काठमाडाैं - नेपाली बजारमा सुनचाँदीको मंगलबार पुनः घटेको छ। मंगलबार सुनको मूल्य प्रतितोला रु ४,५०० ले घटेर रु २ लाख ७७ हजार ९०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे हाे ।
सोमबार सुन प्रतितोला रु १,४०० ले घटेर रु २ लाख ८२ हजार ४०० मा कारोबार भएको थियो। त्यसैगरी, मंगलबार चाँदीको मूल्य प्रतितोला रु २५ ले घटेर रु ४ हजार २८५ कायम भएको महासंघले जनाएको छ।
सोमबार चाँदीको मूल्य प्रतितोला रु १५ ले घटेर रु ४ हजार ३१० मा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य उतारचढावको प्रभावसँगै नेपाली बजारमा पनि सुनचाँदीको मूल्यमा गिरावट आएको व्यवसायीहरूको भनाइ छ।