामको गुण उच्चस्तरको हुनाका साथै अनुमानित परिमाण एक करोड टन रहेको छ अनुमान गरिएको छ ।

(२) तामा
देशका विभिन्न ३० स्थानमा तामा पाइने सम्भावना रहेको छ । तामा खानीको सबभन्दा ठूलो केन्द्र बन्दीपुरको वुहाखोला क्षेत्रमा छ । यसको परिमाण करिब २० लाख मेट्रिक टन रहेको अनुमान छ ।

(३) अभ्रख
यो नेपालको अर्को मुख्य खनिज पदार्थ हो । यसको प्रयोग मुख्यतः बिजुलीको काममा हुन्छ । बीचको पहाड तथा हिमालय प्रदेशको करिब २१ ठाउँमा अभ्रख खानी फेला पारिएको छ र यसको ठीक परिमाण यकीन गर्न सकेको देखिँदैन ।

(४) कोइला
कोइला कागबेनी र वाङ्खोलामा पाइने सम्भावना छ । नेपालमा कोइलाको साधन सीमित छ । परिमाणमात्र कम भएको होइन, त्यसको गुणसमेत निम्न भएकाले ठूला उद्योग चलाउन उपयुक्त छैन ।

(५) पेट्रोल
तराई, काठमाडौं, दैलेख र मुस्ताङमा पेट्रोलियम र ग्यास पाइने सम्भावना छ । यसमध्ये दैलेखमा हालै गरिएको अध्ययनले त्यहाँ पेट्रोल रहेको देखाएको छ । नेपालमा कुनै-कुनै स्थानमा भेटाइएका प्राकृतिक ग्यास नै पेट्रोल खानीको प्रमुख सूचक मानिन्छ । 

(६) सुन
कम्पुखोला, बूढीगण्डकी, कालीगण्डकी र सुनकोशीका वालुवामा सुनको कणहरू पाइएका छन् । चिसापानी र रसुवागढीमा चाँदी पाइने सम्भावना छ ।

(७) चुनढुंगा
सिमेन्ट र चुनका लागि आवश्यक कच्चा पदार्थ चुनढुंगा देशका विभिन्न ठाउँमा पाइन्छ । चोभार, ओखरे, भैंसे, उदयपुर आदि स्थानमा पाइएको छ ।

(८) निकल
स्पात बनाउन प्रयोग गरिने निकलको विस्तृत सर्भेक्षण नभएता पनि रामेछापको भोर्ले, सिन्धुपाल्चोकको नाम्फा, धनकुटाको खाकलिन वुङधाप आदि ठाउँमा पाइने अनुमान गरिएको छ ।

(९) सिसा र जस्ता
ललितपुरको फूलचोकी र रसुवा, बागलुङ तथा नुवाकोटमा सिसा र जस्ता पाइएको छ । गणेश हिमालमा ठूलो सिसाखानी पत्ता लगाइ सिसा निकाल्ने कार्यसमेत प्रारम्भ भइसकेको छ ।

(१०) खरिढुंगा
निर्माण र शृंगारको सामग्री उत्पादनका लागि यो महत्‍वपूर्ण खनिज हो । नेपालको अधिकांश पहाडी क्षेत्रमा खरिढुंगा प्रचुरमात्रामा भेटिएको छ । तर यसको सञ्चित भण्डारको मात्रा यकीन हुन सकेको छैन ।

(११) स्लेट
स्लेट घर छाउने कामका लागि महत्‍वपूर्ण ढुंगा हो । यसको भण्डार नेपालमा प्रशस्त मात्रामा छ । बन्दीपुरको स्लेट खानी व्यावसायिक दृष्टिले पनि उपयुक्त छ ।

(१२) ग्रेफाइट
ग्रेफाइटबाट पेन्सिल बनाइन्छ । रासायनिक व्यवसाय र रङरोगनमा पनि यस खनिज द्रव्यको प्रयोग हुन्छ । यो सिन्धुपाल्चोकको पाठीभञ्ज्याङ तथा मेची अञ्चलको परमोजिङ तथा पमदुम भन्ने ठाउँमा भेटिएको छ ।

(१३) पाइराइट
यस खनिजको प्रयोग मुख्यरूपले रासायनिक मल बनाउने काममा गरिन्छ । झापा र स्याङ्जा जिल्लामा यो भेटिएको छ ।

नेपालमा पेट्रोलियम खोजी कार्य धेरै अघिदेखि फाट्टफुट्टरूपमा विदेशी विशेषज्ञहरूले गर्ने गरेको भएता पनि क्रमबद्ध अन्वेषण कार्य २०३९ सालमा खानी तथा भूगर्भ विभागअन्तर्गत पेट्रोलियम अन्वेषण परियोजना स्थापना भएपछि मात्र सुरु भएको हो । नेपालको तराई र चुरे क्षेत्रलाई पेट्रोलियमका लागि सम्भाव्य क्षेत्र मानेर नेपाल सरकारले विभिन्न अध्ययन-अन्वेषण कार्य गर्दै आएको छ । अन्वेषण प्रवद्र्धन गर्ने हिसाबले यस क्षेत्रलाई जम्मा १० वटा अन्वेषण खण्डहरूमा विभाजन गरेको छ । विश्व बैंक, फ्रान्स र क्यानेडियन सरकारको सहयोगबाट यस क्षेत्रको प्रारम्भिक, भौगर्भिक, भू-भौतिक एवं भू-रासायनिक अध्ययन-अन्वेषण कार्य गरी महत्‍वपूर्ण डेटा प्याकेजहरू तयार पारिएका छन् । नेपालमा पेट्रोलियम अन्वेषण गर्न इच्छुक अन्तर्राष्ट्रिय तेल कम्पनीले समय-समयमा यी डेटा प्याकेजहरू खरिद गर्ने गरेको र यसबाट नेपाल सरकारलाई हालसम्म १२.५ लाख अमेरिकी डलर राजस्व प्राप्त भएको छ । (ज्ञवालीः २०६२)

