काठमाडौं - मंगलबार सुनको भाउ सामान्य बढेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला ३ सय रुपैयाँ मूल्य बढेसँगै नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि प्रतितोला सुनको भाउ २ लाख ९८ हजार ५ सय रुपैयाँ तोकेको छ ।
अघिल्लो दिन २ लाख ९८ हजार २ सय रुपैयाँ थियो । एक साताको अवधिमा भने सुनको भाउ ३ हजार ४ सय रुपैयाँ घटेको छ । गत मंगलबार सुनको भाउ तोलामा ३ लाख १ हजार ९ सय रुपैयाँ थियो ।
त्यस्तै चाँदीको भाउ प्रतितोला २५ रुपैयाँ घटेको छ । अघिल्लो दिन ५ हजार १५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ९९० रुपैयाँ कायम भएको छ । गत मंगलबार चाँदी ४ हजार ९२५ रुपैयाँमा कारोबार भएको थियो ।