काठमाडाैं - ईपीएस प्रणालीमार्फत दक्षिण कोरिया जाने श्रमिकका लागि सीसीभीआई फाराम बुझाउने शुल्क बढाइएको छ।
वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस कोरिया शाखाले २०८३ असार १७ गते एक सूचना जारी गरी नेपालस्थित कोरियन राजदूतावासले सीसीभीआई फाराममा छ सयले शुल्क बढेकाे जनाएकाे हाे ।
शाखाका अनुसार श्रमिकले अब सीसीभीआई फारमका लागि भिषा शुल्क ११ हजार ३ सय रुपैयाँ बुझाउनु पर्ने भएकाे छ । पहिले श्रमिकले बुझाउने भिषा शुल्क १० हजार ७ सय रुपैयाँमा कायम थियाे ।
यस्तै, एउटै व्यक्तिको नाममा दोहोरो रकम जम्मा भएमा उक्त रकम फिर्ता नहुने भएकाले रकम भुक्तानी गर्दा विशेष सावधानी अपनाउन पनि शाखाले आग्रह गरेको छ।
