Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कांग्रेसका संस्थाइतर
  • #सिएन थारु/आरके तामाङ
  • #दीपक बन्जारा
  • #‘हृदयांश’
  • #गगनकुमार थापा
  • #नेपाली कांग्रेसको संस्थापनइतर
  • #जाइका
  • #तानाका अकिहिको
  • #सुनिल लम्साल
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • विश्वभरि कामदारमाथि हुने हिंसात्मक आक्रमण बढ्यो 
आइटियुसीको प्रतिवेदन विश्वभरि कामदारमाथि हुने हिंसात्मक आक्रमण बढ्यो 
प्रभाव संवाददाता
प्रभाव संवाददाता शनिबार, जेठ ३०, २०८३

 

प्रतिवेदनअनुसार सन् २०२६ मा ११३ वटा मुलुकले श्रमिकहरुलाई टे«ड युनियन स्थापना गरेर संगठित हुनबाट वञ्चित गराएका छन् । यस्ता देशहरु सन् २०१७ मा ८२ वटा थिए । श्रमिकहरुलाई १३० वटा मुलुकले हड्ताल गर्ने अधिकारबाट वञ्चित गराइएको जनाएको छ । 


काठमाडौं- पछिल्लो वर्ष विश्वव्यापीरुपमा श्रमिकको स्वतन्त्र अभिव्यक्ति र संगठित हुने अधिकारको उल्लंघनमा पाँच प्रतिशतको वृद्धि भएको अन्तर्राष्ट्रिय टे«ड युनियन महासंघ (आइटियुसी)ले जनाएको छ । आइटियुसीले हालै सार्वजनिक गरेको १३औं संस्करणको विश्वव्यापी अधिकार सूचकांकले कामदारमाथि हुने हिंसात्मक आक्रमणमा छ प्रतिशतको वृद्धि भएको उल्लेख गरेको छ । 

नेपालीहरुको प्रमुख रोजगार गन्तव्य रहँदै आएका संयुक्त अरब इमिरेट्स (युएई), बहराइन, मलेसिया, कुवेत, दक्षिण कोरिया, जोर्डन, कतार, साउदी अरबलगायतका मुलुकमा अधिकारको कुनै सुनिश्चितता नभएको मुलुकहरुमा परेका छन् । जसमा छिमेकी मुलुक भारत पनि परेको छ । यस्ता मुलुकहरु ४२ वटा रहेको जनाइएको छ ।

Hardik health

खाडीका छ मुलुकमा करिब तीन करोड ५० लाख आप्रवासी श्रमिक कार्यरत छन् । रोजगार पाएका जनसंख्याको औसत ७० प्रतिशत श्रमिक कम आय भएका मुलुकका रहेकाले द्वन्द्वको समयमा धेरै जोखिमको सामना गर्ने जनाइएको छ । यस्तो समयमा कम्पनी छोड्ने सीमित उपाय, भाषागत समस्या, रोजगारदाताको अनुमति लिनपर्ने आवश्यकता र कानुनी विभेदका कारण उनीहरुको सुरक्षा र उद्धारको कार्य प्रभावित हुने गरेको जनाइएको छ । धनी देशका श्रमिकहरूले उद्धारको समयमा प्राथमिकता पाउने प्रतिवेदनमा भनिएको छ । अमेरिका–इजरायल र इरानबीचको जारी संघर्षमा पाकिस्तान, भारत, नेपाल र बंगलादेशका आप्रवासी श्रमिक मारिएका छन् । यसले उक्त क्षेत्रको रोजगार सुरक्षामा विद्यमान कमजोरी उजागर गरेको दाबी गरिएको छ ।

उक्त संस्थाको अध्ययनका अनुसार इजरायल, लेबनानजस्ता मुलुकले विधिसंगतरुपमा श्रमिकका अधिकारहरु हनन गरेका छन् । गाजामा सन् २०२३ मा द्वन्द्व सुरु भएपछि इजरायलले श्रमिकको अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गरेको औंल्याइएको छ । नियमितरुपमा अधिकार हनन हुने मुलुकमा नेपालसहित रोमानिया, ओमान, पोल्याण्ड, बेलायतलगायत रहेका छन् । जापान, इटाली, क्रोएसियालगायत २१ वटा मुलुकमा पटक-पटक अधिकार हनन गरिएको प्रतिवेदनमा उल्लेख छ । श्रमिकको अवस्था खराब हुँदै गएका मुलुकहरुमा अफगानिस्तान, म्यानमार, सुडान, प्यालेस्टाइनलगायत १२ वटा मुलुक छन् ।