खनिज साधनको विकास गर्नमा देखापरेका समस्याहरुमा विस्तृत भौगर्भिक सर्भेक्षण, यातायात साधन, पुँजी, दक्ष जनशक्ति, आधुनिक उपकरण, ऊर्जा, बजार र सरकारी नीतिलगायतको अभाव देखिन्छ । देशमा रहेका विभिन्न स्थानका खनिज सम्पदा उत्खननका लागि ठूलो मात्रामा धनराशीको खर्च हुन्छ । नेपालमा यस्तो लगानी सरकारी र निजी क्षेत्रबाट गर्न सकेको छैन जसले गर्दा खनिज सम्पदा उत्खननमा समस्या छ । खनिज सम्पदा विकासका लागि आधुनिक प्रविधिको आवश्यकता पर्दछ, जुन नेपालमा छैन । यस्ता प्रविधिहरु नहुनु र विदेशबाट आयात गर्दा धेरै खर्च हुनुले प्राविधिक समस्या ल्याएको छ ।

नेपालको भू-वनोट फरक-फरक किसिमको छ । तसर्थ धेरै ठाउँमा खनिज पदार्थको सम्भावना रहेको छ । नेपालको कुन ठाउँमा कति र के-कसता खनिज सम्पदाहरु रहेका छन् भन्नेबारे अनुसन्धान हुन सकेको छैन, जुन एउटा समस्या हो । कुनै पनि निर्माण वा विकासका लागि दक्ष तथा योग्य मानव संसाधन आवश्यक पर्दछ । निस्क्रिय साधनलाई परिचालन गर्न जनशक्ति आवश्यक पर्दछ । नेपालमा खनिज उद्योगसँग सम्बन्धित प्रयोगात्मक शिक्षा तथा सीपयुक्त जनशक्ति छैन जसले गर्दा यस क्षेत्रको विकास हुन सकिरहेको छैन । पूर्वाधार भन्नाले कार्यसञ्चालन गर्न आवश्यक पर्ने विद्युत्, सञ्चार, यातायात आदि हुन् । नेपालको भू-वनोटअनुसार पूर्वाधारको विकास हुन सकेको छैन । देशको विभिन्न भागमा यातायात, सञ्चार र बिजुली पुग्न सकेको छैन । त्यसले गर्दा सम्बन्धित क्षेत्रमा खोज अनुसन्धानको समस्या रहेको छ ।

नेपालमा विभिन्न खनिज सम्पदाको यस्तो सम्भावना हुँदा पनि सरकारी तवरबाट अहिलेसम्म आवश्यक नीति र कार्यक्रम उपलब्ध गराउन सकेको छैन । चासो नै राखेको देखिँदैन बरु अरु देशमाथि निर्भर र शरण खोज्न गइरहेको तीतो यथार्थ देखिन्छ जुन प्रमुख समस्या र लज्जास्पद कुरा हो । यसरी नेपाल पनि विश्वका विभिन्न देशहरुजस्तै खनिज सम्पदाले सम्पन्न रहेको छ । यति भए पनि उल्लिखित विभिन्न समस्याले गर्दा यो क्षेत्रको उत्खनन् र विकास हुन सकिरहेको छैन । हालसम्म पनि खानी विकास तर्फ कुनै गहकिलो योजना, कार्यक्रम र लक्ष्यको तर्जुमा भएको पाइँदैन । खनिज साधनको विकास गर्न सरकारी पक्षबाट मात्र सम्भव नहुनाले निजी क्षेत्र तथा विदेशी लगानीकर्तालाई समेत यसतर्फ पाइला चाल्न प्रोत्साहित गर्न जरुरी छ । खनिज साधनको विकास भएमा निर्माण सामग्री सस्तो र सुलभ हुन्छ । खनिजको विकास भएमा निर्यात व्यापार बढाउन प्रतिकूल व्यापार सन्तुलन कम गर्न, विदेशी मुद्रा आर्जन गर्न सहयोग पुग्दछ ।
 


प्रकाशित मिति: सोमबार, असार २२, २०८३  ११:१२
प्रतिक्रिया दिनुहोस्
थप विचार
फोन ट्यापिङ अधिकारः आवश्यकता र प्रश्न
फोन ट्यापिङ अधिकारः आवश्यकता र प्रश्न मंगलबार, भदौ २, २०८३
हेलिकप्टर सम्वाद 
हेलिकप्टर सम्वाद  मंगलबार, भदौ २, २०८३
वस्तुनिष्ठताको कसीमा शैक्षिक परामर्श सेवा
वस्तुनिष्ठताको कसीमा शैक्षिक परामर्श सेवा सोमबार, भदौ १, २०८३
महिला सशक्तीकरणः दिगो विकासको मूल आधार
महिला सशक्तीकरणः दिगो विकासको मूल आधार आइतबार, साउन ३१, २०८३
ओखलढुंगाका जालपादेवी र सुकुमालादेवी मन्दिर
ओखलढुंगाका जालपादेवी र सुकुमालादेवी मन्दिर शुक्रबार, साउन २९, २०८३
बाध्यताको परदेश यात्रा
बाध्यताको परदेश यात्रा बिहीबार, साउन २८, २०८३
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा बुधबार, साउन २७, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP