काठमाडौं- आज स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । सुन तोलामा एक हजार २०० र चाँदी ४० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज एक तोला सुनको मोल दुई लाख ९७ हजार २०० रुपैयाँ कायम भएको छ भने त्यति नै परिमाणको चाँदी चार हजार ९४५ रुपैयाँ कायम भएको छ ।
हिजो बुधबार एक तोला सुनको मोल दुई लाख ९८ हजार २०० र चाँदी चार हजार ९८० मा कारोबार भएको थियो ।