प्रतिवेदनअनुसार सन् २०२६ मा ११३ वटा मुलुकले श्रमिकहरुलाई टे«ड युनियन स्थापना गरेर संगठित हुनबाट वञ्चित गराएका छन् । यस्ता देशहरु सन् २०१७ मा ८२ वटा थिए । श्रमिकहरुलाई १३० वटा मुलुकले हड्ताल गर्ने अधिकारबाट वञ्चित गराइएको जनाएको छ । अभिव्यक्ति स्वतन्त्रताबाट वञ्चित गर्ने मुलुक अघिल्लो वर्ष ६८ वटा थिए भने यस वर्ष ७६ वटा पुगेको छ । श्रमिकलाई शारीरिक यातना दिने मुलुक अघिल्लो वर्ष ४० वटा रहेकामा यस वर्ष उक्त संख्या बढेर ४८ पुगेको छ ।

श्रमअधिकार कुण्ठित हुने भूभागमध्ये मध्यपूर्व र उत्तर अफ्रिका ४.६८ अंक प्राप्त गर्दै शीर्ष स्थानमा परेका छन् । सो क्षेत्रका ९५ प्रतिशत मुलुकमा विरोध गर्न नपाइने, सबै मुलुकमा सामूहिकरुपमा आवाज उठाउन र संगठित हुन पाउने अधिकारबाट वञ्चित भएको, ८४ प्रतिशत श्रमिक अधिकार प्राप्तिबाट वञ्चित भएका र ४२ प्रतिशत मुलुकमा श्रमिकहरु हिंसामा परेका जनाइएको छ ।

आप्रवासी कामदारको अधिकार कम हनन हुने क्षेत्रमा २.८० अंक प्राप्त गरेर युरोप परेको छ । यद्यपि, तुलनात्मकरुपमा राम्रो भनिएको युरोप र अमेरिकामा श्रमिकको अधिकारको अवस्था चिन्ताजनक हुन थालेको जनाइएको छ । यी क्षेत्रहरु सन् २०१४ मा सूचकांक सार्वजनिक गर्न थालिएयताकै खराब अवस्थामा पुगेको जनाइएको छ । श्रमिक र उनीहरुका प्रतिनिधिलाई गरिने गिरफ्तारी र नियन्त्रण पनि ह्वात्तै बढेको आइटियुसीले जनाएको छ । यसका साथै श्रमिकलाई नियन्त्रण गर्न, सजाय दिन र मौन गराउन प्रविधिको प्रयोगमा पनि वृद्धि भएको पनि उल्लेख गरेको छ ।

उक्त प्रतिवेदन आइटियुसीले १५१ वटा देशमा गरेको अध्ययनबाट सार्वजनिक गरेको जानकारी दिएको छ । आइटियुसीले मुलुकहरुलाई एकदेखि पाँच अंक दिने गरेको छ । जसमा खराब अवस्था भएका मुलुकले पाँच अंकभन्दा माथि र राम्रो अवस्था भए एक अंक दिइन्छ ।
 


प्रकाशित मिति: शनिबार, जेठ ३०, २०८३  ११:१४
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
यसरी बनाइँदैछ ‘स्मार्ट हुलाक’, घरमै पुग्न थाले शैक्षिक प्रमाणपत्र, स्वास्थ्य परीक्षणदेखि राहदानीसम्म
यसरी बनाइँदैछ ‘स्मार्ट हुलाक’, घरमै पुग्न थाले शैक्षिक प्रमाणपत्र, स्वास्थ्य परीक्षणदेखि राहदानीसम्म बिहीबार, साउन १४, २०८३
प्रतिवेदन बुझाउने तयारीमा सेवा शुल्क निर्धारण कार्यदल
प्रतिवेदन बुझाउने तयारीमा सेवा शुल्क निर्धारण कार्यदल बिहीबार, साउन १४, २०८३
नेपाली कामदारले अनिवार्य विस्तृत कार्य विवरण पेस गर्नुपर्ने
नेपाली कामदारले अनिवार्य विस्तृत कार्य विवरण पेस गर्नुपर्ने बिहीबार, साउन १४, २०८३
साउदी आइडी नवीकरणमा संघको सहजीकरण
साउदी आइडी नवीकरणमा संघको सहजीकरण बुधबार, साउन १३, २०८३
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने मंगलबार, साउन १२, २०८३
दक्षिण कोरियामा अत्यधिक तापक्रमले ‘आउटडोर’ कामदार प्रभावित
दक्षिण कोरियामा अत्यधिक तापक्रमले ‘आउटडोर’ कामदार प्रभावित सोमबार, साउन ११, २०८३
विज्ञ टोलीमार्फत विदेशी श्रमिकको संख्या निर्धारण गर्ने तयारीमा जापान सरकार
विज्ञ टोलीमार्फत विदेशी श्रमिकको संख्या निर्धारण गर्ने तयारीमा जापान सरकार आइतबार, साउन १०, २०८३
लोकप्रिय
  • Week
  • Month
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP