काठमाडौं- आज स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ । सुन तोलामा दश हजार ५०० रुपैयाँ र चाँदी ३०५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज एक तोला सुनको मोल दुई लाख ८६ हजार ७०० रुपैयाँ कायम भएको छ भने त्यति नै परिमाणको चाँदी चार हजार ६४० रुपैयाँ कायम भएको छ ।
हिजो विहीबार एक तोला सुनको मूल्य दुई लाख ९७ हजार २०० रुपैयाँ र चाँदी चार हजार ९४५ रुपैयाँ मा कारोबार भएको थियो ।